Back

ⓘ गोरखपुर




गोरखपुर
                                     

ⓘ गोरखपुर

गोरखपुर उत्तर प्रदेश राज्यको पूर्वी भागमा रहेको नेपालसँगको सीमा नजिक रहेको भारतको एउटा प्रसिद्ध शहर हो। यो गोरखपुर जिल्लाको प्रशासनिक मुख्यालय तथा पूर्वोत्तर रेलवे को मुख्यालय हो। जनपद गोरखपुरको सीमाको पूर्वमा देवरिया एवम् कुशीनगरबाट पश्चिममा सन्त कबीर नगरबाट,उत्तरमा महराजगञ्ज एवम् सिद्धार्थ नगर तथा दक्षिणमा मऊ,आजमगढ तथा अम्बेडकर नगरसँग जोडिएको छ।

गोरखपुर एउटा प्रसिद्ध धार्मिक केन्द्र पनि हो, जो बौद्ध, हिन्दू, मुस्लिम, जैन र सिख सन्तहरुका साधनास्थली रहयो। तर मध्ययुगीन सर्वमान्य सन्त गोरखनाथ पछी उनकै नाममा यसको वर्तमान नाम गोरखपुर राखियो। यहाँको प्रसिद्ध गोरखनाथ मन्दिर अहिले पनि नाथ सम्प्रदायको पीठ रहेको छ। यो ठाउँ महान सन्त परमहंस योगानन्द का जन्म स्थान पनि हो। यस शहरमा अझै अनेकौं ऐतिहासिक स्थल छन् जस्तै कि, बौद्धको घर, इमामबाडा,१८औं शताब्दीको दरगाह र हिन्दू धार्मिक ग्रन्थहरुका प्रमुख प्रकाशन संस्थान गीताप्रेसगीता, गोरखपुर जङ्क्शन रेलवे स्टेशन गोरखपुर शहरको रेलवे स्टेशन हो। गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार विश्वको सर्वाधिक लामो प्लेटफर्म यहाँ नै स्थित रहेको छ। यो सन् १९३० बाट शुरू भएको थियो।

२०औं शताब्दीमा, गोरखपुर भारतीय स्वतन्त्रता आन्दोलनको एउटा केन्द्र बिन्दु थियो र आज यो शहर एक प्रमुख व्यापार केन्द्र बनिसकेको छ। पूर्वोत्तर रेलवेको मुख्यालय, जो बेलायती कालमा बङ्गाल नागपुर रेलवे का रूपमा चिनिने गर्थ्यो, त्यो यहाँ नै रहेको छ। अब यसलाई एउटा औद्योगिक क्षेत्रका रूपमा विकसित गर्नका लागि गोरखपुर औद्योगिक विकास प्राधिकरण गीडा/GIDA को स्थापना पुरानो शहरभन्दा १५ किमि को दुरीमा गरिएको छ।

                                     

1. जनसाङ्ख्यकिय आँकडा

आधिकारिक जनगणना सन् २०११ को आँकडा अनुसार

  • जनसंख्या घनत्व १,३३६ व्यक्ति प्रति वर्ग किलोमीटर
  • ग्रामीण जनसंख्या ८१.२२%
  • शहरी जनसंख्या १८.७८%
  • साक्षरता ७३.२५%
  • लिङ्ग अनुपात ९४४/१०००
  • जनसंख्या ४४,३६,२७५
  • भौगोलिक क्षेत्र ३४८३.८ वर्ग किलोमीटर
                                     

2. नामको उत्पत्ति

गोरखपुर शहर र जिल्लाको नाम एउटा प्रसिद्ध तपस्वी सन्त मत्स्येन्द्रनाथ का प्रमुख शिष्य गोरखनाथको नाममा राखिएको हो। योगी मत्स्येन्द्रनाथ एवम् उनका प्रमुख शिष्य गोरक्षनाथले मिलेर सन्तहरुका सम्प्रदायको स्थापना गरेका थिए। गोरखनाथ मन्दिरका बारेमा भनिएको छ कि यो त्यही स्थान हो जहाँ गोरखनाथ हठ योगको अभ्यास गर्नलाई आत्म नियन्त्रणको विकासमाथि विशेष बल दिने गर्दथे र वर्षानुवर्ष एकै मुद्रामा धूनी रमाएका तपस्या गर्ने गर्दथे। गोरखनाथ मन्दिरमा आज पनि त्यो धूनीको आगो अनन्त कालदेखि अनवरत जलिरहेको नै छ।

                                     

3. इतिहास

प्राचीन समयमा गोरखपुरका भौगोलिक क्षेत्रमा बस्ती, देवरिया, कुशीनगर, आजमगढ, मऊ आदि आधुनिक जिल्लाहरु समावेश थियो। वैदिक लेखनका अनुसार, अयोध्याका सत्तारूढ ज्ञात सम्राट इक्ष्वाकु, जो कि सूर्यवंशीका संस्थापक थिए जसका वंशमा उत्पन्न सूर्यवंशी राजाहरुले रामायण का राम लाई राम्ररी जान्दथे। पूरै क्षेत्रमा अति प्राचीन आर्य संस्कृति र सभ्यताका प्रमुख केन्द्र कोशल र मल्ल, जो कि सोलह महाजनपदहरुमध्ये दुई प्रसिद्ध राज्यमा ६औं शताब्दीमा विद्यमान थिए, यो त्यही राज्यहरुको एउटा महत्वपूर्ण केन्द्र हुने गर्दथे।

गोरखपुरमा राप्ती र रोहिणी नदीहरुको सङ्गम हुने गर्दथ्यो। ६औं शताब्दीमा गौतम बुद्ध ले सत्यको खोजका लागि जानुभन्दा पहिले आफ्नो राजसी वस्त्र त्याग दिएका थिए। पछी मल्ल राज्यको राजधानी कुशीनरा, जो अहिले कुशीनगरका रूपमा चिनिने गर्दछ, त्यसमा मल्ल राजा हस्तिपाल मल्लका आँगनमा आफ्नो शरीर त्याग गरिदिएका थिए। कुशीनगरमा आज पनि यस आशयलाई लिएर एउटा स्मारक रहेको छ। यो शहर भगवान बुद्धका समकालीन २४.औं जैन तीर्थंकर भगवान महावीर का यात्राको साथ पनि जोडिएको छ। भगवान महावीरको जहाँ जन्म भएको थियो, त्यो स्थान गोरखपुरभन्दा निकै टाढा रहेको छैन्। पछी उनले पावापुरीमा आफ्नो मामाका महलमा महानिर्वाण मोक्ष प्राप्त गरे। यो पावापुरी कुशीनगरबाट लगभग १५ किलोमिटरको दूरीमा रहेको छ। यी सब स्थान प्राचीन भारतका मल्ल वंशको जुम्ल्याहा राजधानीहरु १६ महाजनपद का हिस्सा थिए। यस प्रकार गोरखपुरमा क्षत्रिय गण संघ, जो कि वर्तमान समयमा मल्ल-सैन्थवार का रूपमा चिनिने गरिन्छ, कुनै बेला त्यसको राज्य पनि हुने गर्दथे ।

इक्ष्वाकु राजवंश पछी मगधमाथि जब नन्द राजवंश द्वारा चौथो शताब्दीमा विजय प्राप्त गरे, त्यसपछी गोरखपुर मौर्य, शुङ्ग, कुषाण, गुप्त र हर्ष साम्राज्यको हिस्सा बन्न गए। भारतका महान सम्राट चन्द्रगुप्त मौर्य जो कि मौर्य वंशका संस्थापक थिए, उनको सम्बन्ध पिप्पलीवनका एउटा सानो प्राचीन गणराज्यसँग रहेको थियो। यो गणराज्य पनि नेपालको तराई रुपन्देहीको बीचमा र उत्तर प्रदेशको यसै गोरखपुर जिल्लामा स्थित थियो। १०औं शाताब्दीमा थारू जातिका राजा मदन सिंहले गोरखपुर शहर र नजिकका क्षेत्रमाथि शासन गरे। राजा विकास संकृत्यायनको जन्म स्थान पनि यही नै हो।

मध्यकालीन समयमा, यस शहरलाई मध्यकालीन हिन्दू सन्त गोरक्षनाथका नाममा गोरखपुर नाम दिइएको थियो। यद्यपि गोरक्षनाथका जन्म तिथि अझसम्म पनि स्पष्ट भएको छैन्, तथापि जनश्रुति यो पनि रहेको छ कि महाभारत कालमा युधिष्ठिर का राजसूय यज्ञको निमन्त्रण दिनलाई उनका कान्छो भाई भीम स्वयम् यहाँ आएका थिए। किनकी गोरक्षनाथ जी त्यसबेला समाधिस्थ थिए अत: भीमले यहाँ अनेकौं दिनसम्म विश्राम गरेका थिए। उनको विशालकाय सुतेको प्रतिमा आज पनि प्रत्येक वर्ष तीर्थयात्रीको ठुलो संख्यालाई आफुतिर आकर्षित गर्ने गर्दछ।

१२औं शताब्दीमा, गोरखपुर क्षेत्रमा उत्तरी भारतका मुस्लिम शासक मुहम्मद गोरीले विजय प्राप्त गरेका थिए, पछी यो क्षेत्र कुतुबुद्दीन ऐबक र बहादुरशाह, जस्ता मुस्लिम शासकहरुका प्रभावमा केहि शताब्दीका लागि बनेका थिए। शुरुवाती १६औं शताब्दीको प्रारम्भमा भारतका एक रहस्यवादी कवि र प्रसिद्ध सन्त कबीर पनि यहिँ नै बसोबास गर्दथे र मगहर नामको एउटा गाउँ वर्तमान सन्त कबीर नगर जिल्लामा स्थित, जहाँ उनलाई गाडेपछी यो ठाउँ अहिले पनि अनेकौं तीर्थयात्रीहरुलाई आकर्षित गर्ने गर्दछ, गोरखपुरबाट लगभग २० किलोमिटरको दूरीमा स्थित रहेको छ।

१६औं शताब्दीमा मुगल सम्राट अकबरले साम्राज्यको पुनर्गठनमा, जो पाँच सरकार स्थापित गरेका थिए, सरकार नामको त्यही प्रशासनिक इलाकामा अवध प्रान्त अन्तर्गत गोरखपुरको नाम मिल्दछ ।

गोरखपुर सन् १८०३ मा बेलायती नियन्त्रणमा रहेको थियो। यो सन् १८५७ को विद्रोहको प्रमुख केन्द्रको रुपमा रहेको थियो र पछी गएर भारतीय स्वतन्त्रता आन्दोलनमा यसले एउटा प्रमुख भूमिका निर्वाह गरेको थियो।

गोरखपुर जिल्लाको चौरीचौरामा ४ फरवरी १९२२ को घटना जो कि भारतको स्वतन्त्रता संघर्षका इतिहासमा एउटा महत्वपूर्ण मोड सिद्ध भयो र पछी चर्चामा पनि रह्यो, जब प्रहरी अत्याचारबाट रिसाएका २००० मानिसहरुको एउटा भीडले चौरीचौराको थानालाई नै जलाईदिएका थिए, जसमा १९ जना प्रहरीहरुको मृत्यु भएको थियो। साधारण जनतालाई यस हिंसाबाट डर लागेर महात्मा गान्धी ले आफ्नो असहयोग आन्दोलन एकाएक स्थगित गरिदिएका थिए। जसको परिणाम यो भयो कि उत्तर प्रदेशमा नै हिन्दुस्तान रिपब्लिकन एसोसिएशन नामक एक देशव्यापी प्रमुख क्रान्तिकारी दल गठित भयो जसले ९ अगस्ट १९२५ तिर काकोरी काण्ड गरेर बेलायती सरकारलाई खुला रुपमा नै चुनौती दिएको थियो जसको परिणाम स्वरूप दलका प्रमुख क्रन्तिकारी नेता राम प्रसाद बिस्मिल लाई गोरखपुर कारागारमा बेलायती शासनका विरुद्धको द्वन्दमा सक्रिय भाग लिनका लागि फाँसी दिइएको थियो। १९ डिसेम्बर १९२७ तिर बिस्मिलको अन्त्येष्टि जहाँ गरियो त्यो राजघाट नामक स्थान गोरखपुरमा नै राप्ती नदीको तटमा स्थित रहेको छ।

सन् १९३४ मा यहाँ भूकम्प आएको थियो, जसको तीव्रता ८.१ रिक्टर स्केलमा मापन गरिएको थियो, त्यस शहरमा ठुलै क्षति भएको थियो।