Back

ⓘ थोर: लभ एन्ड थन्डर




                                     

ⓘ थोर: लभ एन्ड थन्डर

थोर: लभ एन्ड थन्डर मार्भल कमिक्स चरित्र थोरमा आधारित एक आगामी अमेरिकी सुपरहिरो चलचित्र हो जुन मार्भल स्टुडियोजद्वारा निर्मित र वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्सद्वारा वितरित गरिएको छ। यो थोर: राग्नारोक को प्रत्यक्ष उत्तरकथा र मार्भल सिनेमेटिक युनिभर्स मा २९औँ चलचित्र हुनको लागि लक्षित छ। यस चलचित्रको निर्देशन टाइका वाइटिटीले गरेका छन् जसले जेनिफर केटिन रबिन्सनसँग पटकथा लेखेका छन्। यसमा टेसा थम्प्सन, नटाली पोर्टम्यान, क्रिस्टियन बेल, क्रिस प्राट, जेमी अलेक्जेन्डर, पोम क्लेमेन्टिफ, डेभ बाटिस्टा र करेन गिलानसँगै क्रिस हेम्सवर्थले थोरको रूपमा अभिनय गरेका छन्।

थोर: लभ एन्ड थन्डर संयुक्त राज्य अमेरिकामा एमसियूको चौथो चरणको भागको रूपमा ६ मे २०२२ मा प्रदर्शन हुने निर्धारित गरिएको छ।

                                     

1. कलाकार

  • डेभ बाटिस्टा ड्रेक्स द डिस्ट्रोयरको रूपमा
  • पोम क्लेमेन्टिफ म्यान्टिसको रूपमा
  • क्रिस प्राट पिटर क्विल / स्टार-लर्डको रूपमा
  • टेसा थम्प्सन भल्किरीको रूपमा
  • नटाली पोर्टम्यान जेना फोस्टर / माइटी थोरको रूपमा
  • क्रिस हेम्सवर्थ थोरको रूपमा
  • जेमी अलेक्जेन्डर सिफको रूपमा
  • क्रिस्टियन बेल गोर द गोड बुचरको रूपमा
  • करेन गिलान नेब्युलाको रूपमा