Back

ⓘ आरा




आरा
                                     

ⓘ आरा

आरा भारत बिहार राज्यको एक प्रमुख शहर हो । यो भोजपुर जिल्लाको मुख्यालयको रूपमा रहेको छ । बिहारको राजधानी पटनादेखि यसको दूरी मात्रै ५५ किलोमीटर रहेको छ । देशका अन्य भागहरू देखि यो सडक र रेलमार्गबाट जोडिएको छ । आरा भारतको एक अति प्राचीन शहरको रूपमा रहेको छ । पहिला यहाँ मोरध्वज नामक राजाको शासन थियो । महाभारतकालीन अवशेष यहाँ पाइने गरेको छ । यो पहिले आरण्य क्षेत्रको नामले पनि जानिन्थ्यो । यहाँको आरण्य देवी धेरै प्रसिद्ध छ। शहरमा बुढवा महादेव, पतालेश्वर मन्दिर, रमना मैदानको महावीर मन्दिर, सिद्धनाथ मन्दिर प्रमुख छन् । शहरको ठूलो मठिया नामक विशाल धार्मिक स्थान छ । शहरका मध्यमा अवस्थित ठूलो मठिया रामानन्द सम्प्रदायको प्रमुख केन्द्र छ । वाराणसीको तर्जमा मानस मन्दिर पनि निर्माणाधीन अवस्थामा रहेको छ । आरा शहरका मानिसहरूले शिक्षा, साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा आफ्नो कामयाबीले यहाँको नाम उच्च राखेका छन् ।