Back

ⓘ श्रेणी:पर्यटन




                                               

अमरनाथ मन्दिर

अमरनाथ गुफा हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थल हो। यो गुफा भारतको जम्मू र कश्मीर राज्यमा अवस्थित श्रीनगर सहरबाट उत्तर-पूर्वमा १३५ किलोमिटरको दुरीमा रहेको छ। अमरनाथ समुन्द्र सतहदेखि १३,६०० फिटको उचाइमा रहेको छ। यस गुफाको लम्बाइ १९ मिटर र चौडाइ १६ मिटर छ। गुफा ११ मिटर अग्लो छ। अमरनाथ गुफा भगवान शिवसँग सम्बन्धित प्रमुख धार्मिक स्थलहरू मध्ये एक हो। पौराणिक कथाहरूका अनुसार यस स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरत्वको रहस्य बताएका थिए। यसैका आधारमा अमरनाथ गुफालाई तीर्थहरूको पनि तीर्थ भन्ने गरिन्छ। यहाँको प्रमुख विशेषता पवित्र गुफामा हिउँबाट प्राकृतिक रूपमा शिवलिंगको निर्माण हुनु हो। प्राकृतिक ...

                                               

इन्द्रायणी

इन्द्रायणी काठमाडौँ एक प्रसिद्ध मन्दिर तथा शक्तिपीठ हो । यो मन्दिर विष्णुमती नदीको पूर्व किनारमा रहेको छ । यो इन्द्रायणी भगवतीको मन्दिर हो । यसलाई स्थानीय भाषामा लुती अजिमा पनि भन्ने गर्दछन् । वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा, लुती अजिमा स्थापना गरी खटजात्रा चलाएका हुन्। नेपालको विभिन्न स्थाहरूमा इन्द्रायणी देवीको स्थपना गरेर पूजा गरिंदै आएको छ ।

                                               

गुह्येश्वरी

गुहृयश्वरी काठमाडौँ उपत्यकामा रहेको एक प्रसिद्ध हिन्दू मन्दिर हो । बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ। सतिदेवीको गुहृय पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले गुहृयेश्वरी नाम रहन गएको विश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा-आराधना गरेको विश्वास पनि छ । घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ। यहाँ देवीहरूको कुनै मूर्ति छैन। सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ। त्यहाँ एउटा सानो दुलो मात्र छ जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने गर्दछन्। गुहृयेश्वरीको महिमा नेपालमाहात ...

                                               

डोलेश्वर महादेव

भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर | यस लाई केदारनाथको शिर पनि भनिन्छ| काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला खोलामाथिको पुल तरेर उकालो लगभग आधा घन्टा हिँडेपछि डोलेश्वर मन्दिर भेटिन्छ। डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग साढेंको टाउको -शिर) झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ र च ...

                                               

दक्षिणकाली भगवती

दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्। यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्। राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं ...

                                               

दार्जिलिङ

दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यमा रहेको एउटा नगर र दार्जिलिङ जिल्लाको सदरमुकाम हो। यो नगर महाभारत पर्वत शृङ्खलाको भागमा अवस्थित छ। यहाँको औसत उचाई २,१३४ मिटर छ। दार्जिलिङ शब्दको उत्त्पत्ति दुई तिब्बती शब्द, दोर्जे र लिङ्ग बाट भएको हो। यसको अर्थ चट्याङ स्थान हो। भारतमा ब्रिटिस शासनको समयमा अनुकूल मौसमको कारणले यो ठाउँलाई हिल स्टेसन बनाइएको थियो। बेलायती शासकहरू यहाँ ग्रीष्म ऋतुको गर्मीबाट छुट्कारा पाउनको लागि यहाँ आउने गर्दथे। दार्जिलिङ अन्तर्राष्ट्रिय स्तरमा चियाको लागि प्रसिद्ध छ। दार्जिलिङमा रहेको दार्जिलिङ हिमालयन रेलवे युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ। यहाँ चियाखेती सन् १८०० ...

अन्तर्राष्ट्रिय राफ्टिङ महासंघ
                                               

अन्तर्राष्ट्रिय राफ्टिङ महासंघ

अन्तर्राष्ट्रिय राफ्टिङ महासङ्घ विश्वभर राफ्टिङ व्यवसायलाई नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था हो । यो एउटा गैर-नाफामुलक, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।

                                               

बज्रबाराही

बज्रवाराहीको मन्दिर चापागाउँदेखि पूर्वी भागमा पर्छ। बज्रवाराहीको मन्दिर पनि शक्तिपीठकै रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ। दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महìव रहेको यहाँका पूजारी बताउँछन्।

भृगु ताल
                                               

भृगु ताल

भृगु ताल भारतको कुल्लु जिल्लामा अवस्थित ताल हो । यो ताल समुन्द्र ४,२३५ मिटरको सतहबाट उचाइमा अवस्थित छ । यो तालको नामकरण हिन्दु ऋषि भृगु को नामबाट भएको हो ।

                                               

चिम्टेश्वर महादेवस्थान

चिम्टेश्वर महादेवस्थान नुवाकोट जिल्लाको बेलकोट, कुमारी, जिलिङ तथा दुईपिपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय महत्त्वको क्षेत्र हो । जडिबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ, त्यहाँबाट राजधानी उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

पॉर्वो
                                               

पॉर्वो

पॉर्वो फिनल्यान्डको सहर शहर हो । यो फिनल्यान्डको राजधानी सहर हेल्सिन्की 5० किलोमिटर पूर्वमा अवस्थित छ । यो फिनल्यान्ड मा छ मध्ययुगीन शहरहरु मध्ये एक हो । पॉर्वो को पुरानो शहर एक लोकप्रिय पर्यटन गन्तव्य हो।

                                               

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन हो । यसलाई छोटकरीमा टान भनिन्छ । यस संस्थामा नेपालका करिब एक हजार ट्रेकिङ कम्पनीहरू आवद्ध छन् ।

सिड्नी बन्दरगाह बाँध
                                               

सिड्नी बन्दरगाह बाँध

सिड्नी बन्दरगाह बाँध सिड्नी बन्दरगाहमा निर्मित एउटा फलामे चापको आकारको बाँध हो जसमाथि रेल, सवारीसाधन, साइकल र बटुवा पैदल यातायातको व्यवस्था छ । यो बाँध सिड्नीको केन्द्रीय व्यावसायिक जिल्ला र उत्तरी तटको मध्यमा रहेको छ । बाँध, बन्दरगाह र छेउमा अवस्थित सिड्नी ओपेरा हाउसको नाटकीय दृश्य सिड्नी र अस्ट्रेलिया दुवैको मूर्त छवि हो । बाँधलाई स्थानीयले उसको चापीय आकारको डिजाइनको कारणले यसलाई मायाले" द कोट ह्याङ्गर ” पनि भन्ने गरेका छन् ।

ढिलो पर्यटन
                                               

ढिलो पर्यटन

ढिलो पर्यटन सामूहिक पर्यटनको विपरीत एउटा वैकल्पिक पर्यटन विकल्प हो। ढिलो पर्यटन स्थायी पर्यटन परिवारको एउटा भाग हो, जुन मुख्यधारा पर्यटनभन्दा भिन्न छ र यसले पर्यटकको व्यक्तिगत जागरूकतामाथि बल दिने गर्दछ। यसले पर्यावरणलाई समर्थन गर्दै, गतिशीलतालाई कम गर्ने र स्थानीय इतिहास तथा संस्कृतिको विषयमा अनुसन्धान गर्न थप समय दिनु नै यो पर्यटनको विशेषता हो। यो अवधारणा इटालेली ढिलो खानपान अभियान र सिटस्लो विकास अभियानबाट आएको हो।