Back

ⓘ ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप




                                     

ⓘ ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप

ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप लेस हलस्ट्रमद्वारा निर्देशित सन् १९९३ को अमेरिकी नाटक चलचित्र हो। यसमा जोनी डेप, जुलियट लुइस, लियोनार्डो डिक्याप्रिओ र डार्लेन क्याट्सले अभिनय गरेका छन्। पिटर हेजेजले पटकथा लेखेका थिए, जुन उनको सन् १९९१ को यसै नामको उपन्यासमा आधारित थियो। चलचित्रले सकारात्मक समीक्षा प्राप्त गरेको थियो; १९-वर्षीय लियोनार्डो डिक्याप्रिओले आफ्नो सहयोगी भूमिकाका लागि उनको पहिलो एकेडेमी पुरस्कार गोल्डन ग्लोब पुरस्कार नामाङ्कन प्राप्त गरेका थिए।

                                     

1. कलाकार

  • जोनी डेप गिल्बर्ट ग्रेपको रूपमा
  • जुलियट लुइस बेकीको रूपमा
  • डार्लेन क्याट्स बोनी ग्रेपको रूपमा
  • जोन सी. रेली टकर भ्यान डाइकको रूपमा
  • मेरी स्टिनबर्गन बेट्टी कार्भरको रूपमा
  • लियोनार्डो डिक्याप्रिओ अर्नोल्ड "अर्नी" ग्रेपको रूपमा