Back

ⓘ संयुक्त राष्ट्रसङ्घ




                                               

बाल दिवस

बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ। यो दिवस भदौ महिनाको २९ गते मनाइन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाईने गरिन्थ्यो भने हाल भाद्र २९ मा मनाईन्छ।

                                               

कोरियाली युद्ध

कोरियाली युद्ध उत्तर कोरिया र दक्षिण कोरिया बिच भएको युद्ध हो। यो युद्ध उत्तर कोरियाले दक्षिण कोरियामाथी आक्रमण गरेपछि २५ जुन १९५० मा सुरु भएको थियो। शीत युद्ध कालमा लडिएको पहिलो महत्त्वपूर्ण युद्ध थियो। युद्ध अन्तमा बिना निर्णय नैं समाप्त भयो तर जन क्षति तथा तनाव धेरै बढेर गएको थियो । दोश्रो विश्व युद्ध पछि, सोभियत सङ्घ र अमेरिकाले कोरियालाई १५ अगस्ट १९४५ मा जापानको उपनिवेश नियन्त्रणबाट मुक्त गरे। जापानको आत्मसमर्पणसँगै युद्धको अन्त्य पछि ३८ औँ अक्षांश उत्तरमा कोरियाको विभाजन भयो। सोभियत सङ्घले उत्तर तर्फको हिस्सा नियन्त्रण गर्यो भने अमेरिकाले दक्षिण तर्फको हिस्सा लियो। १९४८ मा ३८ औ समान् ...

                                               

मित्रताका लागि फुटबल

मित्रताका लागि फुटबल PJSC Gazprom द्वारा बालबालिकाहरूका लागि कार्यान्वयन गरिएको वार्षिक अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रम हो। कार्यक्रमको लक्ष्य भनेको नव युवाहरूमा फुटबलमार्फत महत्त्वपूर्ण मूल्य र स्वस्थकर जीवनशैलीका रूचिहरू विकास गर्नु हो। कार्यक्रमको ढाँचामा, विभिन्न राष्ट्रका १२ वर्षका फुटबल खेलाडीहरू बालबालिकाहररूको वार्षिक अन्तर्राष्ट्रिय मञ्च, "मित्रताका लागि फुटबल" को विश्वकपमा फुटबल र मित्रताको अन्तर्राष्ट्रिय दिवसका दिन सहभागी हुन्छन्। यो कार्यक्रम फिफा, युइएफए, संयुक्त राष्ट्रसङ्घ ओलम्पिक र पारालम्पिक समितिहरू, विभिन्न देशहरूका सरकार फुटबल महासङ्घ, अन्तर्राष्ट्रिय परोपकारहरू, सार ...

                                               

राष्ट्र सङ्घ

राष्ट्र सङ्घ, विश्वव्यापी पहिलो अन्तर्राष्ट्रिय सङ्गठन थियो जसको मुख्य उद्देश्य भनेको विश्व शान्ति कायम गर्नु थियो। यसको स्थापना १० जनवरी १९२० मा, पहिलो विश्व युद्धको समाप्ति र पेरिस शान्ति सम्मेलन पश्चात् भएको थियो भने विघटन २० अप्रिल १९४६ मा, भएको थियो। सङ्गठनको सम्झौतामा गरिएको उल्लेख अनुसार यस संस्थाको प्राथमिक लक्ष्य भनेको सामूहिक सुरक्षा र निशस्त्रीकरण मार्फत युद्ध रोक्नु र वार्ता र मध्यस्थता मार्फत अन्तर्राष्ट्रिय विवाद समाधान गर्नु थियो। यस सम्बन्धित सन्धिहरूका अन्य सम्झौतामा श्रम अवस्था, जन्मजात बासिन्दाहरूको उपचार, मानव र लागूऔषधको तस्करी, हतियारको व्यापार, विश्वव्यापी स्वास्थ्य, ...

                                               

मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८

मानव अधिकार विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घको साधारण सभाले प्रस्ताव नं. २१७ क बाट सन् १९४८ डिसेम्बरमा अनुमोदन गरी जारी गरेको हो। यसमा ३० धाराहरू रहेका छन्।

संयुक्त राष्ट्रसङ्घ
                                     

ⓘ संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्र सङ्घ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देश्य साथ संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो। मुलत: अन्तर्राष्ट्रिय सङ्घर्षमा हस्तक्षेप गर्ने सहज होस भनि दोस्रो विश्वयु्द्धको विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो। तिनको सोचाईमा दोस्रो विश्वयु्द्धमा भोगिएको विध्वसं संसारले फेरी भोग्नु नपरोस भन्ने थियो।

संयुक्त राष्ट्र सङ्घको औपचारिक कामकाजमा अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनीस्पेनिश र अरबी भाषाको प्रयोग हुन्छ।

                                     

1. अङ्गहरू

संयुक्त राष्ट्रमा ६ प्रमुख अङ्गहरू छन्। ती हुन् -

  • संयुक्त राष्ट्र जिम्मा जमानी परिषद वर्तमानमा यो संस्था निस्क्रिय छ
  • सुरक्षा परिषद
  • आर्थिक तथा सामाजिक परिषद्
  • महासभा
  • सचिवालय
  • अन्तराष्ट्रिय न्यायालय
                                     

1.1. अङ्गहरू उद्देश्यहरू

  • आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तराष्ट्रिय समस्याहरूको समाधान गर्नमा तथा जाति, लिङ्ग, भाषा वा धर्मसम्बन्धी भेदभाव नराखी सबैका लागि मानवअधिकारहरू एवं मौलिक स्वतन्त्रताहरूप्रतिको सम्मानलाई बढावा दिनमा र प्रोत्साहित पार्नमा सहयोग प्राप्त गर्ने।
  • जनताको समान अधिकार आत्मनिर्णयको सिद्धान्तको सम्मानको आधारमा राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने।
  • अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने।
  • यी उद्देश्यहरू प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कार्यबाहीमा सामञ्जस्यता ल्याउन संयुक्त राष्ट्रसङ्घलाई केन्द्र बनाउने।
                                     

1.2. अङ्गहरू आधारभूत सिद्धान्तहरू

  • जहाँसम्म शान्ति र सुरक्षा बनाइराख्नको निमित्त आवश्यक छ सदस्य नभएका मुलुकहरूले पनि बडापत्रका सिद्धान्त अनुरूप व्यवहार गर्ने छन् भन्ने सुनिश्चित बनाउन सङ्घले प्रबन्ध गर्नेछ।
  • आफ्ना अन्तराष्ट्रिय कलहहरू शान्तिपूर्ण साधनहरूद्वारा र अन्तराष्ट्रिय शान्तिसुरक्षा एवं न्यायनिसाफ खतरामा नपर्ने तरवले तय गर्ने प्रणबद्ध छन्।
  • बडापत्रअन्तर्गत आफ्ना दायित्वहरू पालन गर्न सबै प्रणबद्ध छन्।
  • सबै सदस्य राष्ट्रहरू सार्वभौमिक सत्तासम्पन्न र समान हुन्।
  • बडापत्रअनुसार संयुक्त राष्ट्रसङ्घले कुनै कारबाही गरेको बखत यसलाई हरसंभव साहयता दिन र शान्तिको संरक्षण वा पुनर्स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले कुनै राष्ट्रको विरुद्ध कारबाही गरिरहँदा त्यस राष्ट्रको सहायता नगर्न पनि सबै प्रणबद्ध छन्।
  • अन्तराष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनीतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन।
                                     

2. सङ्घका स्वतन्त्र संस्थाहरू

संयुक्त राष्ट्र सङ्घका धेरै कार्यक्रम र एजेन्सीहरूको अतिरिक्त १४ स्वतन्त्र संस्थाहरूसित यसको व्यवस्था गठित हुन्छ। स्वतन्त्र संस्थाहरूमा विश्व बैङ्क, अन्तराष्ट्रिय मुद्रा कोष र विश्व स्वास्थ्य सङ्गठन शामिल छन्। यी संस्थाहरूको संयुक्त राष्ट्र सङ्घसित साथ सहयोग समझौता छ। संयुक्त राष्ट्र सङ्घका आफ्ना केही प्रमुख संस्थाहरू र कार्यक्रम छन्। यो यसप्रकार छ:

  • संयुक्त राष्ट्र शिक्षा, विज्ञान र सांस्कृतिक परिषद – पेरिसमा स्थित यस संस्थाको उद्देश्य शिक्षा, विज्ञान संस्कृति र सञ्चारका माध्यमबाट शांति र विकासको प्रसार गर्नु हो।
  • संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपी – यसले गरीबी कम गर्नेने, आधारभूत ढाँचाको विकास र प्रजातान्त्रिक प्रशासनलाई प्रोत्साहित गर्ने काम गर्छ।
  • अन्तरराष्ट्रिय परमाणु उर्जा एजेंसी – विएनाभिएनामा स्थित यो एजेंसीले परमाणु निगरानीको काम गर्छ।
  • संयुक्त राष्ट्र बाल कोष यूनिसेफ – यसले बाल-बालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षाको देखभाल गर्छ।
  • संयुक्त राष्ट्र व्यापार विकास सम्मेलन-यो संस्था व्यापार, निवेश र विकासका मुद्दाहरूसित सम्बन्धित उद्देश्य लिएर काम गर्छ।
  • संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद ईकोसक- यस संस्थाले सामान्य सभालाई अन्तरराष्ट्रिय आर्थिक एवं सामाजिक सहयोग एवं विकास कार्यक्रमहरूमा सहायता एवं सामाजिक समस्याहरूको माध्यमले अन्तरराष्ट्रिय शांतिलाई प्रभावी बनाउनमा प्रयासरत छ।
  • अन्तरराष्ट्रिय अपराध आयोग – हेगमा स्थित यो आयोग पूर्व यूगोस्लावियामा युद्द अपराधका सदिंग्ध मानिसहरूमाथि मुद्दा चलाउनका लागि बनाइएको हो।
  • अन्तरराष्ट्रिय श्रम सङ्गठन- यसले अन्तर्राष्ट्रिय आधारमा मजदूर तथा श्रमिकहरूको हितको रक्षाको निम्ति नियम बनाउँछ।
  • विश्व खाद्य कार्यक्रम – भोकको विरुद्द लडाईको निम्ति बनाइएको यो प्रमुख संस्था हो। यसको मुख्यालय रोममा छ।
  • संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम यूएनईपी – नैरोबीमा स्थित यस संस्थाको काम पर्यावरण-रक्षालाई वृद्धि गराउनु हो।
  • संयुक्त राष्ट्र राजदूत – यसको काम शरणार्थीहरूको अधिकार उनीहरूको कल्याणको देखरेख गर्नु हो। यो जीनिवामा स्थित छ।


                                     

3. बाह्य कडीहरू

आधिकारिक वेबसाइट

  • आधिकारिक वेबसाइट of The United Nations
  • The United Nations Regional Information Centre UNRIC
  • United Nations Volunteers
  • United Nations Documentation Research Guide

अन्य

  • UN Watch – NGO monitoring UN activities
  • Searchable archive of UN discussions and votes
  • Website of the Global Policy Forum, an independent think tank on the UN
  • United Nations Association of the UK – independent policy authority on the UN
                                     
  • म र च Human Development Report 2019 PDF अङ ग र ज म स य क त र ष ट रसङ घ व क स क र यक रम, ड स म बर अन त म पह च ड स म बर
  • ब स स लक प रज तन त रक प नस थ पन पछ गठ त आन तर म सरक रल स य क त र ष ट रसङ घ ब लअध क र सम बन ध मह सन ध - ल ई सन क स प ट म बरम
  • बङ गल द श बन य र पश च म प क स त न प क स त न भएर रहय प क स त न स य क त र ष ट रसङ घ स ङ घ ई सहय ग सङ गठन, इस ल म सहय ग स गठन, र ष ट रमण डल, दक ष ण
  • घटन हर पछ स य क त र ष ट रसङ घ मह सच व ब त र स ब त र स - घ ल र स य क त र ज य, ब ल यत र ब ल ज यम सह त द शहर म रव ड क ल ग स य क त र ष ट र सहय ग
  • 1953 उत तर क र य च न र स भ यत सङ घक सह यत म र दक ष ण क र य स य क त र ष ट रसङ घ व श षत अम र क क सह यत म ब च भएक य द ध ह य य द ध उत तर क र य ल
  • अन तर र ष ट र य द वसक द न सहभ ग ह न छन य क र यक रम फ फ य इएफए, स य क त र ष ट रसङ घ ओलम प क र प र लम प क सम त हर व भ न न द शहर क सरक र र फ टबल मह सङ घ
  • प आइएसब एन 9781584773207 क फ र अर क व श वय द ध ह ल ? इ र त खबर सङ ग रह म त ड स म बर स य क त र ष ट रसङ घ - एक पर चय ब ब स
  • क र य न वयन तथ अन गमनसम त ग ह श वर नगर व क स क ष, नय ब न श वर स य क त र ष ट रसङ घ प र क व क स सम त नय ब न श वर स हदरब र सच व लय प न न र म ण
  • व ब यक त ल ई प रद न गर न गर यस घ षण पत रम उल ल ख त क न पन क र क ब य ख य गर न छ न म नवअध क रक व श वव य प घ षण स य क त र ष ट रसङ घ