Back

ⓘ डुङ्ग्राकोट राज्य




                                     

ⓘ डुङ्ग्राकोट राज्य

इतिहास लेखनकार्य त्यति सहज छैन् जति इतिहासलाई विगतको खाली स्मरण मात्र मान्ने गरिन्छ, यदि यसका लागि प्राथमिक स्रोतको संरक्षण नगर्ने हो भने माध्यमिक स्रोतको आधारमा मात्र प्रमाणित गर्न एवम् विश्वासनीय बनाउन गाह्रो हुने मात्र नभई भावि सन्ततीका लागि इतिहास मेटिन पुग्दछ ।

नेपाल सिंगो मुलूक विभिन्न स–सना राज्यमा विभाजित हुने क्रममा कर्णाली र गण्डकी क्षेत्र बाइसी, चौबिसी राज्यमा खस राज्य टुक्रिन गएको कुरा इतिहासका पानाहरूको अध्ययनबाट थाहा पाउन सकिन्छ । इतिहासमा उल्लेख भई आए अनुसार बाइसी राज्यहरुमध्ये शक्तिशाली राज्यको रूपमा रहेको हालको डोटी जिल्ला तत्कालीन राज्यको मौसमी राजधानीका रूपमा रहेको दिपायल, अजैमेरु, उकुबाकु, जोराईल बाहेकको प्रमुख विशेषता बोकेको तर इतिहासमा नाम मात्र उल्लेख गरिएको वर्तमान अवस्थामा पनि उक्त राजधानीको स्थलगत अध्ययन गर्न सकिने तर स्रोत साधनहरु उल्लेख नभएको पाईए तापनि विभिन्न कथा कहानीको रूपमा मात्र सीमित रूपमा रहेको डुग्राकोटलाई परिचित गर्न खोजिएको छ । डोटी राज्यका संस्थापक राजा यिरपाल भएको र अन्तिम राजा दीप शाह थिए । एक पटक यो राज्य निकै शक्तिशाली भएको समयमा यस राज्यका शासकहरूको एकताका कारणबाट कुमाउ र गढवाललाई समेत आफ्नो कब्जामा लिएको तर पछि शासकहरूमा आपसी मनमुटाव हुंदा ती राज्यहरु स्वतन्त्र भएका थिए । डोटी राज्यमा शाहहरु कमजोर हुंदै जांदा त्यो क्षेत्रमा चन्दहरूको स्वतन्त्र राज्य कायम हुन गएको साथै अधिकांश रूपमा शाह तथा चन्दहरु नै सुदूरपश्चिमाञ्चलमा शासकको रूपमा देखा परेको इतिहासबाट समेत थाहा पाउन सकिन्छ । १४ हजार ७ सय घर भएको डोटी राज्य जुम्लापछिको दोस्रो शक्तिशाली राज्य भएको र यसका प्रमुख राजधानीहरूमा मौसम अनुसार डुग्राकोटको बेग्लै पहिचान रहेको पाईन्छ । यो ऐतिहासिक स्थल पाटन गा.वि.स. वडा नं.५, महाकाली अञ्चल बैतडी जिल्लामा रहेको छ । विशाल नेपालको एकीकरणपूर्व छुट्टै अस्तित्व रहेको भए तापनि वि.संं १८४५ मा यो राज्य विशाल नेपालमा विलीन भएपछि भने न त डोटी राज्य डुम्राकोट राज्य को इतिहासको चर्चा गर्न सकिन्छ न त यसको मौसमी राजधानी डुग्रोाटको नै ।

यस क्षेत्रमा हाल ब्राह्मण अवस्थी, क्षेत्रीहरूमा कठायत, वैश्यहरु नभएको र शुद्रको रूपमा भने वि.क.हरू रहेको भण्डारीहरु जसको यस राज्यसँग प्रत्यक्ष सरकोकार रहेको थियो, पाटन गा.वि.स.कै वडा नं.९ मा बसोबास गर्ने गरेको पाईन्छ भने आसपासमा पन्त, भण्डारी, बिष्ट, पहरी, गिरी, सार्की, दमाई, ऐर, जोशी, अवस्थी, चन्द, खत्री आदि प्रमुख जातिहरू रहेका छन् । चन्दहरूको स्वतन्त्र राज्य कायम हुने क्रममा यस डोटी राज्यका शासकको रूपमा खिप चन्द भनिएका खेम चन्द तथा दीप चन्द अन्तिम शासकको रूपमा रहेको र तिनीहरूले भण्डारीको श्रीमतीलाई विवाह गर्न खोजेकोमा अन्त्यमा भण्डारी र कठायतहरूको प्रयासबाट अन्त्य भएपछि चन्दहरूको स्थापनामा मन्दिरहरु स्थापना गरिएको हाल ती मन्दिरहरूमा कठायत, पन्त, भट्टराईहरूले पूजाआजा गर्ने गरेको देख्न र मन्दिरहरु हेर्न सकिन्छ । यसै डुग्राकोटमा राजाले आफ्नी रानीलाई सुर्नयामा शयन गर्न र पानी भर्न बनाएको सुरुड हाल पनि देख्न सकिने तर कतिपय भने जीर्ण अवस्थामा रहेको देखिन्छ ।

महाकाली अञ्चल, बैतडी जिल्ला पाटन गा.वि.स. वडा नं. ५ मा पर्ने डोटी राज्यको मौसमी राजधानीको रूपमा प्रख्यात तत्कालीन डोटी राज्यका शासकहरु शाह तथा चन्दहरूले शासन गर्दै आएको तर वि.सं. १८४५ मा नेपालको एकीकरण पश्चात् अस्तित्व समाप्त भएको यो एक सुरक्षित स्थानमा रहेको ऐतिहासिक कोटको नाम हो डुग्राकोट । त्यसैले यस राजधानीका सम्बन्धमा आवश्यक जानकारी लिन र भावी सन्ततिहरूलाई समेत सो बारेमा यथार्थता दिलाउन सो क्षेत्रको सुरक्षा गर्नु पर्ने आवश्यक देखिन्छ । डुग्राकोट डोटीको राजधानी मात्र नभई यसको सम्बन्धमा बैतडी जिल्लाका पाटन भेगमा बस्दै आएका भण्डारी र तिनका सहयोगी कठायत, भाट भट्टराई जातिसंग समेत रहेको छ । प्रसंगबस डोटी राज्यका तत्कालीन शासक शाहको अस्तित्व समाप्त भएपछि दीप भन्द, खीप चन्द खेम चन्द ले समेत मौसमी राजधानीको रूपमा स्थापित डुग्राकोटमा नै बसोबास गर्ने गरेको र सो कोटका मन्त्रीको रूपमा रहेका भण्डारीबीचको बैमनुष्यतालाई घटना र क्षेत्रसंग जोडिएको थियो । नेपाल राज्यमा बाईसी, चौबिसी राज्यको बिलिन हुनुपूर्व डुग्राकोटका शासकका पहरेदारको रूपमा स्थानीय पाटन गा.वि.स. वडा नं.४ मा बस्ने पहरी र नगाडीबाटा बस्ने भट्टहरूको सहयोगीका रूपमा भूमिका रहेको प्रसंग पनि आफ्नो ठाउँमा महत्त्वपूर्ण नै देखिएको थियो ।

खीप चन्द तत्कालीन शासकको रूपमा डुग्राकोटमा बस्नेक्रममा एक दिन स्थानीय जलेवा माझीले सुर्नणागाडबाट माछा मारेर कोटमा राजाको दर्शन गर्न गएको र माछा दिए बक्सिस पाउने प्रलोभनमा उक्त माछा राजाको दरवारमा दिए पछि माछा सफा गर्दा माछाको पेटमा लामो सुन्दर कपाल निस्किएको थियो । कपाल निकै सुन्दर भएको र त्यसमा पनि निकै लामो कपाल देखेर खीप चन्द अचम्मित भए र यति राम्रो लामो सुन्दर कपाल भएकी आईमाई को रहेछन् पत्ता लगाउनु पर्यो भनि आफ्ना सहयोगीहरूलाई अह्राएका थिए । उक्त कपाल आफ्नी दरवारकी मन्त्रीकी श्रीमतीको भएको थाहा मन्त्रीलाई मार्न लगाएर भण्डारीको गर्भिणी श्रीमती हालको सुन्दर कोटमा दरवार भएकी लाई विबाश गर्न सोच राख्न पुगे । उता मन्त्रीलाई मारेको र निजका एक मात्र छोरा र निजकी आमा भएकोमा राजाले छोरालाई शिकार खेल्न डोटी लगेकोमा पछि डुग्राकोट फर्किने बेलामा निज भण्डारीको हत्या गरी मृग र निको मासु लिएर फर्केकोमा पाप धुरीबाट कराउंछ भने झै राजाले आफ्नो राज्यबाट फिर्ता भएपछि त्यहांका भद्र भलादमीहरूलाई दरवारमा खान बोलाउने चलन रहेकोमा खीप चन्द श्री भण्डारीकी रानी र स्थानीय भलादमीहरूलाई दरवारमा निम्तो पठाए तर भण्डारा भोज भतेर खाने बेलामा मृगको मासु भन्दा अर्को मासु मीठो भएको कुरा भण्डारीको रानीले भन्दा खीप चन्दले किन राम्रो नहोस् भनेर मासु देखाउन खोज्दा आफ्नै छोराको हातको औंलामा रहेको औंठीबाट छोरा मारेर मासु खुवाएको रहेछ भन्ने थाहा भएछ । आफ्नो श्रीमान्लाई पनि मारि सकेको र छोरालाई पनि शिकार खेल्ने निहूमा लगी मारेकोले आफ्नो बंश समेत नाश हुन लागेकोमा के गर्ने भनि निज भण्डारीकी रानीले आफ्ना माईती भनिने कठायतहरूलाई सो सम्बन्धमा छलफल गर्न लगाएकोमा कचहरी बसेको कुरा खीप चन्दले थाहा पाएको हुंदा उनी राति नै कोटबाट भागेर पाटन गा.वि.स. वडा नं. १ नगाडीबाडामा बसेको र राति त्यहि भोज खुवाएको रहेछ । स्थानीय भाट जाति प्रत्येक दिन गाउं गाउंमा अन्न माग्दै श्लोक भनि जाने चलन रहेकोमा संजोगबश उक्त दिन नगाडीबाडा पुगेको र आफ्नो लठ्ठी मलको थुप्रो पर्साको खात मा गाडेकोमा गाउंबाट फर्किई लठ्ठी समात्न खोज्दा लठ्ठीसंगै पात्लो टपरी आएकोले निजबाट खीप चन्द नगाडीबाडामा बसेको रहस्य खुल्न गएको थियो । यसरी आफ्नो बारेमा जानकारी भएकोले सहयोग जुटाउंदै खीप चन्द भाटकै घट्टको कोठामा लुक्न पुगेकोमा कठायतहरूले खीप चन्दलाई मारेको र निजकी श्रीमती बच्चा पाउने अवस्थामा रहेकोमा निजलाई समेत दरवारमै भाला रोपी मारि दिएको । उता दीप चन्दको यस सम्बन्धमा खासै भूमिका नदेखिएकोमा आफ्ना वैरीको रूपमा राख्न हुन्न भन्ने सल्लाह अनुसार मृग आएको बहाना गरी दीप चन्दलाई दरवार बाहिर निकाल्ने योजना भण्डारी खेमाले बनाएकोमा योजना अनुसार नै मृग आएको हल्ला गर्दै मार मार भन्ने आवाज दरवार नजिक खैलाबैला भएको सुनेर शिकार खेल्न तम्सिने दीप चन्द पनि दरवारबाट बाहिर निस्किएको तर निजकी रानीले बाहिर ननिस्कनु भन्दा भन्दै आफ्नी पति तिरबाट ढल्क पुगेको र सो देखेर आफू पनि बहोस भएको र पछि मृत्यु भएको थियो । अब शक्तिशाली भण्डारी कठायतबाट चन्दका आसेपासेहरु डराएकोले उनीहरू तहांबाट अन्यत्र गएका थिए । श्रीभडारीकी रानीले मार फर्काउन लागेकोमा कठायतहरूलाई आफ्नो दरवारदेखि डुगरा डुङरा सम्मको भूमि दिएको कुरा स्थानीय पाटन गा.वि.स.मा बस्ने कठायतहरूले नै भन्ने गरेको पाईएको छ । यस दरबारमा ब्राह्मणको रूपमा पन्तहरु रहेका थिए । पहिला देखि नै यस कोटको नजिकै चिहान रहेको थियो र दरबारको नजिकै चिहान हुँदा राती साझ आफुलाई अप्ठेरो भएको कुरा राजाले आफ्ना ब्राह्मणलाई राखेको थियो । पन्त ब्राह्मण तन्त्र मन्त्र पनि गर्दथे र उक्त चिहानलाई सराईदिन भनि पन्त ब्राह्मणलाई भने पछि तन्त्र मन्त्र द्धारा स्वर्गेनीपिपलमा रहेको चिहानलाई सराई हाल रहेको तिपरीगाढ भन्ने ठाउमा पुर्‍याएको कुरा सुन्नमा आउछ ।

यस घटना र क्षेत्रका बारेमा इतिहासमा केवल डुग्राकोटलाई मौसमी राजधानीको रूपमा उल्लेख गरिएको र शाह पश्चात्का शक्तिशाली शासकहरूमा चन्दको स्थान माथि रहेको पनि उल्लेख भएको पाईएको छ भने केवल मौसम अनुसार स्थान फेर्दै ऐस आराम गर्ने स्थलको रूपमा मात्र प्रयोग भएकोले पनि त्यत्ति चर्चामा रहेको नदेखिए तापनि यसको आफ्नै महत्त्व रहेको कुरा भने बृद्धहरूको भनाई र उक्त कोटमा निर्माण भएका सुरुड्डलाई हेर्दा सत्य तथ्य कुरा विश्वास गर्नु पर्ने देखिएको थियो । यसरी घटनामा त्यति चर्चामा नरहेका तर मारिन पुगेको दीप चन्दको स्मृतिमा बनाईएका मन्दिर पिजास स्थापना गरिएको र जसले चन्दहरूलाई सताएका थिए, उनीहरूले नै ती मन्दिरमा पूजा गर्ने गरेको आजसम्म पनि प्रचलन रहेको छ ।

अत: पछि नेपालको एकीकरण भएपछि यी मौसमी राजधानीको खासै अस्तित्व नरहेको कुरा भए तापनि ऐतिहासिक महत्त्व भने उकुबाकू, अजैमेरु, दिपायल, डुग्राकोट, जोरायलको अस्तित्व लोप भएको देखिएको पाईदैन् ।

डुङग्राकोटकै नामबाट यहांको गाउं तथा खोलाको नाम राखिनुले पनि यस सम्बन्धमा थप जानकारी दिलाईएको थियो । हाल त्यस कोटमा भण्डारीकी कुनै पनि स्वास्नी मान्छे जाने नगरेको र किन हो भन्दा पहिला श्रीभडारीकी रानीलाई तत्कालीन राजाले विबाह गर्ने योजना बनाएको र मन्त्रीलाई मारेकोले अरुलाई पनि त्यस्तै पो गर्छन कि भनेर नजाने चलन रहेकोले हालसम्म पनि उक्त कोटमा नजाने चलन रहेको हो भन्ने गरिन्छ भने तत्कालीन समयमा कोटमा पहरेदारको रूपमा रहेका पहरीहरूले हाल उक्त कोटमा भोग चलन गर्दै आएको देखिन्छ ।

                                     

1. यस लेखको शारांस

  • दिपायल, अजैमेरु, जोरायल, उकुबाकूको तुलनामा रमणीय स्थल, टापु भएको देखिन्छ ।
  • यस दरबारमा ब्राह्मणको रूपमा पन्तहरु रहेका थिए ।
  • आसपासका गाउं तथा स्थानीय बग्ने खोलाको नाम क्रमश: सुन्दरकोट, डुग्राकोट, कोटखोला राखिएको पाईन्छ ।
  • किल्लाको रूपमा प्रयोग गरिएका ऐतिहासिक स्थलहरु जस्तै महत्त्व बोकेको र चारैतिरबाट सुरक्षित रहेको पाईन्छ ।
  • दीप चन्दको स्मृतिमा मन्दिरको स्थापना गरेको पाईन्छ ।
  • भग्नावशेषको रूपमा सुरुड्हरु देख्न सकिने अवस्थामा रहेको पाईन्छ ।
  • चन्दहरूलाई आज पनि राजा वा बाब साहेब भन्ने गरेको पाईन्छ ।
  • चन्दहरूको बस्ती आसपासका गाउंहरूमा बस्ती भएकाले पनि आवश्यक परेमा सहयोग लिन सजिलो होस भनि मौसमी राजधानीको रूपमा छनोट गरेको पाईन्छ ।