Back

ⓘ बलेवा



                                     

ⓘ बलेवा

धौलागिरी हिमालको काखमा अवस्थित बाग्लुङ जिल्ला र त्यसको दक्षिण पार्श्वमा रहेको बलेवा क्षेत्र भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक इत्यादि सबै दृष्‍टिबाट महत्त्वपूर्ण मानिन्छ। भौगोलिक दृष्‍टिले विचार गर्दा बाग्लुङ सदरमुकामको दक्षिण-पार्श्व, पर्वत जिल्ला र कृष्णगन्डकीको पश्चिमोत्तर दिशामा अवस्थित यो क्षेत्र नाङ्गा आँखाले दृष्‍टिपात गर्दा जति सुरम्य र आकर्षक देखिन्छ, यसको महत्त्व अन्य दृष्‍टिबाट समेत रहेको पाइन्छ।kusma balewa yantrik pul has made life easier to balewali people as it takes only 4 minutes to balewa from kusma.

                                     

1. परिचय

पहिला उत्तर कांठेखोलदेखि दक्षिण ठेउलेखोलासम्मको भू-भागलाई बलेवा मौजा भनिन्थ्यो भने २००८ सालमा अहिले ६ गबिसमा बिभाजित भएको एउटै "बलेवा ग्राम पञ्चायत्" भएको थियो। हाल यस क्षेत्रअन्तर्गत भकुन्डे, पैयुँपाटा, नारायणस्थान, अमलाचौर, कुश्मिशेरा र रायडाँडा गरी ६ गाबिस पर्दछन तापनि पैयुँपाटा, नारायणस्थान र अमलाचौरलाई नै बलेवा भन्ने गरिन्छ। यो क्षेत्र ७०० बलेवाका नामले समेत प्रसिद्ध छ। यसको ऐतिहासिक सन्दर्भ आगामी अंकमा प्रस्तुत गरिनेछ।

                                     

2. भौगोलिक अवस्था

भौगोलिक दृष्‍टिले अत्यन्त सुगम, सुन्दर र पहाडी क्षेत्रको प्राय: समथर चौडा भूमिका रूपमा देख्न सकिने यो क्षेत्रको बलेवाचौरमा २०१७ सालबाट बिमानस्थलको निर्माण कार्य आरम्भ भई २०४८मा पोखरा बाग्लुङ मोटर बाटो निर्माण नहुँदासम्म निरन्तर बिमान सञ्चालन भईरहेको थियो। २०२२/०२३ सालमा बलेवा पाग्जाबाट टुनिबोटसम्मको मोटारबाटो निर्माण भएपनि यसमा मोटर गूड्ने कार्य भने हालै मात्र आरम्भ भएको छ।Kusma balewa yamtrt

                                     

3. शिक्षा

शैक्षिक दृष्‍टिकोणबाट हेर्ने हो भने २००७/१०/१ गते बलेवा पैयुँपाटामा स्थापित संस्कृत पाठशाला २०१४मा प्रा बि, २०१७मा त्रिभुवन निमा बि, २०१९मा त्रिमा बि का रूपमा विकसितहुँदै आएकोमा २०४७मा यसकै कम्पाउन्डभित्र बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसको स्थापना भएको र हाल उक्त क्याम्पसमा प्रमाणपत्र तह, दश जोड दुई +२ र स्नातक तहका कक्षाहरू सन्चालित भईरहेका छन। हाल नारायणस्थान, अमलाचौर कुश्मिशेरामा सन्चालित तिनवटा उच्चमा बि पनि क्रमश: जनता प्रा बि, पृथ्वी प्रा बि, र शान्ती प्रा बि का विकसित रूप हुन। शिक्षाको पर्याप्त सुविद्या प्राप्त भएको यस् क्षेत्रमा प्राय: घर मोटर बाटो पुग्ने क्रममा छ भने २०१९मा आयुर्वेद औषधालय र २०१७मा पैयुँपाटा शाहकारी हुलाक आइसकेका थिए।

                                     

4. समाज

प्राय: ब्रम्हाण, छेत्री र मगर समुदायको बाहुल्य भएको यस् क्षेत्रमा हरिजन, परियार, गन्धर्ब, विश्वकर्मा र कतिपय मुस्लिम धर्मलम्बीहरू पनि रहेका पाइन्छन्। यसप्रकार धार्मिक सांस्कृतिक दृष्‍टिले विभिन्न जाती, धर्म र सम्प्रदायका मनिसहरूको बसोबास भएको बलेवा शैक्षिक र राजनीतिक दृष्‍टिबाट समेत जिल्ला भरी नै अग्रणी छ भन्न सकिन्छ। हालसम्म राष्ट्रिय स्तरका राजनीतिक नेता, बुद्धिजिबी, वकील, प्रध्यापक, ब्यापारी, कर्मचारी, र समाजसेबीहरूलाई जन्माउन सफल बाग्लुङ बलेवा उत्तरोत्तर प्रगतिपथमा लम्की रहेछ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →