Back

ⓘ गार्डियन्स अफ द ग्यालेक्सी भोल. २




                                     

ⓘ गार्डियन्स अफ द ग्यालेक्सी भोल. २

गार्डियन्स अफ द ग्यालेक्सी भोल. २ सन् २०१७ को अमेरिकी सुपरहिरो चलचित्र हो जुन मार्भल कमिक्सको सुपरहिरो टोली गार्डियन्स अफ द ग्यालेक्सीमा आधारित छ। मार्भल स्टुडियोजद्वारा निर्मित र वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्सद्वारा वितरित, यो गार्डियन्स अफ द ग्यालेक्सी को उत्तरकथा र मार्भल सिनेमेटिक युनिभर्स मा १५औँ चलचित्र हो। जेम्स गनद्वारा लिखित र निर्देशित, यस चलचित्रमा क्रिस प्राट, जो साल्डाना, डेभ बाटिस्टा, भेन डिजेल, ब्राडली कुपर, माइकल रुकर, करेन गिलान, पोम क्लेमेन्टिफ, एलिजाबेथ डेबिकी, क्रिस सुलिभान, सन गन, सिल्भेस्टर स्टेलोन, र कर्ट रसल छन्। गार्डियन्स अफ द ग्यालेक्सी भोल. २ मा, पिटर क्विललाई आफ्नो रहस्यमय अभिभावकको बारेमा अझ बढी सिक्न मद्दत गर्नको लागि गार्डियन्स ब्रह्माण्डभर यात्रा गर्छन्।

                                     

1. कलाकार

  • जो साल्डाना गमोराको रूपमा
  • करेन गिलान नेब्युलाको रूपमा
  • डेभ बाटिस्टा ड्रेक्स द डिस्ट्रोयरको रूपमा
  • भेन डिजेल बेबी ग्रुटको रूपमा
  • एलिजाबेथ डेबिकी आयसाको रूपमा
  • ब्राडली कुपर रकेटको रूपमा
  • माइकल रुकर योन्डु उडन्टाको रूपमा
  • क्रिस प्राट पिटर क्विल / स्टार-लर्डको रूपमा
  • पोम क्लेमेन्टिफ म्यान्टिसको रूपमा