Back

ⓘ चाडपर्व




                                               

गिम्दी

गिम्दी नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। बाहुजातिय र बहुभाशिक गाबिस गिम्दीमा ब्राम्हण क्षत्री तामाङ्ग मगर जातिको बाहुल्य रहेतापनि यसका अलवा दमाइ कामी बराम आदी रहेका छन्। यहाँ विभिन्न किसिमका राष्ट्रिय चाड र स्थानिय चाडपर्व मनाइन्छ बहुसङ्कख्यक मानिसको मुख्य पेशा कृषि नै हो। यँहा उब्जनी हुने अन्नबालीमा धान मकै गहु तोरी फापर हुन भने अन्या बालीमा मास मुसुरो बोडी मस्याङ आलु अदुवा कुचो कुरीलो रहेका छन्। आम्दानीको लागि केही मानिसले खसीबोका कुखुरा पाल्ने गर्दछन्। यो अहिले बाग्मति गाउँपालिकाको वडा नं. ७ मा पर्दछ ।

                                               

सेढाईं

सेढाईं नेपालमा बसोवास गर्ने अंगिरस गोत्रिय कुमाई वंशको थर हो । सेढाई अंगिरस गोत्र कान्यकुब्जि कुमाई बाहुनको जात हो । यो सेढाई थरको ब्राह्मण जात नेपालको २६ जील्लाका विभिन्न दुरदराजका गाउ घरमा बस्दछन् । संख्याको हिसाबले न्यून रहे पनि,होचा हसिला गहूगोरा बलिष्ट पुरुष र हसिला फरासिला नारीहरु देखिन्छन् । यि सम्बन्धी विभिन्न काल,चरणखण्ड,यहा दिईएको छ । यि सेढाई जातको चाडपर्व,१६ संस्कारदी कर्म,सेढाईका बस्तिहरु,सेढाईका बा आमा पूर्खा,मुख्य सेढाई बस्तीहरु,चाडपर्व,पूजा आजा आरती पनि धेरै शिर्षकहरू समावेश छन्।यहि अनुरुप अंगिरामृत सेढाई जातको लेखन,पुस्तक ब्लग संचालनमा छ ।सोही अनुरुप अंगिरामृत सेढाईको ल्बक ...

                                               

हलखोर जाति

यो ज्यादै निम्नस्तरको जाती हो । यि जातिका मानिसहरूले हिन्दूहर्ले मान्ने सबै चाडपर्व मान्दछ्न् । यिनिहरु पनि पिछ्डिएको र सुकुम्बासी झैं छन् । ससाना झुप्रामा बस्ने यो जाती सुंगुर, बंगुर पनि पाल्दछ्न् । यिनिहरु पप्राय काला हुन्छ्न् । जाँडरक्सी खाने गर्दछ्न् । यिनिहरूको मुख्य थलो तराई हो ।

                                               

सिटी सेन्टर

सिटी सेन्टर एक व्यवसायिक भवन हो । यो काठमाडौँको कमलपोखरीमा अवस्थित छ । यँहा धेरै सुबिधाहरू उपलब्द छन् । यँहा लत्ता कपडा, विभिन्न किसिमका खाने कुरा देखी लिएर मनोरञ्जनका लागि विभिन्न खेलकुद सामाग्रिहरु उपलब्ध छन् । यसका अतिरिक्त यस व्यवसायिक भवनमा चलचित्र हेर्नका लागि पनि सुविधा छ । यो भवन युवाहरु को माझ धेरै लोकप्रिय छ। यस भवनमा चाडपर्व तथा अन्य विशेष अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने गरेको छ। यस्ता खालको कार्यक्रममा सांगीतिक प्रस्तुती, नृत्य, बाल मनोरञ्जन, पुरस्कार तथा उपहार योजना लगायतका हुन्छन् । यस भवनमा गाडी, मोटरसाइकल तथा साइकल अडान गर्न पनि उचित स्थान छ।

                                               

चेपाङ जाति

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसङ्ख्या ६८,३९९ रहेको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका पाइन्छन्। चेपाङहरूको जीवन वनजङ्गल र जमिनसँग अति नजिकसँग जोडिएको छ । त्यसैले उनीहरूको बसोबास वनजङ्गल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर रहेको पाइन्छ । घरहरू सामान्यतया एकतले ढुङ्गा र माटोले बनेको र खरले छाएको पाइन्छ । कतिपय चेपाङहरूको घर भने काठ तथा जस्ता पाताले बनाइएको पनि पाइन्छ । चेपाङहरू आगन्तुकलाई अन्य समुदायसँग कम घुलमेल हुने र लज्जालु हुन्छन्। शारीरिक रूपमा होचा तर मांशप ...

                                               

जिओन मातसुरी

जिओन महोत्सव वार्षिक रूपमा जापानको क्योटोमा मनाइने सबैभन्दा प्रसिद्ध चाडपर्व मध्येको एक हो । यो जुलाईको पूरा महिनाको लागि मनाइन्छ र जुलाई २१ र जुलाई २४ मा एक यमबोको जुन्को परेड द्वारा मुकुट लगाइदिइने गरिन्छ । यसको नाम क्योटोको जिओन जिल्लाबाट लिइएको हो । क्योटोको शहरी क्षेत्रमा तीनवटा रातहरूका ट्राफिकहरू लाई पैदल यात्रीको लागि आरक्षित गरिएको हुन्छ । जिओन मातसुरी का तीनवटा जुलाई १६ र जुलाई २३ का रातहरूलाई योइयामा 宵 山, जुलाई १५ र जुलाई २२ का रातहरूलाई योइयोइयामा 宵々山 र जुलाई १४ र जुलाई २१ का रातहरूलाई योइयोइयोइयामा 宵々々山 को रूपमा चिनिन्छन् । सडकहरू रातको समयमा लगाइएका स्टालहरू याकीटोरी ...

                                               

मयमनसिङ्ह

मयमनसिङ्ह बङ्गलादेशको ब्राह्मपुत्र नदी किनारमा अवस्थित सबैभन्दा दोस्रो धेरै जनघनत्व भएको सहर हो। यस सहरमा राज काल देखिका ठूला ठूला भवनहरू रहेका छन्। मयमनसिङ्ह मयमनसिङ्ह विभागको मुख्य सहर अथवा सदरमुकाम हो र यो सहर बङ्गलादेशको राजधानी ढाकाबाट १२० किलोमिटर ७५ माइल उत्तर तर्फ रहेको छ। यस सहरको सिमाना क्षेत्र गाजीपर,जमलपुर,तङ्गाली र किशोरगञ्ज जस्ता जिल्लाहरूले धेरेको छ। जनता प्रशासक मन्त्रालयका अनुसार मयमनसिङ्ह जिल्ला जिल्लाहरूमा चौँथो स्थान रहेको छ। यो उत्तर मध्य बङ्गलादेशको एक प्रमुख वित्तिय केन्द्र हो। यो बङ्गलादेशको तेस्रो सबैभन्दा ठूलो सहर हो र मयमनसिङ्ह सहरको जनघनत्व ४४,४५८ वर्ग किलोमिटर ...

                                               

हाम्रो पात्रो

हाम्रो पात्रो एक पात्रो अनुप्रयोग हो। यसलाई शङ्कर राज उप्रेतीले सन् २०१० मा सृजना गरेका थिए। इतिहासमै पहिलो पटक ५० लाख भन्दा बढी पटक अभिभारण भएको यो नेपालको सर्वाधिक लोकप्रिय अनुप्रयोग समेत हो। हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नारालाई अवलम्बन गरेको छ। अनुप्रयोगले सन् २०१८ फिफा विश्वकपको सम्पूर्ण खेलहरूको तालिकाको साथसाथै सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण गरेको थियोे भने यसले २०७४ को स्थानीय चुनावमा विशेष प्रस्तुति सुरु गरेको थियोे। यसले सन् २०१९ क्रिकेट विश्वकपको सम्पूर्ण खेल अङ्कहरू प्रत्यक्ष रूपमा अद्यावधिक गरेको थियो। यसले विशेष प्रायोजनका लागि द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरेको ...

                                               

मोबिफोन

मोबिफोन वा सामान्यतया मोबिफोन भियतनामको प्रमुख मोबाइल सञ्जाल सञ्चालक मध्ये एक हो। यसको प्रधान कार्यालय भियतनामको राजधानी हनोईमा रहेको छ। यसको स्थापना १६ अप्रिल १९९३ मा विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सुरुवातकर्ताको रूपमा भएको थियो। मोबिफोन भियतनामको सबैभन्दा पुरानो र हालको तेस्रो ठूलो दूरसञ्चार प्रदायक कम्पनी हो। यसले सुरुवातमा ब्राण्ड नाम मोबिफोन राखि विमोसप्र ९००/१८०० सञ्चालन गरेको थियो। मोबिफोन सञ्चालनको मुख्य क्षेत्र भनेको सञ्जालको विकास गर्नु हो। मोबिफोनले धेरै दूर्दशन कार्यक्रमहरूको प्रायोजन गरिसकेको छ। विशेष गरी सन् २०१७ मा, मोबिफोनले डानङमा तीनवटा प्रमुख कार्यक्रमहरूको प्रायोजन ...

                                               

दराई जाति

दराई इतिहास;;दराई/दरै विशेषत नेपालमा पाइने जाति मध्य एक जाती हो।परापुर्ब काल देखि नेपालमा बसोबास गर्दै आएको एक आदिबासी जनजाती हुन् । २०६८ को जनगरणा अनुसार १७८७९ जनसंख्यामा रहेको दरै/दराई जातीहरु नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छ्न् जस्तै तनहुँ, गोर्खा,धाधिङ, पाल्पा,चितवन,नवलपरासी,कपिलवस्तु,कास्की,मकवानपुर,कैलाली,लमजुङ, दाङ आदिमा बसोबास गरेको पाइन्छ। हेर्दा मङोलियन अनुहारका देखिने गहु बर्ण गुरुङ,मगर,राई,दुरा,नेवार संग मेल खान्छन् । उनीहरूको आफ्नै मौलिक,पृथक,पहिचान,भाषा,रितिरिवाज,सस्कृती,भेषभुषा,पाइन्छ। उनीहरू बोल्दा दरै कुरा आफ्नै भाषा र नेपाली भाषा बोलेको पाइन्छ। दराई, नेपालका आ ...

                                               

किमोनो

किमोनो जापनको परम्परागत एवम् राष्ट्रिय पोषाक हो । किमोनो, आयातकार आकारका लुगाका टुक्राहरूलाई, अङ्ग्रेजी टी आकारले शरीरलाई बेरेर लगाइन्छ । यसमा हातका बाहुलासम्म लुगाको लम्बाइ, र लगाई अनुसार अन्य बनावटी भिन्नता हुने गर्दछन् । विविध सांस्कृतिक कार्यक्रम, चाडपर्व वा विशेष कार्यक्रम भएको समयमा किमोनो लगाइने गरिन्छ भने हालको आधुनिक जापनको समयमा लगाइनै पर्ने पोषाकका रूपमा लिइदैँन । साधारणतया: दैनिक जीवनमा पनि किमोनो लगाइने गरिन्छ । किमोनो, विशेष रूपमा वयस्क पुरुष वा महिलाले दैनिक रूपमा लगाउने पनि गर्दछन् । जापानी शब्द किमोनो अनुसार, "कि" को अर्थ लगाउनु र "मोनो" को अर्थ सामन हुने गर्दछ । यसको शाब् ...

                                               

हिन्दू पञ्चाङ्ग

हिन्दू पञ्चाङ्ग हिन्दू समाजद्वारा मानिने क्यालेन्डर हो। यसका भिन्न-भिन्न रूपमा यो लगभग पूरा भारतमा मानिन्छ। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूदेखि बनेका हुनको कारण छ, यो छ पक्ष, तिथी, वार, योग र गर्ण। एक सालमा १२ महिना हुन्छन्। प्रत्येक महिनमा १५ दिनका दुई पक्ष हुन्छन्, शुक्ल र कृष्ण। पञ्चाङ्ग हिन्दू काल-गणनाको रीतिदेखि निर्मित पारम्परिक क्यालेन्डर वा कालदर्शकलाई भन्दछन्। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूदेखि बनेका हुनको कारण छ, यो छ- तिथि, वार, नक्षत्र, योग र करण। यसको गणनाका आधारमा हिन्दू पञ्चाङ्गको तीन धाराहरू छन्- पहिलो चन्द्र आधारित, अर्को नक्षत्र आधारित र तेस्रो सूर्य आधारित क्यालेन्डर पद ...

                                               

दक्षिणेश्वर काली मन्दिर

दक्षिणेश्वर काली मन्दिर कोलकाता, बैरकपुरमा विवेकानन्द सेतु नजिकै अवस्थित एक ऐतिहासिक मन्दिर हो। यो मन्दिरकी मुख्य देवी भवतरिणी हुन्। यो कोलकातामा रहेको सबैभन्दा प्रसिद्ध मन्दिरहरू मध्ये एक हो। यो कोलकातामा रहेको कालीघाट मन्दिरपछि सबैभन्दा प्रसिद्ध काली मन्दिर समेत हो। यो मन्दिरलाई सन् १८५४ मा जन बजारकी रानी रसमनीले निर्माण गरेकी हुन्। यो मन्दिर रामकृष्ण मिशनका संस्थापक तथा स्वामी विवेकानन्दका गुरु, स्वामी रामकृष्ण परमहंसको कर्मभूमि थियो। स्वामी रामकृष्ण यो मन्दिरमा सन् १८५७ देखि सन् १८६८ सम्म मुख्य पुजारी थिए। त्यसपछि उनले यो मन्दिरलाई साधनास्थल बनाएर कालीको पूजा गर्ने गरेका थिए। स्वामी रा ...

चाडपर्व
                                     

ⓘ चाडपर्व

चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।

                                     

1. चाडपर्वका प्रकार

सामान्यतया चाडपर्वलाई निम्न नौ भागमा बाँड्न सकिन्छ ।

हर्षोल्लाससम्बन्धी पर्व

दशमी, सुकराती, जूडशीतल, विवाहपञ्चमी, रामनवमी, जानकी नवमी, झूलन, कृष्णअष्टमी, कार्तिक पूर्णिमा, सरस्वती पूजा, फागुहोली, महाबीरी झण्डा आदि ।

कृषि तथा पशुसम्बन्धी पर्व

नाग पञ्चमी, गबलग्गी, कदपखार, लबान, श्रीपञ्चमी, गोधन, गबहा सकराँती, पखेब, जनार आदि पर्व एवं अनुष्ठान कृषिसँग सम्बन्धित पर्वका रूपमा मनाइन्छ ।

दाम्पत्य जीवनसम्बन्धी पर्व

तीज, सफल र सुदीर्घ दाम्पत्य जीवनका लागि मैथिल नारीले बरिसाइत, तुसारी, साँझ, मधुश्रावणी, हरिसो, कोजगरा, सोमवारी आदि पर्व मनाउँछन् ।

दाजुभाइ-दिदीबहिनीबीचको स्नेहसम्बन्धी पर्व

भाइ-बहिनीबीचको प्रेमपर्वका रूपमा भाइटीका मनाइन्छ । अर्को महत्त्वपूर्ण पर्व सामा-चकेवा हो । आजकल रक्षाबन्धन पनि विकसित हुँदै आएको छ ।

परिवार कल्याणसम्बन्धी पर्व

सन्तानको मङ्गल एवं दीर्घायुका लागि जितीया पर्व मनाइने मिथिलामा सम्पूर्ण परिवारका लागि मनाइने अन्य पर्वहरू छठि, घरी, चौरचन, तिला सकराँति आदि हुन् ।

पर्यटन पर्व

मिथिला परिक्रमा, पुषी पूर्णिमा, बोलबम यात्रा, सलहेस मेला आदि ।

विशुद्ध धार्मिक पर्व

देवोत्थान, निर्जला र हरिशयनी एकादशी, नागपञ्चमी, शिवरात्रि, अनन्त पूजा, माघ सप्तमी, वकपञ्चक, जेठ दशहरा आदि मुख्यतया धार्मिक दृष्टिले मनाइने चाडपर्वहरू हुन्।

                                     

1.1. चाडपर्वका प्रकार कृषि तथा पशुसम्बन्धी पर्व

नाग पञ्चमी, गबलग्गी, कदपखार, लबान, श्रीपञ्चमी, गोधन, गबहा सकराँती, पखेब, जनार आदि पर्व एवं अनुष्ठान कृषिसँग सम्बन्धित पर्वका रूपमा मनाइन्छ ।

                                     

1.2. चाडपर्वका प्रकार दाम्पत्य जीवनसम्बन्धी पर्व

तीज, सफल र सुदीर्घ दाम्पत्य जीवनका लागि मैथिल नारीले बरिसाइत, तुसारी, साँझ, मधुश्रावणी, हरिसो, कोजगरा, सोमवारी आदि पर्व मनाउँछन् ।

                                     

1.3. चाडपर्वका प्रकार दाजुभाइ-दिदीबहिनीबीचको स्नेहसम्बन्धी पर्व

भाइ-बहिनीबीचको प्रेमपर्वका रूपमा भाइटीका मनाइन्छ । अर्को महत्त्वपूर्ण पर्व सामा-चकेवा हो । आजकल रक्षाबन्धन पनि विकसित हुँदै आएको छ ।

                                     

1.4. चाडपर्वका प्रकार परिवार कल्याणसम्बन्धी पर्व

सन्तानको मङ्गल एवं दीर्घायुका लागि जितीया पर्व मनाइने मिथिलामा सम्पूर्ण परिवारका लागि मनाइने अन्य पर्वहरू छठि, घरी, चौरचन, तिला सकराँति आदि हुन् ।

                                     

1.5. चाडपर्वका प्रकार पर्यटन पर्व

मिथिला परिक्रमा, पुषी पूर्णिमा, बोलबम यात्रा, सलहेस मेला आदि ।

                                     

1.6. चाडपर्वका प्रकार विशुद्ध धार्मिक पर्व

देवोत्थान, निर्जला र हरिशयनी एकादशी, नागपञ्चमी, शिवरात्रि, अनन्त पूजा, माघ सप्तमी, वकपञ्चक, जेठ दशहरा आदि मुख्यतया धार्मिक दृष्टिले मनाइने चाडपर्वहरू हुन्।

                                     

2.1. नेपाली चाडपर्व नेपाल अधिराज्य भर मनाइने चाडपर्व

समष्टिमा भन्नुपर्दा नेपाल अधिराज्यभर नयाँ वर्ष विक्रम सम्बतको पहिलो दिन, राम नवमी, चैते दशैं, बुद्ध जयन्ती, साउन सङ्क्रान्ति, नागपञ्चमी, जनैपूणिर्मा, कुसेऔंशी, चौठचन्द्र, ऋषिपञ्चमी, बडादशैं, तिहार, नेपाल संवत् प्रारम्भको दिन म्हपूजा, छठपर्व, हरिबोधनी र हरिशयनी एकादशीहरू, बालाचतुर्दशी, विवाह पञ्चमी, माघे सङ्क्रान्ति, स्वस्थानी पूणिर्मा, श्रीपञ्चमी, होली, महाशिवरात्रि, घोडेजात्रा, आदि नै हाम्रा प्रचलित चाडहरू हुन्। राष्ट्रियस्तरको मेलापातमा काठमाडौँको इन्द्रजात्रा -कुमारीको रथयात्रा) जनैपूणिर्मामा मनाइने गोसाइँकुण्ड मेला, बालाचतुर्दशीमा पशुपति श्लेषमान्तक वनमा सतबिज छर्ने मेला, माघे सङ्क्रान्तिमा मनाइने देवीघाट मेला, नवलपरासी जिल्लाको वाल्मीकि आश्रमको त्रिवेणी मेला, पनौती इन्द्रेश्वरको मेला, वराहक्षेत्रको मेला, बाराको गढीमाईको मेला, खोटाङ जिल्लाको हलेसी महादेव मेला, स्याङ्जा जिल्लाको छाङ्गछाङ्गदीको मेला आदि हुन् । राष्ट्रियस्तरको जात्रा भन्नाले काठमाडौँको कुमारीको रथ यात्रा र सेतो मच्छिन्द्रनाथको यात्रा, घोडेजात्रा, पाटनको रातो मच्छिन्द्रनाथको जात्रा, भोटोजात्रा आदि हुन् । राष्ट्रियस्तरको परम्परा भन्नाले हरिशयनी र हरिबोधिनी एकादशीहरूमा स्नान गरी व्रत बसी पूजाआजा गर्ने, फलाहार गर्ने, मातृऔंशी र गोर्कणऔंशीमा आमाबाबुको मुख हेर्ने र आमाबाबुहरूलाई मीठोमीठो खाने कुराहरू ख्वाउने र आमाबाबु नभएकाहरूले आमाबाबुको नाममा श्राद्ध गर्ने, दान दक्षिणा गर्ने, श्रावण सङ्क्रान्ति र माघे सङ्क्रान्तिमा नुहाइधुवाइ गरी दानदक्षिणा गरी मीठोमीठो व्यञ्जन खाने र ख्वाउने प्रचलन रहिआएको छ ।



                                     

2.2. नेपाली चाडपर्व जिल्ला तथा बहुजिल्लास्तरका चाडपर्वहरू

काठमाडौँ उपत्यकाभित्र मनाइने गाईजात्रा अथवा जनैपूणिर्मा, बौद्ध मार्गीहरूले मनाउने पञ्चदान पर्व, भाद्र शुक्ल चतुर्थीमा मनाइने गणेश चतुर्थी -चथा), घण्टाकर्ण -गठाःमो), धान्य पूणिर्मा -योःमरी पुन्ही) आदि चाडको नेवार समुदायमा ठूलो महत्त्व छ । घण्टाकर्ण चाड खासगरी काठमाडौँ उपत्यकाका कृषक समुदायले रोपाइ सकेपछि शुद्धीकरण गर्न र आफ्नो घर सहरबाट भूत, प्रेत, रोग व्याधीलाई भगाउन मनाउने गर्दछन् । तराईमा मधेसी समुदायले मनाउने छठपर्व र पहाडी जिल्लाहरूमा गुरुङ, शेर्पा र तामाङहरूले मनाउने ल्होसार चाड, क्षेत्री ब्राह्मणहरूले मनाउने तीज -ऋषिपञ्चमी) थारूहरूले मनाउने माघीपर्व, सरस्वती पूजा -श्रीपञ्चमी) आदि हुन् । ल्होसार पर्व भने विभिन्न समुदायले विभिन्न तिथिमितिमा मनाउने गर्दछन् । जस्तै, गुरुङहरूले पौष १५ गतेलाई आफ्नो नयाँ वर्षको आरम्भको रूपमा तमू ल्होसार, तामाङहरूले माघ महिनाको शुक्ल प्रतिपदालाई आफ्नो नयाँ वर्षको आरम्भको रूपमा सोनाम ल्होसार शेर्पाहरूले फागुन शुदि प्रतिपदालाई आफ्नो नयाँ वर्षको सुरूको रूपमा ग्याल्पो ल्होसार मनाउने गर्दछन् । तराईका थारूहरूले माघीपर्व माघे सङ्क्रान्तिको दिनलाई नयाँ वर्षको प्रारम्भ भएको दिनको रूपमा मनाउँछन् । यो चाड मनाउन थारूहरूले केही समय अघिदेखि जाँड, रक्सी बनाउने, माछा मार्ने, मीठोमीठो पकवान रोटी आदि बनाउने र सुँगुर, कुखुरा, खसी, हाँस आदि काटेर बडो धूमधामसँग मनाउँछन् । मीठो खाने, राम्रो लाउने र नाचगान गर्ने, पवित्र नदीहरूमा गई स्नान गर्ने, इष्टदेवदेवीको पूजाआजा गर्ने र जेठापाका र अन्य मान्यजनहरूको हातबाट सेतो पिठोको टीका लगाई आशीष लिने चलन छ । साथै यो चाडमा छोरीज्वाइँ, भाइभतिजा र इष्टमित्रहरूलाई बोलाएर ख्वाउने पनि चलन छ ।



                                     

2.3. नेपाली चाडपर्व अधिराज्यका विभिन्न जिल्लाहरूमा मनाइने चाडपर्वहरू

विभिन्न जनजातिका मानिसहरूको आ-आफ्नै विशेष प्रकारका चाडहरू पनि छन् । जस्तै:- मकवानपुर जिल्लाका चेपाङहरूले भदौ पूणिर्माको दिन चोनाम पर्व मनाउँछन् । पूर्वका राईहरूले वैशाखे चाड, भदौरे चाड, कार्तिके चाड र चण्डी चाड मनाउँछन् । सतारहरूले सौहराई र वहा मनाउँछ । धिमालहरूले असारमा नौवंगी र पार्व मनाउँछन् । शेर्पाहरूले ल्होसार, दुम्जे र मनिरिम्दु पर्वहरू मनाउँछन् । गुरुङहरूले वैशाख चण्डी पूणिर्माको दिन ठूलो चाड मनाउँछन् । थारूहरूले माघे सङ्क्रान्तिका दिन माघी पर्व मनाउँछन् । पश्चिमका बाहुन क्षेत्रीहरूले गौरा पूजा पर्व मनाउँछन् । मुस्ताङ जिल्लाका लोवाहरू गिने, न्युने, गेन्सु र गेलुङ्ग पर्वहरू मनाउँछन् भने थकालीहरू हल्लाफेवा र पुनेलहरू यार्तुङ्ग, हृयोकासी र मनीरिम्दु चाड मनाउँछन् । किराँत लिम्बूहरूको मूख्य चाड पर्वहरू चार ऋतुसँग सम्बन्धित छ । ती हुन् चासोक, यक्वा, कक्फेत्ला र सिसेक्ला । तिनीहरूमध्ये चासोक र यक्वा प्रमुख हुन् । चासोक बालीनाली भित्राइएपछि गरिन्छ र यक्वा बीउबिजन छर्ने याममा मनाइन्छ । पूर्वी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षको प्रारम्भको सँगसँगै बैशाख महिनाभर सिरुवामेला -पर्व) मनाउने गर्दछन् । तामाङहरूको मुख्य बसोबास क्षेत्र बागमती अञ्चल भए पनि यिनीहरू नारायणी अञ्चल, कोशी अञ्चल, मेची अञ्चल र सगरमाथा अञ्चलमा पनि ठूलो सङ्ख्यामा छन् । यिनीहरूको मुख्य जात्रा चैते पूणिर्माको अघिल्लो दिन र पूणिर्माको दिन स्वयम्भू र बौद्धमा लाग्ने तिमाल -पर्व) जात्रा हो । यो जात्रा मनाउन भारत, भुटान र वर्मादेखि तामाङहरू काठमाडौँ आउँछन् । तराईका मुसलमानहरूले मनाउने चाड रोजा, इद र मुर्हरम हुन् ।



                                     

2.4. नेपाली चाडपर्व जिल्ला तथा बहुजिल्लास्तरका मेलापातहरू

भक्तपुर जिल्लाको बिस्केट जात्रा भैरवको रथ यात्रा पाटनको मत्याजात्रा -दीप जात्रा), जनकपुरमा मनाइने जानकी विवाह पञ्चमी मेला, काठमाडौँका बौद्धमार्गीहरूले महिनाभर स्वयम्भूमा मनाउने गुँला मेला, बाइसधारा मेला -ल्हुतीपुनी), दोलखा जिल्ला, पाटन र भीमफेदीको भीमसेन जात्रा, बनेपाको चण्डेश्वरी जात्रा, ठिमीको सिन्दूरे जात्रा बालकुमारी जात्रा चाँगुनारायणको जात्रा, पलाञ्चोक भगवतीको जात्रा, काठमाडौँमा कार्तिक शुक्ल द्वादशीका दिन मनाउने बूढानीलकण्ठ नारायणस्थान मेला, कीर्तिपुरको इन्द्रायणीको जात्रा आदि हुन् भने पाल्पा जिल्लाको भगवती जात्रा र सत्यवतीमाईको मेला, तानसेनको नारायणको जात्रा, भीमसेन जात्रा र गणेश जात्रा, पोखरामा गाईजात्राको अवसरमा मनाइने बाघ जात्रा, सल्यान जिल्ला जिल्लाको छायाँछत्र पिठ मेला, गुल्मी जिल्लाको रिडीको कार्तिक मेला र ऋषिकेशव नारायणको रथ यात्रा, प्युठान जिल्लाको स्वर्गद्वारीको मेला, सल्यानको चपीघाट मेला, तिव्रीकोटको स्वामी कार्तिक ठाकुरज्यूको मेला, दैलेख जिल्लाको पञ्चकोसीको मेला, दाङ जिल्लाको गोरक्ष-रत्ननाथ पिठमेला, कैलाली जिल्लाको वाणेश्वर महादेव मेला र बडा बाबा मेला, डोटीको शैलेश्वरी मेला र दुर्गामाण्डौँ मेला, कञ्चनपुर जिल्लाको सिद्धनाथ बाबाको मेला, बाग्लुङ जिल्लाको कालिका भगवती स्थान मेला र वलेवा पैयाँपाता भैरवस्थान मेला, जलेश्वर महादेव मेला, ढोरपाटन उत्तर गङ्गा वराहस्थान मेला, जङ्गेश्वर महादेव मेला, हटिया बजार मेला र चैत्रदसैंको देवीस्थान मेला, जाजरकोट जिल्लाको मष्टोमेला, डडेल्धुरा जिल्लाको घटाल जात्रा, बैतडी जिल्लाको राणा शैनी भगवतीको मेला, मेलौली भगवती मेला, तेह्रथुम जिल्लाको गौखरी मेला, झापा जिल्लाको किचक कुण्ड मेला, सतासिधाम मेला, दार्चुला जिल्लाको जोलजीवीको मेला, अछाम जिल्लाको वरददेवीको मेला, बाजुरा जिल्लाको बडीमालिका मेला, धादिङ जिल्लाको गुप्तेश्वर महादेव मेला, पर्वत जिल्लाको सेतीवेणी मेला र मोदी वेणी मेला र गुप्तेश्वर मेला, नुवाकोट जिल्लाको दुप्चेश्वर मेला, खोटाङ जिल्लाको वराह पोखरी मेला, हलेसी महादेव मेला, ओखलढुङ्गा जिल्लाको तीनकन्या पञ्चवती मेला, इलाम जिल्लाको माईवेणी मेला र माई पोखरी मेला, बझाङ जिल्लाको सुर्मादेवीको जात्रा, सिन्धुली जिल्लाको कुशेश्वर महादेव मेला, रौतहट जिल्लाको राजदेवीको मेला, रुकुम जिल्लाको डिङ्ग्रे मेला, तनहुँ जिल्लाको व्यास गुफा मेला र खड्ग देवीको मेला, सिराहा जिल्लाको सहलेश फुलवारीको मेला, बारा जिल्लाको सिमरौनगढको कङ्काली माईको मेला, सप्तरी जिल्लाको हनुमानजीको मेला आदि हुन् ।

                                     

2.5. नेपाली चाडपर्व विभिन्न नगर, सहर र गाउँहरूमा प्रचलित चाडपर्व

मेलापात, जात्रा तथा परम्पराहरूको लेखाजोखा गर्न अति नै कठिन छ । काठमाडौँ उपत्यका र वरपरका नगर तथा गाउँहरूमा वर्ष दिनभरि नै कतै न कतै कुनै न कुनै चाडपर्व, जात्रा मेला आदि भई नै रहेका हुन्छन् । काठमाडौँ उपत्यकाका विभिन्न नगर तथा गाउँहरूमा मनाइने जात्राहरूमा सतुङ्गल, बलम्बु, थानकोट, किसिपिडी, कीर्तिपुर, पाँगा र मच्छेगाउँमा मनाउने सातगाउँको जात्रा, लुभुको महालक्ष्मी र महाभैरवको जात्रा, ठिमीको बालकुमारीको जात्रा, बोडेको जिब्रो छेड्ने जात्रा, फर्पिङको हरिशङ्करको जात्रा, बनेपाको टुकुम्प गणेश जात्रा र नमोबुद्धको जात्रा, साँखुको बज्रयोगिनीको जात्रा, टोखा सपनतीर्थ मेला, मातातीर्थको मेला, खोकना रुद्रायणीको जात्रा, चापागाउँको बज्रवाराही जात्रा, लेले सरस्वती कुण्ड मेला, पशुपति देउपाटनको त्रिशूल जात्रा, काठमाडौँको म्हेपीको जात्रा, पचली भैरवको जात्रा, गुहेश्वरीको जात्रा, भद्रकालीको जात्रा, भक्तपुरको दुईमाजु देवी जात्रा, आदि हुन् । नुवाकोटको भैरवीको जात्रा र देवीघाटको मेला, काभ्रेपलाञ्चोक जिल्लाको नाला भगवतीको रथयात्रा र भीमसेनको जात्रा, सिन्धुपाल्चोक जिल्लाको कपिलेश्वर महादेव मेला, मकवानपुर जिल्लाको भीमफेदीको भीमसेन जात्रा, टिस्टुङको बज्रवाराहीको जात्रा, पालुङको तीनतीन वर्षमा हुने इन्द्रायणीमाईको जात्रा, धादिङको त्रिपुरासुन्दरीमाई मेला र गङ्गाजमुना मेल, दोलखा जिल्लाको कुमारी जात्रा, देउलिङ्गेश्वर महादेव जात्रा, खडक जात्रा, मच्छिद्रनाथ जात्रा, नवलपरासीको दाउन्ने देवीको मेला, पर्वतको फलेवास नारायण मेला, महोत्तरीको सोनामाई मेला र रतवारा मेला, सिराहको सारस्वरनाथ मेला, रूपन्देहीको शिवरात्रि मेला, सिलौटियाको मेला र नैरनापुरको धाम मेला, दैलेख जिल्लाको मठदुङ्गेश्वर मेला, विलासपुर डाँडाभैरवको मेला, डाँडीमाडी बजार मेला र गढढुङ्गेश्वरको मेला, जाजरकोटको जगतीपुर दरबार मेला, पैक -मष्टो)को मेला, धारापानी मेला, चिनाकुण्ड मेला, बस्नेत गाउँ मेला, आदि । सुर्खेत जिल्लाको सिद्धपाइला मेला, वयलकाँडा र मालिका मेला, शुभामेला र जोते अमराइ मेला आदि, बर्दिया जिल्लाको ठाकुरद्वार मेला, डडेल्धुरा जिल्लाको सस्त्रलिङ्ग मेला, अछामको मष्टमान्डो जात्रा, केदार जात्रा, अनन्ते मेला, माउलाखडीको जात्रा, चैतोला पर्व, बाजुराको त्रिवेणी मेला, देवल जात्रा, नाट्येश्वरी मेला, अनन्ते मेला, म्याग्दी जिल्लाको गलेश्वरको मेला, ढोलथानको मेला, जगन्नाथ मेला, मनाङ जिल्लाको चामे मेला, तारु हान्ने पर्व, वतेन पर्व, ङयुङने पर्व, छोँकर पर्व, योरतोङ्ग पर्व, बझाङको वान्ने मष्टो जात्रा, खप्तडको मेला, कोट भैरव जात्रा, रोल्पा जिल्लाको केला वराह मेला र दुईदुई वर्षमा मनाइने नौला देवी पाटेश्वर मेला, जलजलाधुरीको मेला, चतुर्भुज मेला, भोजपुरको वहरेश्वर महादेव मेला, साल्पा पोखरी मेला, नागछाङ्गा मेला, भीमसेन जात्रा, गाईजात्रा, मच्छिन्द्र जात्रा र लाखे जात्रा, सोलुखुम्बु जिल्लाको नुङ्ने पर्व, टुक्पा छेसी पर्व, जुम्ला जिल्लाको गाईजात्रा, रोपाइँ जात्रा, सिपाइ जात्रा, वैरागी जात्रा, पाँचथर जिल्लाको लिम्बूहरूको यासोक सिद्धथान मेला, तीनतीन वर्षमा मनाइने याङनाम मेला, रसुवा जिल्लाको चिलिमेको तातोपानी मेला, डुक्पा छेसी पर्व, पार्वती कुण्ड पर्व, नुङने पर्व, छोच्चा पर्व, ताप्लेजुङ जिल्लाको फुटुक जात्रा, संखुवासभा जिल्लाको देवीतार मेला, सभापोखरी मेला, भीमसेन जात्रा, चैनपुर सिद्धकालीको मेला, धनकुटा जिल्लाको मधुगङ्गा मेला, दिक्तेलको भगवती जात्रा, रामेछाप जिल्लाको हायुजातिको देवीजात्रा, सिन्धुली जिल्लाको कमलामाई मेला, सिन्धुपाल्चोकको तातोपानी मेला, इलामको आइतबारेमा लाग्ने झ्याम्टे मेला, तेह्रथुमको औँसी डाँडामा लाग्ने रामनवमी मेला, राँके मेला, मदन मेला, म्यालुङ बजारमा लाग्ने भाद्रेमेला, चण्डी मेला, थुइया मेला, महेन्द्र मेला, चतुरे मेला, खोटाङ जिल्लाको साप्सुधाप मेला, रभुवा मेला, ओखलढुङ्गाको ककनीमा लाग्ने चम्पादेवी मेला, नर्मदेश्वर महादेव मेला, उदपुरको त्रिवेणी मेला, रौताह मेला, सप्तरीको बडादसैँमा लाग्ने सखडा भगवतीको मेला, कास्की जिल्लाको ढुङ्गेसाँगुको सीतापाइलाको मेला, स्याङ्जाको राम्दी मेला, डोल्पा जिल्लाको जगदुल्ला ताल मेला, गुल्मी जिल्लाको रेसुङ्गाको मेला, रुद्रवेणीको मेला, बडादसैँमा हुने चोरा घाटकोट मेला, अर्घाखाँची जिल्लाको अर्घाकोटको मेला, चुत्राबेँसीको त्रिवेणी मेला, रुकुम जिल्लाको मुसिकोटको डिग्रेमेला, प्यूठानको भिग्रीकोटको मेला, पुण्य खोला, डल्ले सराय, कवाडी सराय -चिटी खोला) र दाखाकुवाडी हिकमतेश्वर बगैँचामा लाग्ने मेलाहरू, सल्यानको चारदाइ खलङ्गा बजारको कृष्णाष्टमी मेला र कृष्णको रथ यात्रा, शिवरात्रिको छायाँ-छत्र मेला, खैरावाङ भगवतीको मेला, कुभिन्डे दहमेला, दाङ देउखुरीको चौघेरा मेला, हुम्ला जिल्लाको रेलिङ गुम्बामा लाग्ने जेष्ठ पूणिर्माको मेला, खार्पुनाथ मेला, मुगु जिल्लाको रारादह मेला, तिविरकोटको गणेश गुफाको मेला, गरुड नाहिनीको मेला, जुम्लाको दानसाँगुको मेला, बाँके जिल्ला नेपालगन्जको बागेश्वरीमा लाग्ने चैत्रको मेला, बर्दिया खसपद नाहाको भैरवको मेला, डोटीको शैलेश्वरी मेला, दार्चुलाको गोकुलेश्वर र तपोवनको शिवरात्रिको मेला, मलिकार्जुनको मेला, बैतडीको जगन्नाथको मेला, ईश्वरी गङ्गाको मेला, देहीमाण्डौ भगवतीको मेला, धुराकेदारको मेला, नङ्थारा र दोगडेको मेला, डडेल्धुराको देवमाण्डौको मेला, लमजुङ दरबारस्थित कालिका मन्दिरमा चैते दसैँ र बडादसैँमा लाग्ने मेलाहरू आदि हुन् । यी चाडपर्व, मेला, जात्राहरू कुनै प्रत्येक वर्ष हुन्छ भने कुनै दुईदुई वर्षमा, कुनै तीनतीन वर्षमा, कुनै पाँचपाँच वर्ष र कुनै बाह्रबाह्र वर्षमा पनि हुने गर्दछन् । जस्तै, पाटनको मच्छिन्द्रनाथको रथ यात्रा प्रत्येक वर्ष गर्ने भए पनि प्रत्येक बाह्र बाह्र वर्षमा बुङ्मतीदेखि नै रथयात्रा गर्ने चलन छ । पनौतीको त्रिवेणीमा पनि प्रत्येक वर्ष मकर सङ्क्रान्तिका दिन मेला लागे पनि प्रत्येक बाह्रबाह्र वर्षमा त्यहाँ भारतको कुम्भ मेलाझैँ एक महिनासम्म ठूलो मेला लाग्दछ। मुस्ताङका थकालीहरूको पनि प्रत्येक बाह्रबाह्र वर्षमा आफ्नै किसिमको कुम्भ मेला मनाउने गरिन्छ । काठमाडौँको गोदावरी कुण्डमा प्रत्येक बाहबाह्र वर्षमा ठूलो मेला लाग्दछ । मकवानपुरको इन्द्रायणी जात्रा प्रत्येक तीनतीन वर्षमा मनाइन्छ । रोल्पाको नौला देवीको पाटेश्वर मेला प्रत्येक दुईदुई वर्षमा हुने गर्दछ । सहर, नगर-गाउँहरूका परम्पराहरूको लेखाजोखा गर्न सकिँदैन । यस्ता परम्पराहरू ठाउँ, जातजाति, धर्म, समुदाय र परिवारहरूमा समेत फरकफरक र विविध प्रकार हुन्छन् । जस्तै, काठमाडौँका नेवारहरूमा गाईजात्राको समयमा नौ प्रकारका गेडागुडीहरू मिसाई तयार गरिएको क्वाटी खाने चलन छ। धान्य पूणिर्माको दिन नयाँ चामलको योमरी रोटी बनाएर खाने चलन छ। कुमार षष्टि सिठी नखको दिन चामलको पिठोको चक्के रोटी चटामरी र मासको बारा खाने चलन छ। बिस्केट जात्रामा भक्तपुर, ठिमी, बोडे आदि सहरहरूमा बलि दिएर भोज खाने चलन छ। मच्छिन्द्रनाथको भोटो जात्रामा पाटनमा भोज खाने चलन छ। त्यस्तै विभिन्न जिल्लामा नगर तथा सहरमा र गाउँमा मनाइने आ-आˆना मुख्यमुख्य चाडपर्व र जात्राहरूमा आ-आˆनै किसिमबाट मीठो परिकारहरू बनाइ भोज खाने चलन छ । नेपाल अधिराज्यभर क्षेत्री बाहुनहरूले साउन सङ्क्रान्ति र माघे सङ्क्रान्तिमा मीठो परिकारहरू खाने गर्दछन् । नेपाल अधिराज्यभर माघे सङ्क्रन्तिमा घिउ, चाकु र तरुल खाने चलन छ । बडादसैँको पर्वमा बलि दिएर भोज खाने चलन पनि अधिराज्यभर नै प्रचलित छ । तराईमा खास गरी पूर्वी तराईको मैथिली समुदायमा मेष सङ्क्रान्तिको ठूलो महत्त्व छ । उक्त दिन तरुवा, वरी, दही, आँपको टिकोलाको चटनी र सातु खाने चलन छ । अक्षय तृतियाको दिन सर्वत र सातु खाने र बाँड्ने चलनलाई पनि हामीले राष्ट्रिय परम्परा नै भने पनि हुन्छ। त्यस्तै, देशभरमा बौद्धमार्गीहरूले खास गरी महायानी बौद्धमार्गीहरूले मनाउने पञ्चदान परम्परालाई पनि राष्ट्रियस्तरको परम्परा भन्न सकिन्छ। सूर्यग्रहण र चन्द्रग्रहणको दिनहरूमा स्नान गरी दानदक्षिणा दिने चलनलाई पनि राष्ट्रिय परम्परा नै भन्न सकिन्छ। यी परम्पराहरूले मानव जीवनमा जन्मेदेखि मृत्युपर्यन्त पनि र जन्मनुअघि आमाको गर्भ रहँदा पनि हामीहरूलाई प्रभावित गरिरहेका हुन्छन्। तसर्थ नेपालमा प्रचलित चाडपर्व, मेलापात जात्रा र परम्पराहरू विशाल तथा बहुआयामिक विषयहरू हुन् । यी विषयहरूमा पूर्ण विराम कहिले पनि लगाउन सकिँदैन । यिनीहरू साँच्चै नै हाम्रो समाज र संस्कृतिको ढुकढुकीहरू हुन् प्राण वायुहरू हुन् । यिनीहरूलाई कसैले पनि राजनीतिक विचारधार दृष्ट्रिकोणले हेर्न र नाप्न हुँदैन । राजनीति र संस्कृति दुई यस्ता विषयहरू हुन् जसलाई साथै लिएर जान सक्यो भने त्यस देशको विकास र उन्नति चाँडो र द्रूतगतिमा हुन्छ र त्यो दिगो पनि रहन्छ ।

                                     
  • गज ल ढ कर बज इन छ न य ख क द व पट ट छ ल ल म र क ह न छ व भ न न च डपर व तथ स स क त क क र यक रमहर म य ब ज बज इन छ शवय त र म पन न य ख बज उन
  • क म बर म आद रह क छन यह व भ न न क स मक र ष ट र य च ड र स थ न य च डपर व मन इन छ बह सङ कख यक म न सक म ख य प श क ष न ह य ह उब जन ह न अन नब ल म
  • भ न न - भ न न धर म, स स क त र त र व ज एव रहनसहन र च डपर व भएत पन नगरप ल क म न प ल र न प ल क प रम ख च डपर व तथ म ल क स स क त र स म ज क रहनसहनम ख स पर वर तन
  • स स क त क परम पर अन स र अन य च डपर व पन उत स हक स थ मन ईन गर न छ य च डपर वहर स म ज क सदभ व क यम र ख न सहय ग ह न गर क छन च डपर व तथ म ल ल ध र म क स स क त क
  • र मन प र म, स न दर य तथ प रजननक प रत क द व ह न, जसक र मन परम पर गत च डपर व तथ कथ हर म महत त वप र ण भ म क रह क छ ईस प र व त स र शत ब द त र र मन
  • यह द ईएक छ य स ढ ई ज तक च डपर व स स क रद कर म, स ढ ईक बस त हर स ढ ईक ब आम प र ख म ख य स ढ ई बस त हर च डपर व प ज आज आरत पन ध र श र षकहर
  • ज य द न म नस तरक ज त ह य ज त क म न सहर ल ह न द हर ल म न न सब च डपर व म न दछ न य न हर पन प छ ड एक र स क म ब स झ छन सस न झ प र म
  • प रक श त ह न प त र ल वर षभर क त थ म त र ष ट र य द वस, स स क त क द वस, च डपर व स र वजन क व द लग यतक म त हर तय गर दछ न प लम प त र न र म णक ल ग
  • गर दछ न तर य न हर पह ल ह न द धर म क ह न य न हर ह न द धर मक च डपर व आर य जसर म न दछन आआफ न क लद वत प ज न पन पछ हट द नन य न हर क
  • गण शक आठ व भ न न मन द र र आठ व भ न न त ल बहर ब ट पर च त छ बन प म ध र च डपर व मन इन छ, यसम चण ड श वर ज त र कन य - प ज स न क ट हर क प ज नवद र ग
  • रह क छ भन यस क ष त रक जनस ख य व द ध दर अन म न त गर एक छ प रम ख च डपर व स थ न य स तरम बस ब स गर न व भ न न ज त ज त तथ सम द यक म न सहर क बस ब स
नारद
                                               

नारद

नारद हिन्दू धर्मका अनुसार देवर्षी नारद लाई भगवान विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। देवर्षि नारद सृष्ठी कर्ता ब्रह्माजीको मनबाट जन्मिएकाले देवर्षी नारदलाई ब्रह्माजीका मानस पुत्र पनि भनिन्छ ।

असन, काठमाडौं
                                               

असन, काठमाडौं

असन नेपालको राजधानी काठमाडौँको औपचारिक बजार आवासीय क्षेत्र हो। यो बजार/टोल काठमाडौँ सहरका सबैभन्दा प्रसिद्ध ऐतिहासिक स्थानहरू मध्ये एक हो। असन बजार उत्सव, पात्रो, र रणनीतिक स्थानको लागि प्रसिद्ध छ। असनलाई परम्परागत एसियाली नेवारी बजारको एक उत्तम उदाहरणको रूपमा वर्णन गरिएको छ। यहाँ तुलाधर, महर्जन, श्रेष्ठ, बज्राचार्य र शाक्य समुदायको बाहुल्यता रहेको छ।

बिन्ध्यवासिनी मन्दिर
                                               

बिन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यो हिन्दू मन्दिर पोखराको वडा नं २, मिरुवामा अवस्थित छ। यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीय वासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ। यो मन्दिरको मूल देवी विन्ध्यवासिनी हो। विन्ध्यवासिनीलाई भगवती कालीको अवतार हुन्। मन्दिर परिसरमा देवी सरस्वती, शिव, हनुमान, गणेशका साना मन्दिरहरू छन्। मन्दिर एउटा सानो पहाडमा अवस्थित छ। मन्दिरसम्म पुग्नको लागि ढुङ्गाको सुन्दर सिढी बनाइएको छ।