Back

ⓘ जीवनी



                                               

इन्टरनेट चलचित्र डेटाबेस

इन्टरनेट चलचित्र डेटाबेस चलचित्र, टेलिभिजन कार्यक्रम, गृह भिडियो, भिडियो खेल र इन्टरनेट प्रवाह समावेश एक अनलाइन भण्डार हो जसले कलाकार, उत्पादन दल, प्रख्यात मानिसहरूको जीवनी, चलचित्रको सारंश, सामान ज्ञान र अनुयायीहरूको समीक्षा र मुल्याङ्कन समावेश गर्दछ। एक अतिरिक्त समर्थकहरूको लागि रहेको सुविधा भने फेब्रुअरी २०१७ मा बन्द गरिएको थियो। यो सुरूमा अनुयायीहरूले सञ्चालन गरेको वेबसाइट थियो भने हाल यसको मालिक र सञ्चालक आइएमडिबी निगम हो जुन अमेजन एक सहायक कम्पनी हो। अक्टोबर २०१८ सम्म, यस आइएमडिबीको भण्डारमा ५.३ मिलियन शीर्षकहरू शृङ्खला सहित र ९.३ मिलियन ब्यक्तित्व समावेश गरिएका थिए र यसमा ८३ मिलियन ...

                                               

बस्नेत थर भएका व्यक्तिहरूको सूची

बबिता बस्नेत पहलमान सिंह बस्नेत, पूर्व कमाण्डिङ कर्णेल शोभित बस्नेत, फिल्म निर्माता कीर्तिमान् सिँह बस्न्यात, नेपालको मूलकाजी लक्ष्मण बस्नेत अभिनेता भिम बहादुर बस्नेत "विजय" निश्चल बस्नेत, फिल्म निर्देशक सिँह बहादुर बस्न्यात, भू. पू. प्रधान सेनापति अभिमान सिंह बस्नेत, एकिकृत नेपालको प्रथम सेनापति एवम् मूलकाजी पुष्पा बस्नेत, सि.एन.एन. हिरो अफ द इयर २०१२ अर्जुन कुमार बस्नेत डा. सिंहबहादुर बस्न्यात, भूपू राजदूत महेश बस्नेत शिवराम सिंह बस्न्यात, सेनापति बडावीरको उपाधि पाउने पृथ्वीनारायण शाहका भारदार यज्ञबहादुर बस्न्यात, पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत, नेपालका मन्त्री सुरेन्द्रबहादुर बस्न ...

                                               

जितेन्द्र रसिक

जितेन्द्र रसिएक लोकप्रिय नेपाली साहित्यकार तथा लेखक हुन् । आख्यानकार, गजलकार, कवि, फाँचल विधा प्रतिपादनका साथै सँस्कृति र इतिहासमा कलम चलाउँदै आएका रसिकका चर्चित कृतिहरु लज्जावती, सँस्कृति र इतिहास सम्वन्धि अलकापुरी भक्तपुर सर्वरत्न हुन् । रसिकका बालकथा कृतिहरु एलियनको पृथ्वी भ्रमण, एङ्री बर्ड, हावा फल्ने रुख, र गजल सङ्ग्रहहरु काफिया र हृदय स्पर्शी छालहरु कृतिहरु प्रकाशित छन् । तारापुञ्ज नेपालमै प्रतिपादन गरिएको विशुद्ध नेपाली साहित्यिक विधा हो । तारापुञ्जमा वि.सँ. २०६५ मा प्नकाशित नेपालकै पहिलो सात फाँचलकारहरुका सृजना समाहित छन् ।

                                               

जीत गांगुली

जीत गांगुली, एक भारतीय सङ्गीतकार गायक हुन् । उनले धेरै हिन्दी र बङ्गाली चलचित्रहरूमा सङ्गीत दिएका छन् । उनी मुख्य रूपले आशिकी २ मा सङ्गीतको कारण धेरै लोकप्रिय छन् । यसका साथै उनले तेरे लिए, मेरे यार की शादी है, मिस्टर एक्स जस्ता चलचित्रहरूमा सङ्गीत दिएका छन् ।.

                                               

पद्मसम्भव

पद्मसम्भव वा आचार्य पद्मसम्भव भारतीय वज्रयान बौद्ध धर्मको एक तान्त्रिक महासिद्ध थिए जसले तिब्बत, भुटान र नेपाल आदि मुलुकहरूमा वज्रयान सम्प्रदायको स्थापन गर्नु भएको थियो। विशेष गरी आचार्य पद्मसम्भव लाई ञिङमा साम्प्रदायिक अनुयायीहरूले महागुरुको रूपमा मानिन्छ।

                                               

सेलिन बारा

२०११: बारा सेक्स डान्स - सेलिन बारा स्टुडियो २०१५: एन्टीथेइस्ट - सेलिन बारा स्टुडियो २०१२: बारानर्मल सेक्सुवालिटी - सेलिन बारा स्टुडियो २०११: बाराडोक्सल - सेलिन बारा स्टुडियो

जीवनी
                                     

ⓘ जीवनी

जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ ।

जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित सम्बन्ध राख्ने विभिन्न सामग्रीहरू उपयोग गरेको हुन्छ । जीवनी लेख्ता दैनिकी, चिठी, अभिलेख, उसका साथीहरूको संस्मरण, उसका बारेका पुस्तकहरू, फोटा तथा तस्वीर अन्तर्वार्ताबाट उससम्बन्धी आफूले प्राप्त गरेको ज्ञान आवश्यक पर्दछन् । यहाँ लेखिने जीवनी भनेको पनि महत्त्वपूर्ण व्यक्तिको जीवनी नै हो, जसका लागि आवश्यक बुँदा टिपोट गरिएको हुन्छ ।

जीवनीमा शङ्कास्पद अनुमान र अतिकाल्पनिक उडन्ते कुराहरू तथा तथ्य नै बिग्रने गरी भवनमा बगेर गरिएका अतिशयोक्तिपूर्ण मूल्याङ्कन औचित्य भने रहँदैन । व्यक्तिलाई आकाशमा पुर्याउन प्रयोग गरिने अनावश्यक विशेषणहरूले पनि जीवनीलाई खल्लो बनाउँछन् । यसमा त प्रमाणित सत्य कुरा प्रस्तुत गरी सौन्दर्यपूर्ण भाषामा वस्तुपरक विश्लेषण गर्नुपर्दछ ।

                                     

1. जीवनी लेख्ने तरिका

  • योगदानको वर्णन,
  • निष्कर्षात्मक मूल्याङ्कन ।
  • बाल्यकाल,
  • पाएको भए पुरस्कार, सम्मान र
  • पारिवारिक जीवन,
  • दिइएका बुँदाहरूलाई विभिन्न उपशीर्षकहरूमा बाँड्नुपर्छ, जस्तै
  • प्रमुख कार्य,
  • घटनाहरूलाई क्रमबद्ध रूपमा संयोजन गरी उपशीर्षक अनुसार फरकफरक अनुच्छेदमा लेख्तै जानुपर्छ तर कहिलेकाहीँ जन्म र बाल्यकाल पछाडि लेख्न पनि सकिन्छ ।
  • अनावश्यक ठट्टा, काल्पनिक सन्दर्भ वा अफबाहका कुराहरू समावेश गर्नुहुँदैन ।
  • उपयुक्त शीर्षक दिएर जीवनी लेख्न सुरु गर्नुपर्छ ।
  • भाषामा सरलता र मिठास हुनुपर्छ ।
  • तयार परेको जीवनीलाई भाषिक शुद्धताका साथ साफी लेखन गर्नुपर्दछ ।
                                     

2. सन्दर्भ सामग्री

  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, सरल माध्यमिक व्याकरण अभिव्यक्ति र अभ्यास नेपालीमा, स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-9937-535-46-5।
  • बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, तलेजु नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास नेपालीमा, स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-99933-45-46-6।
                                               

संसार हल्लाउनेहरू १०१ जीवनपुञ्ज

यस पुस्तक नेपालीमा अनुवादित कृति हो।जहाँ १०१जना विश्व चर्चित व्यक्तिहरूको जीवनी लेखिएको छ।जस अन्तर्गत आफ्नो कार्यकालमा असाधारण काम गरी विश्व चर्चित भएका व्यक्तिहरूको जीवनी उल्लेख छ।जसलाई लेखकले अक्षरवर्णानुक्रम अनुसार उल्लेख गरेका छन्।जस्तैः अरस्तु अर्नेस्ट हेमिङ्गवे अब्राहम लिङ्कन ………१०१.हौडिनी

गुलशन ग्रोवर
                                               

गुलशन ग्रोवर

गुल्शन ग्रोवेर एक भारतीय अभिनेता हुन् जसले ४०० भन्दा चलचित्रहरू मा काम गरेका छन् ।}}उनी मध्य मध्य वर्ग पंजाबी परिवारमा जन्मिएका थिए । उनले दिल्ली मा लोकप्रिय श्री राम कलेज अफ कमर्स देखि आफ्नो शिक्षा पूरा गरे । उनलाई बलिवूड मा "ब्याड म्यान्" का नामले चिनिन्छ ।

                                               

सन्त दर्शन

सन्त दर्शन स्वामी आनन्द अरूणद्धारा लिखित पुस्तक हो।यस पुस्तकमा विभिन्न सन्तहरूको जीवनी र तिनिहरूले सामाजमा पारेको प्रभावलाई कलात्मक रूपमा ब्याख्या गरिएको छ।

                                               

जनकमान श्रेष्ठ

२०१० सालमा उपत्यकाका तीन नगरमा स्थानीय निर्वाचन भयो। कम्युनिस्ट पार्टीबाट उठेका श्रेष्ठले दुईतिहाइ मत ल्याएर मेयर जिते। २५ वर्षको उमेरमा काठमाडौँको नगरपिता निर्वाचित भएका थिए। जनकमान राजनीतिमा वितृष्णा जागेपछि न्याय सेवामा लागे।

ऋषभ देव
                                               

ऋषभ देव

ऋषभ देव भगवान विष्णुको २४ अवतार मध्ये एक हुन् श्रीमद्भागवतको अनुसार उनी महाराज नाभिका पुत्र थिए ।ऋषभ देवका सौ पुत्र थिए जसमा जेठो छोरो चक्रवर्ती राजा भरत भए उनको राज्यलाई आज पनि हिन्दू धर्मको इतिहासमा भारत वर्ष भनिन्छ जो लगभग पूरा एसिया पर्थ्यो ।

ययाति
                                               

ययाति

ययाति हिन्दू धार्मिक ग्रन्थ अनुसार एक राजा थिए। उनी चन्द्रवंशी वंशको राजा नहुष र शिव तथा पार्वतीकी छोरी अशोकसुन्दरीको दोस्रो पुत्र थिए। उनको पाँचजना भाइ याति, सयाति, अयाति, वियाति तथा कृति थिए। उनको दाजु याति विशेष गरि राज्य र अर्थमा विरक्त भएकाले राजा नहुषले आफ्नो दोस्रो छोरा ययातिलाई राजगद्दीमा बसाएका थिए। ययातिले सम्पूर्ण विश्व जितेको कारणले उनलाई चक्रवर्ती सम्राट भन्ने गरिन्छ। ययातिको बिहे असुरहरूको राजगुरु शुक्राचार्यको छोरी देवयानीसँग भएको थियो।

म्याट डेमन
                                               

म्याट डेमन

म्याथ्यु पेइज डेमन एक अमेरिकी अभिनेता, चलचित्र निर्माता, पटकथा लेखक, र पर्यावरणविद् हुन्। उनी फोर्ब्स पत्रिकाको सबैभन्दा भरपर्दो कलाकारहरू मध्ये एक हुन् र हालसम्मका सर्वाधिक कमाउने अभिनेताहरू मध्येका एक हुन्। डेमनले विभिन्न पुरस्कार प्राप्त गरेका छन्, जसमा पाँच नामाङ्कनहरूबाट एक एकेडेमी पुरस्कार, आठ नामाङ्कनहरूबाट दुई गोल्डन ग्लोब पुरस्कार छन्। यसका साथै उनलाई तीन ब्रिटिस एकेडेमी चलचित्र पुरस्कार सात एमी पुरस्कारको लागि मनोनयन प्राप्त भइसकेको छ।

साई
                                               

साई

पार्क जि-साङ्ग, हाङ्गुल: 박재상, हान्जा: 朴載相, साइ को नामले प्रख्यात, पिएसवाई, एउटा दक्षिण कोरियाली गायक, गीतकार, गीत निर्माता, र्‍यापर हुन्। पिएसवाई आफ्नो घरेलु भिडियोहरूका कारण जानिन्छन् र उनलाई अन्तर्राष्ट्रिय रूपमा उनको सबैभन्दा चर्चित साङ्गितिक भिडियो गङ्नम स्टाइलको कारण मानिसहरू उनलाई मन पराउँछन्। उनको त्यो एकल गीत ओप्पन गङ्नम स्टाइल गङ्नम स्टाइल हुन्छ। जसको कारण साईको यस गीतलाई द एल बुक अफ कोटेसन ले सन् २०१२ को सबैभन्दा प्रसिद्ध कोटेसनको रोमा स्थान दिएको थियो ।

नर्गिस फखरी
                                               

नर्गिस फखरी

नर्गिस फकरी अमेरिकन मोडल तथा अभिनेत्री हुन् । उनले २०११ मा प्रदर्शित हिन्दी चलचित्र रक स्टारमा निकै राम्रो अभिनय गरेकी थिइन् । त्यस्तै २०१३ मा मद्रास क्याफे र २०१४ मा में तेरा हीरो गरेकी थिइन । भने २०१५ मा उनले हलिउड चलचित्र स्पाईमा सामान्य अभिनय गरेकी थिइन ।

कूलबीर थापा
                                               

कूलबीर थापा

कुलवीर थापा मगर सन् जन्मः १८८८, १५ डिसेम्बर बाग्लुङ जिल्लाको निगालपानीमा भएको थियो । उनी बेलायती गोर्खा सेनामा नियुक्त कुशल योद्धा थिए उनको वीरताको कारण उनलाई बेलायती सरकारले भिक्टोरिया क्रस पुरस्कारले सम्मान गरेको थियो । उनी सो पुरस्कार प्राप्त गर्ने प्रथम नेपाली हुन् । कुलबीरले सन् १९१५ मा फ्रान्सको लू मा भएको युद्धमा देखाएको बहादुरीका लागि उनलाई भिक्टोरिया क्रस दिइएको थियो । पहिलो विश्वयुद्धको शतबार्षिकीको उपलक्ष्यमा उनको सम्मानमा बेलायतले यिनको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेको छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →