Back

ⓘ शिक्षा



                                               

साधारण शिक्षा

साधारण शिक्षा भन्नाले कुनै बिशिष्ट उद्देश्य नराखी सामान्य जीवनयापनका लागि तयारी गर्ने उदेश्यले प्रदान गरिन्छ। यस्तो शिक्षाले केवल बालबालिकाहरूको सामान्य ज्ञान बृद्दी गर्ने उदेश्यले प्रदान गरिन्छ । यसलाई उदार शिक्षा पनि भनिन्छ ।

                                               

माध्यमिक विद्यालय

माध्यमिक विद्यालय अथवा मा.वि. निम्न माध्यमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कक्षा ९ देखी कक्षा १० सम्मको शिक्षा दिने गरिन्छ।

                                               

निम्न माध्यमिक विद्यालय

निम्न माध्यमिक विद्यालय अथवा नि.मा.वि. प्राथमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई निम्न माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कहक्षा ६ देखी कक्षा ८ सम्मको शिक्षा दिने गरिन्छ।

                                               

प्राथमिक विद्यालय

प्राथमिक विद्यालय अथवा प्रा.वि. बाल बालीकाहरूलाई प्राथमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको प्राथमिक विद्यालयमा बाल बलीकालाई नर्सरी देखी कक्षा ५ सम्मको शिक्षा दिने गरिन्छ।

                                               

विद्यालय

विद्यालय त्यो स्थल हो जहाँ शिक्षा प्रदान गरिन्छ। यसमा धेरै तहका विद्यालयहरू पर्दछन्। पहिलो त्यो विद्यालय जसमा कक्षा एल के जी यो के जी पढाइन्छ जसलाई नर्सरी भनिन्छ। दोस्रो जहाँ कक्षा एक देखि पाँचसम्म पढाइन्छ जसलाई प्राथमिक विद्यालय भनेर जानिन्छ। तेस्रो कक्षा एकदेखि आठौँ श्रेणीसम पढाइन्छ र यसलाई निम्न माध्यमिक विद्यालय भनिन्छ। चौथो- कक्षा दशौँ सम्म पढाइन्छ जसलाई माध्मिक विद्यालय भनिन्छ। पाचौँ- कक्षा बह्रौंसम्म पढाइन्छ यसलाई उच्च माध्यमिक विद्यालय भनिन्छ अनि इण्टर कलेज पनि भनिन्छ।

                                               

पूर्व प्राथमिक तह

औपचारिक शिक्षा आरम्भ गर्ने अवस्थ हो । नेपालको सन्दर्भमा एक कक्षा पूर्व को कक्षालाई पूर्व प्राथमिक तह भन्दछौ । पूर्व प्राथमिक तहमा ३ देखि ५ वर्षसम्मका बालबालिकाले औपचारिक शिक्षा आरम्भगर्ने हुन्छ ।

                                               

शहिद क्याम्पस

शहिद क्याम्पस पाल्पा जिल्लाको रामपुर रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक क्याम्पस हो।

                                               

तानसेन बहुमुखी क्यापस

तानसेन बहुमुखी क्यापस पाल्पा जिल्लाको तानसेन रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक क्यापस हो।

                                               

महाविद्यालय

महाविद्यालय भन्नाले कक्षा बार्हौंदेखि माथि आध्यायनका लागि बनाइएका शिक्षण संस्थानहरू हुन् जसलाई अङ्ग्रेजीमा कॉलेज र नेपालमा कॅम्पस भनेर जानिन्छ

शिक्षा
                                     

ⓘ शिक्षा

शिक्षा लाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Educationबाट Educere,Educare,हुँदै Education भ‍‍एको हो ।

शिक्षा संस्कृतको शिक्ष् धातुबाट आएको हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी अग्रजहरूले आफ्ना सन्ततिहरूलाई अनुभवहरू प्रदान गर्नुलाई नै दिनु वा शिक्ष भनिन्थ्यो ।

"विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो" भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ

भने मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ भन्नु शिक्षाको ब्यापक अर्थ हो।

यसरी हेर्दा शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो । जसअन्तर्गत ब्यक्तिको बौद्दिक,शारीरिक,सामाजिक,आर्थिक,भौतिक,नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो भनिनु शिक्षाको बास्तबिक अर्थ हो।

शिक्षाका केही बहुचर्चित परिभाषाहरू निम्नानुसार छन

पृथ्बीमा ज्ञानभन्दा शुद्द अरु केही छैन ‍‍‍-भागवत गीता

आत्मानुभुती नै शिक्षा हो - शंकराचार्य

प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो -सुकरात

शिक्षा भनेको मानिसको आन्तरीक शक्तिको स्बभाविक, सर्वाङ्गीण र प्रगतिशिल विकास हो -पेस्तालोजी

"शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।"-नेल्सन मण्डेला

ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ। शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। शिक्षा धेरै किसिमको हुन्छ।

शिक्षाका प्रकार

  • सामुहिक शिक्षा
  • विशिष्ट शिक्षा
  • ब्यक्तिगत शिक्षा
  • अप्रत्यक्ष शिक्षा
  • साधारण शिक्षा
  • प्रत्यक्ष शिक्षा

साधारण शिक्षा कुनै पनि व्यक्तिले आफ्नो जीवनको बारेमा प्राप्त गरेको आधारभुत शिक्षा लाइ साधारण शिक्षा भनिन्छ। यस्तो शिक्षाले व्यक्तिलाई साधारण जिवन जिउने आधार दिन्छ।तर विशिष्ट सीप दिदैन।

                                     

1. सन्दर्भ सामग्रीहरू

शिक्षा नै मानवको तेस्रो अँखा हो।तर आधुनिक ब्याक्तित्व हरूले यसलाई पहिलो आखा नै भन्न रुचाउँछन् किनभने दृश्टिबिहिन ब्यक्तिहरु पनि यसैको कारणले गर्दा नै चर्चामा आइरहेका छन। त्यस्तै गरी शिक्षालाई मुख्य तया तीन प्रकारका छन जुन देहाय बमोजिम छन: १)औपचारिक शिक्षा formal education २)अनौपचारिक शिक्षा non-formal education ३)अनियमित शिक्षा informal education

  • अनियमित शिक्षा: अनियमित शिक्षा भनाले त्यों शिक्षा बुझिन्छ, जुन शिक्षा हामी संरचित पाठ्यक्रम भन्दा बाहिर हासिल गर्छौं।
  • औपचारिक शिक्षा: औपचारिक शिक्षा भनाले कक्षाकोठामा आधारित शिक्षा बुझिन्छ, जुन हामी गुरु वा शिक्षित व्यक्तिबाट हासिल गर्छौ‌‌‍‌। हामी औपचारिक शिक्षा बिध्यालयबाट प्राप्त गर्छौ।
  • अनौपचारिक शिक्षा:औपचारिक र अनियमित शिक्षा को कमिलाई पुरागर्न नयाँ शिक्षाको विकास गरियो जसलाई अनौपचारिक शिक्षा भनिन्छ। यस किसिमको शिक्षा दुवै औपचारिक शिक्षा र अनियमित शिक्षाको मिश्रणबाट बनेको हुन्छ ।
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →