Back

ⓘ केदारनाथ




केदारनाथ
                                     

ⓘ केदारनाथ

केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो । यिनलाई प्रसिद्ध शिवजी तथा प्रसिद्ध शिवलिङ्ग रहेको स्थान मानिन्छ । यो स्थान हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हो । केदारनाथ रहेको यो स्थान समुन्द्रि सतहबाट ३५८४ मिटर उचाईमा रहेको छ । शिवका १२ ज्योतिलिङ्ग मध्ये यिनी एक हुन् । आदि शंकराचार्यले ८२० ई.मा यिनै केदारनाथमा देह त्याग गरेका थिए । यहाँका पञ्चकेदारनाथहरु यस प्रकार छन् ।

  • डोटी बोगटानका ठूला केदार, बन्नाकेदार,
  • १ - केदारनाथ ३५८४मि.उचाईमा मन्दाकिनी नदीको सिरानमा रहेकाछन् ।
  • ५ - कल्पनाथ २१३४ मि.उचाईमा यस प्रकारका पञ्चकेदारहरुमध्ये केदारनाथ प्रमुख केदार मानिन्छन् । केदारनाथका यी केदारको नजिकै पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको धारा मानिने कार्तिकेय मोहन्याल लाई केदारनाथले गाडसमुन्द्र बगाएको मन्दाकिनीनदी रहेको छ । सत्ययूगका राजा केदारको नामबाट केदारनाथ रहन गएको हो, भन्ने मान्यता पाईन्छ । हजारौ वर्षपहिले पाण्डवहरूले यो केदारनाथको मन्दिर बनाएको मान्यता छ । यस स्थानलाई शंकराचार्यले आठौ शताब्दीमा पुर्ननिर्माण गरेका थिए । यिनै केदारनाथसंग सम्बन्धित
  • डोटी देउवान गड्सेराका चाकाकेदार,
  • पिथौड़ागड अस्कोट्का धजकेदार सम्बन्धित छन् |
  • ३ - तुङ्गनाथ ३८१० मि.उचाईमा मधमेश्वर गंगा नदी र मार्कण्डे गङ्गानदीको संगम स्थल नजिक रहेका छन् ।
  • २ - मधमेश्वर ३२८९ मि.उचाईमा चौखम्पा पहाडको चुचुरोमा रहेकाछन् ।
  • ४ - रुद्रनाथ २२८६ मि.उचाईमा हटी पर्वतमा रहेकाछन् यी शिवको अनुहार मानिन्छन् ।
  • डडेल्धुराका अशिग्राम केदार
  • बैतडीका रौलाकेदाररौलेश्वर केदार, ग्वालेख केदार,

केदारनाथका केदारको दक्षिण कुनामा भैरवको दलबल स्थापना गरिएको छ । यी भैरवका दलबल केदारका गार्ड हुन् । केदारको मन्दिरको पछाडि शंकराचार्यको समाधीस्थल रहेको छ । यहाँका तीर्थ स्थलमा महत्त्वपूर्ण स्थानहरु केदारले पार्वतीसँग विवाह गर्दाको होमकुण्ड अझै देख्न सकिन्छ । यो त्रिजुगानारायणको रूपमा रहेकाछन् ।

                                     

1. उखिमठ

हिउँदको ठण्डी समयमा माथि शिखरमा अत्यधीक चिसो हुने भएका कारण केदारनाथ तल उखिमठमा आँउछन् भन्ने मान्यता छ । केदारनाथको चिसो महिनामा बस्ने उखिमठ हो । यस उखिमठमा केदारनाथ, केदारका पूजारी र ऋषिमुनीहरु बस्ने गर्दछन् । यी केदारलाई पञ्चकेदारमध्येका प्रमुख मानिएको छ । यस मठमा केदारनाथको पूजाको व्यवस्था मिलाउने रेखदेख गर्ने शिक्षा–दिक्षा दिने भक्तजनहरु बस्ने गर्दछन् ।