Back

ⓘ नेपालको संस्कृति




                                               

बराम जाति

बराम जाति नेपालमा बसोबास गर्ने एक जाति हो। नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिहरूमध्ये अतिसीमान्तकृत समूहमा पर्ने यो जाति नेपालको गोरखा जिल्लाको मूल आदिवासी हुन्। यिनीहरूको आफ्नै जीवन पद्धति, रहनसहन, भाषा, संस्कृति र सामाजिक मूल्य तथा मान्यताहरू रहेको छ। बराम जातिलाई सूचकको रूपमा बराम र बरामु शब्दको प्रयोग गरिएको पाइन्छ। यो जाति नेपालको गोरखा जिल्ला, धादिङ जिल्ला, तनहुँ जिल्ला, मकवानपुर जिल्ला, चितवन जिल्ला, नुवाकोट जिल्ला, ललितपुर जिल्ला, नवलपरासी जिल्ला, बारा जिल्ला र सर्लाही जिल्लामा बसोबास रहेको छ। यिनीहरूको मूलथलो गोरखा रहेपनि बसाइँसराइको क्रममा यो जातिका मानिसहरू नेपालको अन्य ...

                                               

नेपालको अन्तरिम संविधान २०६३

२०७२ असोज ३ गते नेपालको संविधान पारित भए लगतै यो संविधान स्वतः निष्क्रिय भयेको छ। यो २०६३ साल माघ १ गते सोमवार देखि प्रारम्भ भएको थियो। दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ राजनीतिक दल र संसदिय व्यवस्था कै विरूद्धमा सशस्त्र संघर्ष चलाईरहेको तत्कालिननेकपा माओवादी मिलेर शान्तिपूर्ण आन्दोलन भएको थियो र विघटित संसद पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच वि.सं. २०६३ मंशिर ५ गते विस्तृत शान्ति सम्झौता सम्पन्न भयो।२०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप वि.सं. २०६३ माघ १ गते नेपालको अन्तरिम संबिधान, २०६३ लागु भएको हो । सार्व ...

                                               

नेपालको कानूनी इतिहास

नेपालको कानुनी इतिहास धर्ममा आधारित भएको पाइन्छ। विभिन्न समयमा तत् तत् समयमा प्रचलनमा रहेका धर्मग्रन्थ संस्कृति, सामाजिक मान्यता, सद्-विवेकको आधारमा त्यसबेलाको न्याय प्रणाली निर्देशित भएको पाइन्छ। नेपालको कानुन खासगरी हिन्दू विधिशास्त्रमा आधारित रहेको देखिन्छ यद्यपि नेपालमा हाल कमन लको न्याय प्रणाली विद्यमान रहेको छ हिन्दू धार्मिक प्रणाली खासगरी बेद लगायतका धार्मिक शास्त्रहरूमा आधारित रहेको छ। यो इशापूर्व ४ हजार देखि १ हजारको बीचमा विकास भएको हो। यसले श्रूति, स्मृति आदि ग्रन्थहरूको आधारमा न्याय प्रणाली निर्देशित गर्दथ्यो। त्यसबेला मितक्षडा र दयाभाग २ किसिमका कानुनहरू रहेका थिए। मितक्षडा वि ...

                                               

राष्ट्रिय गान

राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत हो। यो देश प्रेमले भरिएको एउटा यस्तो संगीत रचना हो, जसले उक्त देशको इतिहास, सभ्यता, संस्कृति र त्यहाँका जनताको संघर्षको व्यख्या गर्छ। यो संगीत रचना कि त त्यस देशको सरकार द्वारा स्वीकृत गरिएको हुन्छ या त परम्परागत रूपमा प्रचलित भइआएको हुन्छ।

                                               

घरेलु हिंसा

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।

                                               

थामी जाति

थामी नेपालमा बसोबास गर्ने एक जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई "थाङ्‍मी" भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा थाङ्‍मी खाम बोल्ने गर्दछन् । यो भोटबर्मेली परिवारमा पर्दछ । थामी जातिको बसोबास धेरैजसो दोलखा र सिन्धुपाल्चोक जिल्लामा रहेको पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क छ। थामी जाति एउटा अलग प्रकारको रितिरिवाज र स‌ंस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामी जातिले कुलदेवताको रूपमा भुमेभुम्याको पूजा गर्दछन् र सबै कर्मकान्ड संस्कारहरू आफ ...

                                               

राष्ट्रिय नाचघर

नेपाली नाटक, गीत, संगीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले वि.सं. २०१६ सालमा राष्ट्रिय नाचघरको निर्माण भई आधिकारिक रूपमा नाचघरको स्थापना भने २०१८ साल कार्तिक २८ गते भएको हो । नाचघर २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग र कहिले प्रसार विभाग अन्तर्गत रही २०२९ साल आषाढ ५ गते सञ्चार संस्थाऐन २०२८ अन्तर्गत सांस्कृतिक संस्थान स्थापना भई यसमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन एवं प्रदर्शन गर्ने थलोको रूपमा रह्यो । यो नेपाल सरकारको पूर्ण स्वामित्वको संस्थान हो । यस संस्थानले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा सरकरी एवं गैरसरकारी निकायहरूसँग समेत ...

                                               

विशाल बजार

विशाल बजार काठमाडौँको शुक्रपथमा अवस्थित नेपालको पहिलो आधुनिक सपिङ कम्प्लेक्स हो। नेपालमा सुपरमार्केट संस्कृति विशाल बजार खुलेपछि सुरु भएको मानिन्छ। लिफ्टसहितको आधुनिक सङ्गठित बजार खुलेपछि काठमाडौँका मध्यम तथा उच्च वर्गका उपभोक्ताको ध्यान विशाल बजारले तानेको थियो।

                                               

बालुवाटार सत्याग्रह

बालुवाटार सत्याग्रह नेपालको महिला हिंसा र दण्डहीनता विरूद्धको अभियान हो। देशमा बढ्दो दण्डहीनता तथा महिला हिंसा विरूद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा जुटेका महिला अधिकारकर्मीहरूको सामुहिक अभियानलाई अकुपाई बालुवाटर नाम दिइएको हो। बाबुराम भट्टराई सरकार रहँदै देखि बालकृष्ण ढुंगेल लगायत हत्याका दोषीहरूलाई कारबाहीको माग गर्दै महिलाहरूले म महिनौसम्म प्रदर्शन गरेका हुन्। प्रर्दशन गरिरहेका उनीहरूलाई वाइसिएलका कार्यकर्ताहरूले आक्रमण समेत गरे। ढुंगेलको तस्वीरसहितका व्यानर बोकेर प्रर्दशन गरिरहेको अभियानकर्तामाथि वाईसिएलले हस्तक्षेप गरेको थियो। आन्दोलन बाबुराम भट्टराई सरकार ढलेर ...

                                               

महेश सन्यास आश्रम

संस्कृतशिक्षाका माध्यमले समाजका हरेक क्षेत्रमा नवचेतना र आध्यात्मिक जागरण ल्याउन सक्ने अनुशासित, सच्चरित्रवान्, कर्तव्यनिष्ठ, समाजसेवामा समर्पित सुयोग्य जनशक्ति उत्पादन गर्ने । संस्कृत वाङ्मयभित्रका विचारप्रधान आध्यात्मिक ज्ञानसम्पदाका साथै योग, आयुर्वेद, ज्योतिष, तन्त्र, वास्तुशास्त्र आदि व्यावहारिक विषयको समेत थप शिक्षा दिलाउने । यसरी उत्पादित जनशक्तिद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लोपोन्मुख समग्रविश्वको सम्पत्ति भएको संस्कृतभाषा र वाङ्मयको प्रचार प्रसार गर्ने र त्यस माध्यमले वसुधैव कुटुम्बकम्को भावनालाई विस्तार गरी नैतिक चेतनाको विकास गर्ने । समाजमा स्वधर्म, संस्कृति र संस् ...

                                               

गुरुङ जाति

गुरुङ नेपालको मध्यमाञ्चल क्षेत्रका जातिगत समुह हुन्। गोर्खाली राजा पृथिबी नारायण शाहको 4 जात नेपालको कूल जनसङख्याको २.३९% छन् जसमध्ये ३३८,९२५ तमु भाषा बोल्दछन्। उत्पति तिब्बत को दक्षिन जिल्लाहरूमा गुरुङ जातिको उत्पत्ति भएको मानिन्छ । केही मानव इतिहासविद्हरुका अनुसार, गुरुङ वा तमु, एतिहासिक आदि-मङ्गोल मोङोलिअन जातिबाट उत्पत्ति भएका विश्वास गरिन्छ र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए; तर केही विद्वान भने गुरुङहरु मङ्गोलबाट बसाइ सरेकाहरु हुन् भनेका छन् ।

                                               

मानपुर मैनापोखर

मानपुर मैनापोखर नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको बर्दिया जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गा.बि.स. मा बढै्या ताल पर्द्छ, जुन बर्दिया जिल्लामा रहेको सबभन्दा ठुलो ताल हो। यस ठाँउबाट भारतको सिमाना ३ कि.मि. छ। यहाँबाट गुलरिया १८ कि.मि. र नेपालगञ्ज उपमहानगरपालिका २० कि.मि. टाढा रहेको छ।

नेपालको संस्कृति
                                     

ⓘ नेपालको संस्कृति

नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दिहरूको अन्तरालमा विकसित भएको हो। नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरूमा धेरै समानताहरू पाइन्छन्। वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौँ धार्मिक अनुष्ठान एवं पूजा-आ्राधना गरिन्छ। हुन त यस्ता देवी पक्षहरू वर्षमा तीनवटा पर्छन। असोजको यो कालरात्रि पर्ने देवी पक्ष बाहेक कार्तिकमा सुखरात्रि तथा चैत्रमा महारात्रि पनि पर्छ। यीमध्ये आश्विन शुक्लमा पर्ने कालरात्रिलाई विशेष रूपमा मनाउने चलन छ जसअन्तर्गत बडादसैं पर्छ। यस्ता विशेष अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ। त्यसैले दसैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गरी दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजा गरेर प्रसाद ग्रहण गर्ने क्रम पूणिर्मासम्म रहन्छ। पूणिर्माका दिन जमरा विसर्जन गरेपछि देवीको पूजा पनि समाप्त हुन्छ।

शक्तिस्वरूपा देवी भगवतीका अनेकौँ स्वरूप छन। ती स्वरूपको वर्णन दुर्गा शप्तशती एवं देवी भागवत जस्ता ग्रन्थहरूमा भेटिन्छ। तीमध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजा-आराधना दसैंका नौ दिनसम्म क्रमैसँग हुन्छ। जसलाई नवदुर्गाका नामले चिनिन्छ। नवदुर्गाको पूजा गर्नाले सारा पाप नाश भै मनका चाहना पूरा हुने विश्वास गरिन्छ। यी देवीहरू समस्त प्राणीका शरीरमा माता, विद्या, लक्ष्मी, शक्ति, बुद्धि, माया, शान्ति, धृति, क्षमा, दया, निद्रा आदि स्वरूपमा विराजमान छन। दसैंका बेलामा आफूमा निहित ती शक्तिलाई प्रकट गरेर अभीष्ट पूरा गर्ने मनसायले प्रेरित भै मानिसहरूले अनेकौँ साधना गर्छन।

दैवी शक्तिको आशीर्वाद पाएर विष्णुले मधुकैटभ नामक दैत्यको विनाश गरे। शक्तिकै सहायता पाएर देवताहरूले असुरमाथि विजय प्राप्त गरे। भृगु, अङ्गरिा, वशिष्ठ, विश्वामित्र, कात्यायन, जैमिनीप्रभृति ऋषिमुनिहरूले शक्तिको उपासनाबाटै सफलता प्राप्त गरे। राम, कृष्ण, युधिष्ठिर आदि पनि दुर्गा भवानीकै साधना र भक्ति गरेर महापुरुष भए। ब्रह्मा, विष्णु, महेशजस्ता त्रिदेव पनि महेश्वरीकै कृपा पाएर सृष्टि सञ्चालन गर्छन। त्यसैले देवीलाई सनातन वैदिक धर्ममा शक्तिको प्रतीक मानेर सम्मान गरिन्छ। उनको शक्तिबिना कुनै कार्य हुन सक्दैन। त्यसो भएको हुनाले मातृशक्तिका रूपमा पुजिने भगवतीको कृपा प्राप्त गर्न दसैंको अवसर पारेर उनलाई रिझाउने प्रयास गरिन्छ।

घटस्थापनाका दिनदेखि सुरु हुने दसैंको पहिलो दिन देवी स्थापना गरेर जमरा राख्ने कार्य हुन्छ । उक्त दिन व्यक्तिगत रूपमा घरैमा तथा सामुहिक रूपमा विभिन्न देवी मन्दिर एवं कोतघरहरूमा जमरा राखिन्छ। सम्पूर्ण विधि पुर्याएर जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ। बिहान नुहाइधुवाइ गरी शुद्ध भएर पाठपूजा गर्ने, बेलुका सधैं आरती गर्ने कार्य दसैंभरि नियमित गर्नुपर्छ। पाँचौं दिनसम्म यही क्रम जारी रहन्छ भने छैटौँ दिन विल्व निमन्त्रणा अर्थात् बेलको पातले पूजा गरिन्छ। सातौँ वा सप्तमीका दिन फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याउन केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा लहरापात एवं जातजातका फूल चाहिन्छ। अष्टमीका दिन राति कालरात्रिको पूजा गरेर बलि दिने तथा होमादि गर्ने कार्य हुन्छ। त्यस दिन कसैकसैले रातभरि भजन-कीर्तन पनि गर्छन। नवमीका दिन देवीलाई बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि पशुबलि दिइन्छ। ब्राह्मणलाई जीवबलि शास्त्रले नै निषेध गरेको छ। त्यसैले ब्राह्मण तथा अन्य शाकाहारीले कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पीठोबाट पशुको आकृति बनाएर बलि दिन्छन। देवी सबैकी मातास्वरूप भएकीले बलि दिनैपर्छ भन्ने छैन। बलि दिने कार्यमा तान्त्रिक परम्पराको प्रभाव गाँसिएको छ। नेपालमा पहिले तन्त्रको ज्यादै प्रचलन भएकाले पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ। देवीलाई खुसी पार्न सात्विक भावले आफूभित्रको पाशविक प्रवृत्तिलाई बलि दिनु नै उपयुक्त हुन्छ भन्ने कुरा नबुझेर नै पशुपन्छीको घाँटी रेट्ने कार्य भैरहेको हो कि? तसर्थ शक्ति र साधनाको पर्व दसैंलाई हिंसारहित बनाउने कार्यमा लाग्नु पनि शक्ति प्राप्त गर्ने राम्रो उपाय हुनसक्छ। यसैगरी नवमीकै दिन नवदुर्गा देवीको स्वरूप मानेर नौवटी कन्यालाई यथाशक्ति पूजा गरी भोजन, वस्त्र एवं दक्षिणा अर्पण गरिन्छ।

दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका-जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ। त्रेता युगमा यसै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको प्रसङ्ग आउँछ। यसका लागि रामले नारदको उपदेशबाट नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र दसौं दिन रावणमाथि विजय पाएको कथा प्रचलित छ। यसरी रावणमाथि रामले विजय पाएको हुनाले यस दिनलाई विजया दशमी अर्थात् बडा दसैं भनिएको हो।

महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्म जन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने सद्विश्वासकै कारण शक्ति र साधनाको पर्व दसैं मनाउन थालिएको हो। सबै शक्तिपीठमा प्रतिपदादेखि देवीको पूजा हुने भए पनि कुनै कुनैमा दशमीका दिन र त्यसपछि क्रमिक रूपमा कोजाग्रत पूणिर्माका दिनसम्म विसर्जन गर्ने परम्परा छ। अधिराज्यका कतिपय भागमा विजया दशमीको दिन मात्र टीका लगाउने चलन देखिए पनि कतै-कतै आफ्नो परम्पराअनुसार दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ।

दसैं विशेष गरी नारी जातिको महिमा गाइने पर्व हो। यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता अर्थात् मानव सभ्यताको सुरूदेखि नै जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको सनातन संस्कृतिले समग्र नारीजातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ। महिषासुर, शुम्भ-निशुम्भ, रक्तबीज, चण्डमुण्डजस्ता असुरहरूलाई ठेगान लगाउन देवताहरू नारीशक्तिकै आश्रयमा गएको देखिन्छ। नारीबिनाको पुरुष अधूरो हुने भएकाले नारी शक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन अहम् भूमिका निर्वाह गर्ने दसैंलाई आफ्नो शक्तिअनुसार मनाउनु उपयुक्त हुन्छ।

                                     
  • ह म र ल क स स क त सन म सत यम हन ज श द व र ल ख एक प स तक ह प स तकम न प लक ल क स स क त क ब र म प रक श प र एक छ य प स तकल व स
  • ठट उ द व र प र ख क ग थ स न उ द न त य गर न परम पर स द रपश च मक व श ष स स क त ह न व रन, व रतबन ध, व व हजस त उत सवक ख स य ल म म त र नभई अन त य ष ट म
  • व स म ढ क रप खर क स क म भएक थ य स न तक त तर इत ह स स स क त ब द ध अध ययन स न तक क न न व द य व र ध बझ ङक इत ह स त र भ वन व श वव द य लय
  • समर प त ल ट ट च ख भ जप र व ब पत र क अ ज र य भ जप र ल क - स ह त य एव स स क त अ ज र य : भ जप र इन टरन ट पत र क य ह सम ह : भ जप र भ जपत र भ जप र
  • अस त त व धर पम पर द गय तर न प लक ग र ख ज ल ल क ब रप क ग उ म भन ल ल घल ज त क ज त य भ ष भ षभ ष र स स क र, स स क त स रक ष त र ख एक थ य फलस वर प
  • प एक छ तर न प लक शहर भ कम य ब ज ल आध न क ब य ण ड ब ज स ग पञ च ब ज ल प रत स पर ध गर न पर क छ र पन पन च ब ज म न प ल स स क त झल क न भएक ल
  • ह नगय न प लक सब भ ष स ह त य, स स क त तथ दर शनक स रक षण, सम वर द धन र व क स गर न क ठम ड र आवश यकत अन स र न प लक व भ न न स थ नहर म श ख ख ल न सक न
  • क त हर न प लक प र च न अभ ल ख चण ड श वर न मकरण व ध सत - प रथ व स ल क - गणत त र अभ नव स स क त क श उनल अभ नव स स क त क शक ल ग
  • न य छ र डर र हमर भ ट आद भ ष हर क ISO क ड अथव य ह र न ह स थ र ज त क स स क त य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत गर न सक न ह न छ
  • तथ स स क त क महत त वक ह स वल प रम ख स थ नम रहन छ न प लल ई च न उन स स क त म ध यम ल क द ह र ग तक उदगम स थल यस ज ल ल ल ई म न न छ सम द र सतहब ट