Back

ⓘ बङ्गाली भाषा आन्दोलन




बङ्गाली भाषा आन्दोलन
                                     

ⓘ बङ्गाली भाषा आन्दोलन

बङ्गाली भाषा आन्दोलन सन् १९४७ देखि सन् १९५६ सम्म चलेको तत्कालीन पूर्वी बङ्गालमा घटेको एक साँस्कृतिक तथा राजनीतिक आन्दोलन थियो। मौलिक अधिकारको सुरक्षाका तथा राष्ट्रिय भाषाको दर्जा हासिल गर्नका लागि यसले चारै तर्फबाट एक आन्दोलन रूप लिएको थियो जुन पाकिस्तानको तत्कालीन राज्यको भाषाहरू मध्ये एक थियो। यो आन्दोलन २१ फेब्रुअरी १९५२ का दिन चरम विन्दुमा पुगेको थियो भने वास्तव यस्ता खाले आन्दोलनको सुरुवाती चरण निकै पहिलेदेखि नै सुरु भैसकेको थियो जसको प्रतिक्रिया तथा परिणाम दूरगामी रहेका थिए।

सन् १९४७ मा बेलायत शासित भारतको जातीय सिद्धान्तको आधारमा भारतलाई विभाजित गरिएको थियो जसकारण पाकिस्तान र भारत गरी दुई स्वतन्त्र राज्यको उदय भएको थियो। यस विभाजन अन्तर्गत पाकिस्तानलाई दुई भागमा विभाजित गरिएको थियो जसमा पश्चिम पाकिस्तान र पूर्व बङ्गाल सन् १९५५ मा पूर्व बङ्गालको नाम परिवर्तन गरी पूर्व पाकिस्तान राखिएको थिए। पाकिस्तानका यी दुई राज्यहरूहरू बीच कयौँ मौलिक साँस्कृतिक, भौगोलिक तथा भाषामा असमानता रहेका थिए जुन दुई हजार किलोमिटर भन्दा बढीको दूरीमा अवस्थित थिए। सन् १९४८ मा पाकिस्तानी सरकारले उर्दु भाषालाई एक मात्र राष्ट्रिय भाषाको रूपमा घोषणा गरेको थियो। यस घोषणाको सन्दर्भमा पूर्व बङ्गालमा बङ्गाली भाषी मानिसहरूका बीच निरासा छाएको थियो भने उनीहरूले विरोधी प्रतिक्रिया दिन सुरु गरेका थिए। यस घोषणालाई पूर्व बङ्गालका बङ्गाली भाषी मानिसहरूले अचानक र अन्यायपूर्ण निर्णय भएको ठान्दै यसलाई अस्वीकार गर्दै आएका थिए भने उनीहरू यस्तो घोषणा प्रति मानसिक रूपबाट तयार थिएनन्। जसको फलस्वरूप पूर्व बङ्गालमा बङ्गाली भाषालाई समान स्थितिमा र राष्ट्रिय दर्जाको भाषाको रूपमा ल्याउनका लागि भाषा आन्दोलनले निकै चाँडो गति लिएको थियो। यस आन्दोलनलाई दबाउनका लागि तत्कालीन पाकिस्तानी सरकारले ढाका सहरमा धारा १४४ घोषित गर्दै नारा जुलुस र विरोध प्रदर्शनलाई अवैध घोषित गरिदिएको थियो।

यस सरकारी आदेशलाई अवहेलना गर्दै सन् १९५२ फेब्रुअरी २१ का दिन ढाका विश्वविद्यालयका केही विद्यार्थी तथा प्रगतिशील राजनीतिक कार्यकर्ताहरूले सरकार विरुद्ध विरोध जुलुस सुरु गरेका थिए। जुलुस ढाका मेडिकल कलेज नजिक पुगेपछि प्रहरीले धारा १४४ को अवहेलना र पालन नगरेको भन्दै प्रदर्शनकारीहरू माथि गोली चलाउन सुरु गरेका थिए। यस घटनामा बादामतली व्यावसायिक प्रेसका मालिकका छोरा रफिक, सालाम, एमए कक्षाका विद्यार्थी बरकत र आब्दुल जब्बार सहित अन्य प्रदर्शनकारीहरूको मृत्यु भएको थियो भने यस घटनामा १७ विद्यार्थी तथा राजनैतिक कार्यकर्ताहरू घाइते भएका थिए। यस घटनामा सहिदहरूको रगतले राजपथ रङ्गीत भएको थियो। यस दुःखद घटनाबाट पुरै पूर्व बङ्गालमा भारी निरासा र बदलाको भावना जागृत भएको थियो। २१ फेब्रुअरीमा घटेको दुःखद घटना पश्चात् विद्यार्थीहरूको हत्याको विरुद्धमा पुरै मुलुक भरी विरोध प्रदर्शन हुन सुरु भएका थिए। २२ र २३ फेब्रुअरीका दिन विद्यार्थी, श्रमिक, लेखक, बुद्धिजीवी, शिक्षक तथा सर्वसाधारणहरूले देशव्यापी रूपमा पाकिस्तानी सरकार हडताल र विरोध जुलुस गर्दै धारा १४४ को उल्लङ्घन गरेका थिए। २२ फेब्रुअरीका दिन प्रहरीद्वारा चलाइएको गोलीबाट शफिउर रहमान शफिक, रेक्सा चालक अउवाल एक किशोर सहिद भएका थिए। प्रहरीले फेब्रुअरी २३ का दिन फुलबाडिया नामक एक स्थानमा गरिएको जुलुसको विरुद्ध विद्यार्थी र सर्वसाधारणहरूलाई यातना दिएका थिए। यस निर्लज्ज, क्रूर प्रहरीको ज्याददीको विरोधमा मुस्लिम लिगले सोही दिन संसदीय दलबाट राजीनामा दिएका थिए। भाषा आन्दोलनका सहिदहरूको स्मृतिलाई कायम राख्न विद्यार्थीहरूले ढाका मेडिकल कलेजको छात्रावास परिसरमा रातारात सहिद मिनारको स्थापना गरेका थिए जसलाई सशिद शफिउर रहमानका बुबाले उद्घाटन गरेका थिए। दैनिक आजादका सम्पादक श्री आबुल कालाम शमसुद्दीनले २६ फेब्रुअरीमा आधिकारिक रूपमा सहिद मिनारको उद्घाटन गरेका थिए।

बढ्दो जनआन्दोलन गर्दा पाकिस्तानको केन्द्र सरकाराले अन्ततः आफ्नो निर्णयलाई फेरबदल गर्दै सन् १९५४ मे ७ का दिन पाकिस्तानको संविधानसभामा बङ्गाली भाषालाई राज्य भाषाको रूपमा स्वीकृति दिएको थियो। सन् १९५६ मा पाकिस्तानको पहिलो संविधान निर्माण गर्ने क्रममा अनुच्छेद २१४ मा बङ्गाली र उर्दुलाई पाकिस्तानको राज्य भाषाको रूपमा घोषित गरेको थियो। सन् १९७१ को बङ्गलादेशको स्वतन्त्रता युद्ध पश्चात् बङ्गलादेश पाकिस्तानबाट छुट्टिई एक स्वतन्त्रता राज्य बनेको थियो भने यस राज्यको राष्ट्रभाषा मात्र बङ्गाली भाषालाई बनाइएको थियो। बङ्गलादेशको सबै तहमा प्रयोग सुनिश्चित गर्न बङ्गलादेश सरकारले सन् १९८७ मा बङ्गाली भाषा ऐन लागु गरेको थियो। सन् १९९९ नोभेम्बर २१ का दिन युनेस्कोले २१ फेब्रुअरीको दिनलाई मानव भाषा र साँस्कृतिक अधिकारको सम्मानमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो।

                                     

1. उत्सव

सन् १९५३ देखि प्रत्येक वर्षको २१ फेब्रुअरीका दिन भाषा आन्दोलनका सहिदहरूको सम्झना गरिन्छ भने यस दिन सबै क्षेत्रका सर्वसाधारणहरूले सहिद मिनारमा खाली खुट्टा भाग लिई अमर सहिदप्रति सम्मान व्यक्त र मूर्तिमा माल्यार्पण गर्दछन्। २१ फेब्रुअरीको पुरै दिन सर्वसाधारणहरूले शोकको निशानीको रूपमा कालो ब्याज पहिरिने गर्दछन्। यस बाहेक सामूहिक बैठक र साँस्कृतिक कार्यक्रमहरूको माध्यमबाट भाषा आन्दोलनको सम्झना गरिन्छ भने यस आन्दोलनमा सहिद भएका सहिद आत्माको शान्तिका लागि लिए प्रार्थना गरिन्छ। सन् १९७१ को स्वतन्त्रता युद्ध पश्चात् बङ्गलादेशको उदय भएपछि २१ फेब्रुअरीको दिनलाई राष्ट्रिय स्तरमा राष्ट्रिय शोक दिवसको रूपमा मनाइने गरिएको थियो भने पछि यसलाई राष्ट्रिय सहिद दिवसको रूपमा मनाउन सुरु गरिएको थियो। सन् २००१ बाट यस दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा मनाउन सुरु गरिएको थियो। यस दिन बङ्गलादेशमा सार्वजनिक विदा दिइन्छ। यस महत्त्वपूर्ण दिवसका दिन बङ्गलादेशी टेलिभिजन सहित विभिन्न सञ्चार माध्यमहरूले यस दिन पृथक् खाले कार्यक्रमहरू गर्दै आएका छन् भने दैनिक समाचार पत्रहरूमा विशेष पूरक प्रकाशित गरिन्छ। प्रत्येक वर्षको फेब्रुअरी महिना भरी बाङ्ला एकाडेमीको परिसरमा अमर एकुशी पुस्तक मेलाको आयोजना गरिन्छ। बङ्गलादेश सरकारले बङ्गाली भाषा आन्दोलनसँग जोडिएका प्रतिष्ठित व्यक्तिहरूलाई एकुशी पादकबाट सम्मानित गरेको थियो।

                                     

2. पृष्ठभूमि

सन् १९४७ भन्दा अगाडि पाकिस्तान र बङ्गालदेश पूर्वमा बेलायत शासित भारतको अन्तर्गत अविभाजित भारतका दुई राज्यहरू थिए। उन्नाइसौँ शताब्दीको मध्यबाट सर ख्वाजा सलिमुल्लाह, महोदय सैयद आहमेद खान, नवाज वकार-मुल्क मौलवी र मौलवी आब्दुल हक सहित केही मुसलमान राजनीतिक व्यक्तिहरू तथा धार्मिक नेताहरूको प्रयासबाट उर्दुलाई भारतीय मुसलमानहरूको अन्तर्राष्ट्रिय मिश्रित भाषाको विकसित गरिएको थियो।उर्दु एक हिन्द-आर्य भाषा हो जुन भारत-इरानी भाषा समूहको एक सदस्य हो भने यो भाषा हिन्द-युरोपेली भाषा परिवारसँग सम्बन्धित छ। दिल्ली सल्तनत र मुगल साम्राज्य कालको समयमा अपभ्रंश मध्ययुगीन भारत-आर्य भाषामा पाली-प्राकृतको अन्तिम भाषिक राज्य हुँदै फारसी, अरबी र तुर्कीको बराबर प्रभावले दक्षिण एसियामा उर्दु भाषा विकसित भएको थियो। फारसी-अरबी लिपि नस्तअलिक लिपि का कारण उर्दुलाई भारतीय मुसलमानहरूको इस्लामी संस्कृति अन्तर्गत एक महत्वपूर्ण हिस्सा मानिन्छ भने हिन्दी र देवनागरी लिपिमा लेखिने भाषाहरूलाई हिन्दु धर्मको महत्त्वपूर्ण तत्व मानिन्छ।

एकतर्फ उर्दु भाषाको प्रयोगले विस्तारै उत्तरी भारतका मुसलमानहरूमा लोकप्रियता हासिल गरेको थियो भने अर्कोतर्फ बङ्गालका मुसलमान बेलायत शासित भारतको पूर्वी भागमा अवस्थित एक प्रान्त बङ्गाली भाषालाई आफ्नो मुख्य भाषाको रूपमा प्रयोग गर्दै आएका थिए। बङ्गाली एक पूर्वी हिन्द-आर्य भाषा हो जसलाई पूर्वी मध्य हिन्द भाषाहरूबाट लिइएको हो। मुस्लिम महिला शिक्षाकी अग्रणी बेगम रोकेया साखावात होसेनले उन्नाइसौँ शताब्दीको उत्तरार्धबाट बङ्गाली भाषामा साहित्य अभ्यास गर्न सुरु गरेकी थिइन् भने एक आधुनिक भाषाको रूपमा बङ्गाली भाषाको प्रसार त्यसबेलाबाट सुरु भएको थियो। बङ्गाली भाषाको समर्थकहरूले भारत विभाजन भन्दा पहिलैदेखि उर्दु भाषाको विरोध गर्न सुरु गरेका थिए। सन् १९३७ मा मुस्लिम लिगका के लोक्खोउ अधिवेशनमा बङ्गाली नागरिक समाजले उर्दु भाषालाई भारतीय मुसलमानहरूको अन्तर्राष्ट्रिय मिश्रित भाषाको रूपमा नामाङ्कित गर्ने प्रस्तावलनई अस्वीकार गरिदिएका थिए। मुस्लिम लिग बेलायत शासित भारतमा एक राजनीतिक दल थियो जसले भारतको विभाजनको समयमा पाकिस्तानलाई मुस्लिम राज्यको रूपमा स्थापना गर्नमा अग्रणी भूमिका निर्वाह गरेको थियो। सन् १९३७ मा मोहम्मद अली जिनाहले यसको प्रस्ताव रनखेका थिए भने बङ्गाली नेता आबुल काशेम फजलुल हकले यस प्रस्तावको विरोध गरेका थिए। सन् १९४७ मा पाकिस्तानको उदय भएपछि भाषा विवाद झनै बढ्दै गएको थियो। सन् १९४७ मे १७ का दिन खलिकुज्जमान र त्यस वर्षको जुलाई महिनामा अलिगढ विश्वविद्यालयको उपकुलपति अध्यापक जियाउद्दीन आहमेदले उर्दु भाषालाई पाकिस्तानको राष्ट्र भाषाको रूपमा प्रस्तावित गरेका थिए। मुहाम्मद शहिदुल्लाह र मुहाम्मद इनामुल हक सहित केही बुद्धिजीवीहरूले विज्ञप्ति जारी गर्दै लिखित रूपमा पनि यस प्रस्तावको विरोध गरेका थिए। अन्ततोगत्वा सन् १९४७ को डिसेम्बर महिनामा कराचीमा आयोजित एक शैक्षिक सम्मेलनले उर्दु भाषालाई पाकिस्तानको राष्ट्र भाषा बनाउने निर्णय गरेको थियो जसकारण बङ्गालमा यसको भारी विरोध गरिएको थियोे।

सन् १९४७ फेब्रुअरी २३ का दिन पाकिस्तान संविधान सभाका एक सदस्य धीरेन्द्रनाथ दत्तले उर्दु र अङ्ग्रेजी बाहेक बङ्गाली भाषाको प्रयोग गर्न माग गरेका थिए भने यस मागलाई अनदेखा गरिएको थियो जसकारण २६ फेब्रुअरीका दिन ढाकामा हड्ताल भएको थियो। सोही वर्षको मार्च २ का दिन ढाका विश्वविद्यालयमा "सर्वदलीय राष्ट्रभाषा सङ्ग्राह परिषद्"लाई पुनर्गठित गरिएको थियो भने ११ मार्चका दिन सामान्य हड्ताल गरिएको थियो भने त्यसपछि बङ्गाली भाषा दावी दिवस घोषित गरिएको थियो सन् १९४८ जनवरी ४ कन दिन स्थापित पूर्व पाकिस्तानका मुस्लिम छात्र लिगले यस कार्यक्रमलाई अगाडि बढाउनमा एक प्रमुख भूमिका निर्वाह गरेको थियो।

शेख मुजिब, शमसुल हक र अली आहाद समेत ६९ व्यक्तिहरूको गिरफ्तारी पश्चात् यसको विरोधमा १३ देखि १५ मार्चसम्म ढाकामा हडताल गरिएको थियो भने बढ्दो तनावका कारण पूर्व पाकिस्तानका मुख्यमन्त्री ख्वाजा नाजिमुद्दिनले १५ मार्चका दिन ८ दफा समझौत पत्रमा हस्ताक्षर गरेका थिए जुन यस प्रकार रहेको छ;

  • भाषाको नाममा गिरफ्तार गरिएका सबै व्यक्तिहरूलाई रिहा गरिनेछ।
  • प्रहरी यातनाको अनुसन्धानका लागि एक बयान जारी गरिनेछ।
  • बङ्गाली भाषालाई राज्यको भाषाहरू मध्ये एक बनाउनका लागि पूर्व बङ्गाल विधानसभामा एक विशेष प्रस्ताव पेश गरिनेछ।
  • समाचार पत्र तथा अखबरहरूमा लगाइएको प्रतिबन्ध को हटाइने छ।
  • आन्दोलनमा भाग लिने व्यक्तिहरूको विरुद्ध कुनै कार्वाही गरिने छैन।
  • २९ फेब्रुअरीबाट जारी गरिएको धारा १४४ लाई फिर्ता लिइनेछ।
  • पूर्वी बङ्गालको आधिकारिक भाषाको रूपमा अङ्ग्रेजीको उदय पश्चात् बङ्गाली भाषालाई आधिकारिक भाषाको रूपमा प्रवर्द्धन गरिनेछ।
  • राज्य भाषा आन्दोलन देशका दुश्मनहरूबाट प्रेरित नभएको कुरा मुख्यमन्त्रीद्वारा स्वीकार गरिनेछ।

त्यसको चार दिन पछि पाकिस्तानका संस्थापक मोहम्मद अली जिनाह ढाका आएर मार्च २१ मा ढाका घोडदौड मैदानमा एक जनसभालाई सम्बोधन गर्दै उर्दु भाषालाई राष्ट्रभाषा बनाउने कुरालाई स्पष्टताका साथ घोषणा गरेका थिए। मार्च २४ का दिन ढाका विश्वविद्यालयको दीक्षान्त समारोहमा जिनाहले आफ्नो भाषण दोहोराएका थिए भने विद्यार्थीहरूले भाषणको तत्काल विरोध गरेका थिए।

                                     

3. आन्दोलनको सुरुवात

सन् १९४७ मा विशाल भारतको विभाजन पश्चात् पूर्व पाकिस्तानका पूर्व बङ्गालको रूपमा परिचित ४ करोड ४० लाख जनसङ्ख्या ६ करोड ९० लाख जनसङ्ख्या विशिष्ट नवगठित पाकिस्तानका नागरिक भएका थिए। तर पाकिस्तानी सरकारको प्रशासन र सेनामा पश्चिम पाकिस्तानीहरूको बहुमत रहेको थियो। सन् १९४७ मा कराचीमा आयोजित एक राष्ट्रिय शिक्षा सम्मेलनको एक महत्वपूर्ण घोषणाले उर्दु भाषालाई पाकिस्तानको एकमात्र राष्ट्रभाषा र सञ्चार माध्यमहरू तथा विद्यालयहरूमा उर्दु भाषा मार्फत पढाइ गर्न सिफारिस गरिएको थियो जसको निकै विरोध र आलोचना भएको थियो। त्यस बैठकमा बङ्गाली भाषालाई पाकिस्तानको एक राज्य भाषा र पूर्व पाकिस्तानमा शिक्षाको माध्यमबाट प्रयोग गर्ने माग गरिएको थियो तर पाकिस्तान लोक सेवा आयोगले बङ्गाली भाषालाई अस्वीकार गर्दै सिक्का तथा टिकटहरूबाट बङ्गाली भाषालाई हटाइएको थियो। केन्द्रीय शिक्षामन्त्री फजलुर रहमान मलिकले उर्दु भाषालाई पाकिस्तानको एकमात्र राज्य भाषा बनाउनका लागि व्यापर तयारी गरेका थिए जसकारण पूर्व पाकिस्तानमा व्यापक आक्रोश र विरोध कार्यक्रमहरू गरिएको थियो। सन् १९४७ डिसेम्बर ८ का दिन ढाका विश्वविद्यालयको परिसरमा विद्यार्थीहरूको ठूलो समूहले औपचारिक रूपबाट बङ्गाली भाषाको स्थितिलाई राज्यभाषाको दर्जा दिलाउन माग गरेका थिए। विद्यार्थीहरूले आफ्नो मागलाई थप प्रभावकारी बनाउनका लागि ढाकामा सामूहिक जुलुसको आयोजना गरेका थिए।

अग्रणी बङ्गाली विद्वानहरू त्यस सरकारी अडानको विपरीत थिए। मुहाम्मद शहिदुल्लाहले उल्लेख गरे "पाकिस्तानको कुनै पनि भागमा उर्दु स्थानीय भाषा होइन। "यदि हामीले दोस्रो राज्य भाषालाई निर्धारण गर्ने आवश्यकता छ भने हामी उर्दु भाषामा विचार गर्न सक्छौँ" साहित्यकार आबुल मन्सुर आहमेदले "यदि उर्दलाई राष्ट्र भाषाको दर्जा दिइन्छ भने पूर्व पाकिस्तानका शिक्षित समाज सबै सरकारी पदहरूका लागि अनपढ र अनुपयुक्त बन्नेछन्" भन्दै आफ्नो भनाइ राखेका थिए। सन् १९४७ को डिसेम्बर महिना तिर बङ्गाली भाषालाई राष्ट्र भाषा बनाउने समर्थनमा सर्वदलीय राष्ट्रसभा सङ्ग्राम परिषदको गठन गरिएको थियो भने तमद्दुन मजलिशका अध्यापक नुरुल हक भुँइया यस समितिका संयोजक बनेका थिए। पछि सांसद शामसुल हकले एक नयाँ समितिको गठन गर्दै बङ्गाली भाषालाई राष्ट्रभाषाको दर्जा दिलाउन विविध पहलहरू चालेका थिए।



                                     

3.1. आन्दोलनको सुरुवात धीरेन्द्रनाथ दत्तको संविधान सभामा राष्ट्रभाषाको माग

सन् १९४८ फेब्रुअरी २३ का दिन पाकिस्तानको संविधान सभाका एक सदस्य धीरेन्द्रनाथ दत्ताले अङ्ग्रेजी र उर्दु बाहेक संविधान सभाको सदस्यहरूलाई बङ्गालीमा व्याख्यान दिन र सरकारी कार्यहरूमा बङ्गाली भाषाको प्रयोग गर्नका लागि संशोधनको प्रस्ताव राखेका थिए। अङ्ग्रेजीमा दिइएको आफ्नो भाषणमा दत्तलेले बङ्गालीलाई अधिकांश जातीय समूहहरूको भाषाको रूपमा उल्लेख गरेका थिए भने उनले बङ्गाली भाषालाई पनि समान दर्जा दिलाउन माग गरेका थिए। उनी सरकारको आधिकारिक विज्ञप्ति तथा पत्रहरूमा बङ्गाली भाषाको प्रयोग नगरिएकोमा विरोध गरेका थिए।

सांसद सदस्य प्रेमहरी बर्मन, भूपेन्द्र कुमार दत्त र श्रीशचन्द्र चट्टोपाध्यायले उनको प्रस्तावलाई स्वागत गरेका थिए जो पूर्व पाकिस्तानबाट संसद सदस्यको रूपमा चुनिएका थिए भने पूर्व पाकिस्तानमा पनि उनीहरूको समर्थन गरिएको थियो। तमिजुद्दिन खानको नेतृत्वमा रहेको परिषद्का सबै मुसलमान सदस्यहरूले सबै मुस्लिम लिग एक साथ उक्त प्रस्तावको विरोध गरेका थिए। ख्वाजा नजिमुद्दिनले प्रस्तावको विरुद्ध आफ्नो बयानमा "पूर्व बङ्गालका अधिकांश मानिसहरू उर्दुलाई राष्ट्रभाषाको दर्जा दिन चाहन्छन्"। उने लाखौँ मुसलमानहरूको भाषाको रूपमा उर्दु भाषालाई उल्लेख गर्दै, "उर्दु मात्र पाकिस्तानको राष्ट्र भाषा हुन सक्दछ।" उक्त प्रस्तावमा लामो समयदेखि बहस चलेपछि संशोधन प्रस्तावलाई बहुमतका साथ खारेज गरिएको थियो। त्यससमय बङ्गाली मुसलमान सदस्यहरूले संसदीय दल सदस्यहरूको आपत्तिका कारण धीरेन्द्रनाथ दत्ताद्वारा उठाइएको संशोधन प्रस्तावलाई समर्थन गर्न असमर्थ बनेका थिए।

                                     

3.2. आन्दोलनको सुरुवात प्रथम प्रतिक्रिया

संविधान सभामा घटेको घटना पश्चात् पहिलो प्रतिक्रिया ढाकामा सुरु भएको थियो। २६ फेब्रुअरीका दिन ढाका विश्वविद्यालय, ढाका मेडिकल कलेज र जगन्नाथ विश्वविद्यालयका जवि विद्यार्थीहरूले तत्कालीन जगन्नाथ क्याम्पसका विद्यार्थीहरूको पहलमा सञ्चालित कक्षाहरूको बहिष्कार गरेका थिए। यस हडताल २९ फेब्रुअरीका दिन घोषित गरिएको थियो भने त्यसदिन पुरै पाकिस्तानमा विरोध प्रदर्शन तथा हड्तालहरूको आयोजना गरिएको थियो। सरकारी आदेशमा प्रहरीले विरोध प्रदर्शनलाई दबाउनका लागि विद्यार्थीहरूमाथि लाठीचार्ज गर्दै कयौँ नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेका थिए। तमद्दुन मजलिशले यस समय एक विशेष भूमिका निर्वाह गरेको थियो। २ मार्चको दिन ढाका विश्वविद्यालयका फजलुल हक हलमा विद्यार्थी तथा बुद्धिजीवीहरूले एक सामूहिक बैठकको आयोजना गरेका थिए। त्यस बैठकमा दोस्रोपटक राष्ट्रसभा सङ्ग्राम परिषदको गठन गरिएको थियो भने शामसुल आलमलाई उक्त समितिको संयोजकको रूपमा चुनिएको थियो। यस परिषदमा अन्य सङ्गठनहरूका दुई प्रतिनिधिहरूको व्यवस्था गरिएको थियो। पछि विद्यार्थी तथा बुद्धिजीवीहरूले ११ मार्चका दिन विरोध प्रदर्शन गर्न सुरु गर्दै धीरेन्द्रनाथ दत्तलाई उनको साहसी भूमिकाका लागि धन्यवाद दिएका थिए।

११ मार्चको कार्यक्रमलाई तय गर्नका लागि १० मार्चका दिन फजलुल हक हलमा एक बैठकको आयोजना गरिएको थियो। ११ मार्चको बिहान विद्यार्थीहरूले पूर्व योजनाको अनुसार ढाका विश्वविद्यालयका विभिन्न हलबाट बाहर आएका थिए। ढाका विश्वविद्यालय र अन्य शैक्षिक संस्थानमा एक विशाल हडताल गरिएको थियो। विद्यार्थीहरूको एक समूहले बिहन ढाकाको रमना अवस्थित हुलाक कार्यालयमा गई उनलाई गिरफ्तार गरेका थिए। राजनीतिक नेताहरूको साथमा विद्यार्थीहरूको एक अन्य समूहले सचिवालयको अगाडि नवाब आब्दुल गनी सडकमा धर्ना दिएका थिए। उनीहरूले संविधान सभा भवन भङ्ग भएको जगन्नाथ हलको सभाघर, प्रधानमन्त्री निवास बर्धमान गृह, हाल बाङ्ला एकाडेमी, सर्वोच्च अदालत तथा सचिवालयको अगाडि खडा थिए। विद्यार्थीहरूको एक समूहले सबै कार्यालयलाई बहिष्कार गर्न दबाब दिएका थिए जसकारण उनीहरू माथि प्रहरीले लाठीचार्ज बर्साएको थियो। त्यसपछि प्रदर्शनकारीहरूले खाद्यमन्त्री सैयद मुहाम्मद आफजाल र शिक्षामन्त्री आब्दुल हामिललाई राजिनामा पत्रमा हस्ताक्षर गर्न बाध्य बनाएका थिए। पूर्वी पाकिस्तानी सेनापति अयुब खानले पछि पाकिस्तानका राष्ट्रपति मेजर पिरजादाको नेतृत्वमा पैदल सेनाको एक समूहलाई भर्ती गरेको थियो भने उनी आफै संविधानसभामा गएर ख्वाजा नाजिमुद्दीनलाई चमेनागृहबाट बाहिर ल्याएका थिए। पछि प्रहरीको विरोधमा बैठकको आयोजना गरिएको थियो भने उनीहरू मध्ये केहीलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको थियो। प्रहरीद्वारा गिरफ्तार हुनेहरूमा शामसुल हक, शेख मुजिबुर रहमान, अली आहातुद, शओकत आली, काजी गोलाम माहबुब, रओशन आलम, रफिकुल आलम, आब्दुल लतिफ तालुकदार, शाह मोहाम्मद नसिरुद्दीन, नुरुल इसलाम र अन्य प्रदर्शनकारीहरू सामेल थिए। यस बैठकको अध्यक्षता नइमुद्दीन आहमदले गरेका थिए।

                                     

3.3. आन्दोलनको सुरुवात ख्वाजा नाजिमुद्दिनको साथ सम्झौता

११ मार्चको घटना पश्चिम १२ देखि १५ मार्चको बीचमा पुनः सरकार विरोधी आन्दोलको आयोजना गरिएको थियो। यस आन्दोलनले तीव्रता लिएपछि १५ मार्चको दिन ख्वाजा नाजिमुद्दीनले सङ्ग्राम परिषद्का नेताहरूको साथ भेटवार्ता गरेका थिए जसमा आबुल काशेम, कामरुद्दीन आहमेद, मोहाम्मद तोवाह, सैयद नजरुल इसलाम, आब्दुर रहमान चौधुरी तथा अन्य प्रतिष्ठित व्यक्तिहरूले सङ्ग्राम परिषदको तर्फबाट भेटवार्तामा सामेल भएका थिए। यस भेटवार्ता पश्चात् दुवै पक्षले ६ मुद्दाहरूमा गरिएको समझौता पत्रमा हस्ताक्षर गरेका थिए। विद्यार्थी आन्दोलनको सामना गर्नुपर्दा सरकारको यस्तो लचिलो व्यवहार पछाडिको मुख्य कारण १९ मार्चका दिन ढाकामा मोहम्मद अली जिनाहको आगमन रहेको थियो। आफ्नो आगमन हुनु भन्दा पहिले जिनाहले नाजिमुद्दीनलाई परिस्थितिलाई सामान्य र शान्तिपूर्ण बनाउनका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए तर यसको बाबजुद पनि बङ्गाली भाषालाई राष्ट्रभाषाको दर्जा दिलाउनको मागलाई अझैपनि अस्वीकार गरिएको थियो। उक्त सम्झौतामा आन्दोलनको क्रममा पक्राउ परेका प्रदर्शनकारीको रिहाइ, प्रहरीको ज्याददी र क्रूरता माथि निष्पक्ष अनुसन्धान, बङ्गाली भाषालाई शैक्षिक माध्यमको भाषा बनाइनुपर्ने र पत्रपत्रिकाहरू माथि लगाइएको प्रतिबन्धलाई हटाउने कुरा उल्लेख गरिएको थियो।



                                     

3.4. आन्दोलनको सुरुवात मोहम्मद अली जिनाहको ढाका भ्रमण

सन् १९४८ मार्च १९ का दिन पाकिस्तानका वास्तुकार गभर्नर जनरल मुहम्मद अली जिनाहले ढाकाको भ्रमण गरेका थिए जुन विशाल भारतको विभाजन पश्चात् पूर्व पाकिस्तानमा उनको पहिलो भ्रमण थियो। २१ मार्चका दिन रेसकोर्स मैदानमा हाल सोहरावार्दी उद्यन सार्वजनिक भेलाको आयोजन गरिएको थियो जहाँ उनले भाषण दिएका थिए। आफ्नो भाषणमा उनले भाषा आन्दोलनलाई पाकिस्तानी मुसलमानहरूलाई विभाजित गर्ने एक चालको रूपमा बयान दिएका थिए। उनले पूर्व बङ्गालको प्रान्तीय भाषा प्रान्तका निवासीहरूको भाषाका अनुसार निर्धारित गरिने बताएका थिए भने उनले स्पष्ट रूपमा "उर्दु पाकिस्तानको एकमात्र राष्ट्र भाषा हुनेछ, कुनै अन्य होइन" भन्दै भाषण दिएका थिए। "मानिसहरूको बीच जालसाजी गर्ने पाकिस्तानका दुश्मन हुन् र उनीहरूलाई कहिलेपनि माफी दिइने छैन" भन्दै उनले कडा चेतावनी दिएका थिए। विद्यार्थीहरूको एक समूहले जिनाहको नकारात्मक टिप्पणीको विरुद्ध तत्काल विरोध गरेका थिए। "उर्दु पाकिस्तानको एकमात्र राष्ट्रभाषा हुनेछ यस प्रकारको एकतर्फी बयानले सारा जनतामा निरासा छाएको थियो। उनले २४ मार्चका दिन ढाका विश्वविद्यालयको कार्जन हलको भ्रमणमा आफ्नो बयानलाई दोहोराएका थिए। उनले यस आन्दोलन सङ्कीर्णताको प्रकटीकरण हो, जसको माध्यमबाट केही मानिसहरूले आफ्नो निजी इच्छा पुरा गर्न कोसिस गरिरहेका छन् भनेर बयान दिएका थिए। जब उनले उर्दु भाषामा आफ्नो स्थिति दोहोराए तब त्यहाँ उपस्थित विद्यार्थीहरूले एकैसाथ "यस्तो हुन सक्दैन" भनेर चित्कार गरेका थिए।

सोही दिन राष्ट्रभाषा सङ्ग्राम परिषदको एक प्रतिनिधिमण्डलले जिनाहको साथ भेटवार्ता गर्दै एक ज्ञापनपत्रमा बङ्गाली भाषालाई राष्ट्रभाषा बनाउन माग गरेका थिए। उक्त प्रतिनिधिमण्डलमा शामसुल हक, कामरुद्दीन आहमेद, आबुल काशेम, ताजुद्दीन आहमेद, मोहम्मद तोवाह, आजिज आहमेद, अली आहमद, नइमुद्दीन आहमेद, शामसुल आलम र नजरुल इसलाम सामेल थिए। त्यसपछि जिनाहले ख्वाजा नाजिमुद्दीनको साथ एकतर्फी तथा दबाबपूर्ण स्थितिमा गरिएको समझौतालाई खारेज गरिदिएका थिए। लामो समयसम्म अनिश्चितताको बीच बैठकको आयोजना गरिएको थियो। विद्यार्थीहरूले बङ्गाली भाषालाई राष्ट्रभाषाको स्थिति दिलाउनका लागि जिनाहलाई एक ज्ञापनपत्र बुझाएका थिए। जिनाहले सन् १९४८ मार्च २८ का दिन ढाका छाड्दै सोही दिनको साँझ एक रेडियो स्टेसनमा आफ्नो पछिल्लो स्थितिहरूलाई दोहोराएका थिए। जिनाह ढाका भ्रमण सकाएर फर्किएपछि छात्र लिग र तमुद्दीन मजलिसको बीच बैठकको आयोजना गरिएको थियो जहाँ तमुद्दीन मजलिसका संयोजक शामसुल आलमले मोहम्मद तोवाहलाई आफ्नो जिम्मेवारीहरू सुम्पिएका थिए। तमुद्दीन मजलिसले पछि एक बयान जारी गर्दै आन्दोलनको विफलताका लागि कम्युनिस्टहरूलाई दोषी ठहर गर्दै विस्तारै आन्दोलनबाट हात झिकेको थियो।

                                     

3.5. आन्दोलनको सुरुवात लियाकत अली खानको ढाका भ्रमण

सन् १९४८ नोभेम्बर १८ का दिन पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अली खानले पूर्व पाकिस्तानको भ्रमण गरेका थिए। २७ नोभेम्बरका दिन ढाका विश्वविद्यालयको खेलकुद परिसरमा खानले एक छात्रसभामा आफ्नो भाषण दिएका थिए। त्यस बैठकमा ढाका विश्वविद्यालय केन्द्रीय छात्र सङ्घद्वारा जारी विज्ञप्तिमा पुनः बङ्गली भाषालाई राष्ट्रभाषा बनाउने माग उठेको थियो तर खानले यस विषयमा कुनैपनि टिप्पणी गरेका थिएनन्। १७ नोभेम्बरको रात आताउर रहमान खानको अध्यक्षतामा राष्ट्र भाषा कार्यसमितिको बैठकमा आजिज आहमेद, आबुल काशेम, शेख मुजिबुर रहमान, कामरुद्दीन आहमेद, आब्दुल मन्नान, ताजउद्दिन आहमद र अन्य सदस्यहरूद्वारा एक ज्ञापनपत्र तयार गरिएको थियो भने यसलाई प्रधानमन्त्री लियाकत अली खान कहाँ पठाइएको थियो तर प्रधानमन्त्रीले यस विषयमा कुनैपनि जबाफ दिएका थिएनन्।

                                     

3.6. आन्दोलनको सुरुवात भाषा समस्यको प्रस्तावित समाधान

लियाकत अली खानको पूर्व पाकिस्तान भ्रमणको केही समय पश्चात् मओलाना अकरम खानको अध्यक्षतामा पूर्व बङ्गाल भाषा समितिको गठन पूर्व बङ्गाल सरकारबाट भाषा सम्बन्धित समस्याको विस्तृत विवरण प्राप्त गर्नका लागि गरिएको थियो भने यस मामिलामा अनुसन्धान गरी एक प्रतिवेदन तयार पार्न निर्देशन दिइएको थियो। यस समितिले सन् १९५० डिसेम्बर ६ का दिनसम्म आफ्नो प्रतिवेदन तयार पारेको थियो तर यसको बाबजुद पनि यसको प्रकाशन सन् १९५८ भन्दा अगाडि गरिएको थिएन। यस प्रतिवेदन अनुसार सरकारद्वारा भाषा सम्बन्धि समस्यालाई समाधान गर्नका लागि एक प्रभावी प्रणालीलाई प्रस्तावित गरिएको थियो जहाँ उनीहरूले नस्तअलिक लिपिमा अरबी-फारसी लिपि बङ्गाली भाषा लेख्न सिफारिस गरेका थिए।

                                     

4. सन् १९५२: भाषा आन्दोलनको पुनर्जागरण

सन् १९५२ जनवरी २७ का दिन आयोजित एक सामूहिक भेलामा ख्वाजा नाजिमुद्दीनको भाषणले भाषा आन्दोलन जस्तो भावनात्मक मुद्दाको पुनरुत्थानको पछाडि मुख्य नियमकको रूपमा काम गरेको थियो। पाकिस्तानका तत्कालीन प्रधानमन्त्री ख्वाजा नाजिमुद्दीन २५ जनवरीका दिन ढाका पुगेका थिए भने उनले २७ जनवरीका दिन पल्टन मैदानमा एक सार्वजनिक भेलाको अगाडि लामो भाषण दिएका थिए। उनले मूल रूपबाट जिनाहको शब्दहरूलाई प्रतिध्वनित गर्दै उर्दु पाकिस्तानको एकमात्र राष्ट्रभाषा हुनेछ भनेर भाषण दिएका थिए। रेडियो मार्फत प्रसारित भाषणमा उनले भने "दुई राष्ट्रभाषाका साथ देश समृद्धको बाटेको अधि बढ्न सक्दैन"। नाजिमुद्दीनको भाषणको विरोध गर्दै राष्ट्रभाषा सङ्ग्राह परिषदले २९ जनवरीका दिन विरोध सभा र ३० जनवरीका दिन ढाकामा एक विद्यार्थी हड्ताल गरिएको थियो। त्यस दिन विद्यार्थीहरू सहित नेताहरू ढाका विश्वविद्यालयको कार्यालयमा एकत्रित भएका थिए भने ४ फेब्रुअरीका दिन हड्ताल र विरोध बैठकको आयोजना गर्ने निर्णय गरिएको थियो। २१ फेब्रुअरीको दिन पुरै देशव्यापी हड्ताल गरिएको थियो। त्यसपछि विद्यार्थी र नेताहरूको जुलुस बर्धमान गृह हाल बाङ्ला एकाडेमी तर्फ बढेको थियो। सन् १९५२ जनवरी ३१ का दिन ढाका विश्वविद्यालयको पुस्तकालयमा आयोजित एक बैठकमा मओलाना भसानीको नेतृत्वमा ४०-सदस्यीय केन्द्रीय राष्ट्रभाषा कार्यकर्ता परिषदको गठन गरिएको थियो। बैठकमा बङ्गाली भाषालाई नस्तअलिक लिपिमा लेख्ने सरकारी प्रस्ताव प्रति कडा विरोध गरिएको थियो भने ३० जनवरीमा आयोजित बैठकमा गरिएको निर्णयलाई समर्थन गरिएको थियो। यस परिषदले २१ फेब्रुअरीका दिन हड्ताल, विरोध कार्यक्रम र जुलुसका लागि एक विस्तृत कार्य योजना अपनाएका थिए।

पछिल्लो निर्णयहरूका अनुसार ढाका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थानका विद्यार्थीहरू सन् १९५२ फेब्रुअरी ४ का दिन ढाका विश्वविद्यालय परिसरमा एकत्रित भएका थिए। सभाले बङ्गाली भाषालाई नस्तअलिक लिपिमा लेख्ने प्रस्तावको विरोध गर्दै बङ्गाली भाषालाई राष्ट्रभाषाको दर्जा दिलाउन माग गरेका थिए। विद्यार्थीहरूले जुलुस सक्नु अगाडि एक विशाल प्रदर्शन गरेका थिए।

यस भाषा परिषद्का केही सदस्यहरू धारा १४४ को निषेधाज्ञालाई अमान्य पक्षमा थिए भने अन्ततः ११-३ को मत अन्तरका कारण १४४ धारालाई नतोड्ने निर्णय गरिएको थियो। २० फेब्रुअरीका दिन सरकारले स्थानीय प्रशासनको माध्यमबाट ढाकामा २१ फेब्रुअरीका दिनदेखि एक महिनाका लाथि सार्वजनिक बैठक, र्‍याली तथा जुलुसहरू माथि प्रतिबन्ध लगाउँदै धारा १४४ लागु।गरेको थियो। ढाका विश्वविद्यालयका विद्यार्थीहरूले उक्त विश्वविद्यालयका फरकफरक हलहरूमा आयोजित बैठकमा धारा १४४ तोड्ने निर्णय लिएकन थिए। २० फेब्रुअरीको रात आबुल हाशिमको अध्यक्षतामा ९४ नवाबपुर सठक खण्ड स्थित आवामी मुस्लिम लिगको केन्द्रीय कार्यालयमा सर्वदलीय राष्ट्रभाषा परिषदको बैठक भएको थियो। यस भाषा परिषद्का केही सदस्यहरू धारा १४४ को निषेधाज्ञालाई अमान्य पक्षमा थिए भने अन्ततः ११-३ को मत अन्तरका कारण १४४ धारालाई नतोड्ने निर्णय गरिएको थियो। २० फेब्रुअरीको रातमा यस विषयमा ढाका विश्वविद्यालयका विभिन्न हलहरूमा फरकफरक बैठकहरू बसिएको थियो भने सोही दिन फकिर शहाबुद्दीनको अध्यक्षतामा सलिमुल्लाह हलमा धारा १४४ तोड्नेको फैसला गरिएको थियो। आब्दुल मोमिनले फजलुल हक मुस्लिम हलमा आयोजित बैठकको नेतृत्व गरेका थिए। आब्दुल मोमिन र शामसुल आलमले शहाबुद्दीन आहमेदको प्रस्ताव अनुसार यस निर्णयको बारेमा राष्ट्रसभा सङ्ग्राम परिषदलाई सूचित गराउने जिम्मेवारी लिएका थिए।



                                     

4.1. सन् १९५२: भाषा आन्दोलनको पुनर्जागरण २१ फेब्रुअरीको घटना

पूर्व निर्धारित कार्यसूचीका अनुसार यस दिनको बिहान विभिन्न शिक्षा प्रतिष्ठाका विद्यार्थीहरू ढाका विश्वविद्यालयको प्राङ्गणमा भेला भएका थिए। यस दिन विभिन्न शिक्षा प्रतिष्ठाका विद्यार्थीहरूले धारा १४४ को विपक्षमा नाराबाजी गरेका थिए भने उनीहरूले पूर्व बङ्गाल ऐन परिषद्का सदस्यहरूलाई भाषा सम्बन्धमा सर्वसाधारणहरूको सहभागीता सुनिश्चित गर्न आह्वान गरेका थिए। ढाका विश्वविद्यालयलाई सशस्त्र प्रहरीको समूहद्वारा घेरिएको थियो भने यस दिन विभिन्न सङ्कायका डिन तथा विश्वविद्यालयका उपकुलपतिहरूले सहभागीता जनाएका थिए। बिहानको साँढे ११ बजे विद्यार्थीहरू ढाका विश्वविद्यालयको प्रवेशद्वारामा भेला हुँदै जुलुसको तयारी गरिरहेका बेला प्रहरीको एक समूहले अश्रुग्यास छाड्दै विद्यार्थीहरूलाई चेतावनी दिएका थिए। त्यसलगत्तै केही विद्यार्थीहरू ढाका मेडिकल कलेज तर्फ भागेका थिए भने बाँकी रहेका विद्यार्थीहरूलाई ढाका विश्वविद्यालयको परिसरमा प्रहरीद्वारा रोकिएको थियो जसकारण विद्यार्थीहरूले प्रहरीको विरुद्ध नाराजुलुस गर्न सुरु गरेका थिए। त्यसपछि विश्वविद्यालयका उपकुलपतिले प्रहरीलाई अश्रुग्यास प्रयोग गर्नबाट रोक्दै विद्यार्थीहरूलाई ढाका विश्वविद्यालय परिसर छाड्न आदेश दिएका थिए। विद्यार्थीहरू विश्वविद्यालय परिसर छाड्दासम्म पनि नाराजुलुस गरिरहेका थिए भने प्रहरीहरूको एक समूहले धारा १४४ को उलङ्घन गरेको आरोपमा विद्यार्थीहरूलाई पक्राउ गर्न सुरु गरेपछि हिंसा भड्किएको थियो। यस समय कयौँ विद्यार्थीहरूलाई गिरफ्तार गरी तेजगाँउ लगिई रिहा गरिएको थियो जसकारण अधिक क्रोधत विद्यार्थीहरूले पुनः नाराजुलुसलाई निरन्तरता दिएका थिए।

दिउँसोको लगभग २ बजे जब ऐन परिषदका सदस्य विधायिकामा सामेल हुन आए तब विद्यार्थीहरूले उनीहरूलाई रोकेका थिए तर त्यस स्थितिलाई नाटकीय रूपमा फेरबदल गरी केही विद्यार्थीहरूले उनीहरूलाई ऐन परिषदमा भाग लिन आग्रह गर्दै आफ्नो मागको उठान गर्ने जनाएका थिए। विद्यार्थीहरू त्यस उद्देश्यका साथ विधानसभा तर्फ गएका थिए भने त्यैसमय प्रहरीले दिउँसोको लगभग ३ बजे त्यहाँ उपस्थिति जनाई छात्रावासमा गोली चलाउन सुरु गरेका थिए जसकारण प्रहरीको गोली लागी आब्दुल जब्बार रफिकउद्दीन आहमेदको घटनास्थलमै मृत्यु भएको थियो। यसबाहेक आब्दुस सालाम, आबुल बरकत सहित केही अन्य मानिसहरूको मृत्यु भएको थियो। सोही दिन अहिउल्लाह नामक एक ९ वर्षको बालकको पनि मृत्यु भएको थियो।

जब विद्यार्थी हत्याको खबर द्रुत रूपमा फैलियो तब मानिसहरू उसै समय घटनास्थलमा पुग्ने चेष्टा गरेका थिए। त्यस घटना लगत्तै सबै कार्यालय, दोकान र परिवहन लगायत सबै चहलपहलहरू ठप्प भएका थिए। विद्यार्थीहरूद्वारा सुरु गरिएको यस आन्दोलनले तत्कालै एक जन आन्दोलनको रूप लिएको थियो। रेडियो कर्मीहरूले घटना लगत्तै एक कलाकार हडताल गर्ने सबैलाई आह्वान गरेका भने रेडियो स्टेसनहरूले पूर्व तयारी कार्यक्रमहरूलाई प्रसारण गर्न सुरु गरेका थिए।

घटना घट्दै गर्दा संविधान सभाको अधिवेशनको तयारी चलिरहेको थियो। प्रहरीद्वारा चलाइएको गोली लागी केही प्रदर्शनकारीहरूको मृत्यु भएको खबर थाहा पाएपछि मओलाना तर्कबागी सहित विपक्षका केही सदस्यहरू अधिवेशन कक्षबाट बाहर आई आक्रोशित विद्यार्थीहरूको खडा भएका थिए। मनोरञ्जन धर, बसन्त कुमार दास, शामसुद्दीन आहमेद र धीरेन्द्रनाथ दत्त सहित संविधानसभाका ६ सदस्यहरूले घाइते भएका विद्यार्थीहरूलाई भेट गर्न अस्पताल जाने र अधिवेशनलाई स्थगित गर्दै शोक मनाउनका लागि मुख्यमन्त्री नुरुल आमिनलाई अनुरोध गरेका थिए। भण्डार कोष विभागका माओलाना आब्दुर रशिल तर्कबागिश, शरफुद्दिन आहमेद, सामशुद्दिन आहमेद खन्दोकार मसलेउद्दिन आहमेद यस कार्यक्रमका सहयोगी थिए। त्यसपछि नुरुल आमिनले अन्य नेताहरूलाई अनुरोध नगर्दै अधिवेशनमा बङ्गाली भाषाको विरुद्धमा वक्तव्य दिएका थिए।

                                     

4.2. सन् १९५२: भाषा आन्दोलनको पुनर्जागरण २२ फेब्रुअरीको घटना

विपक्षी दलका सदस्यहरूले त्यसदिऐन परिषदमा यस मुद्दाको उठान गरेका थिए। उनीहरूले अस्पतालमा घाइते अवस्थामा रहेका विद्यार्थीहरूलाई भेट्न अधिवेशन स्थगित भएको घोषणा गर्नका लागि प्रधानमन्त्री नुरुल आमिनसँग भेटवार्ता गरेका थिए। सत्ताधारी दलका केही सदस्यहरूले पनि यस आह्वानमा समर्थन जनाएता पनि प्रधानमन्त्री नुरुल आमिनले यस आह्वानको उत्तर नफर्काई अधिवेशन जारी राखेका थिए भने उनले घाइते विद्यार्थीहरूलाई भेट गर्न अस्पताल जाने विषयलाई अस्वीकार गरिदिएका थिए।

२२ फेब्रुअरीका दिन देशव्यापी रूपमा हड्ताल र जुलुसको आयोजना गरिएको थियो। मानिसहरूले शोक मनाउन जारी राख्दै धारा १४४ को उल्लङ्घन गरेका थिए। विभिन्न कार्यालयहरूका अधिकारी र कर्मचारीहरूले कार्यस्थल छाड्लै विद्यार्थी जुलुसमा सहभागिता जनाएका थिए। सचिवालय तथा सहर नागरिक समाजकम अधिकारी तथा कर्मचारीहरूले ढाका मेडिकल कलेजको छात्रावास पुगेका थिए। त्यस पश्चात् बाक्लो सहभागीको बीचमा जानाजा आयोजना गरिएको थियो। जानाजाको अन्तमा सबैले एक विशाल जुलुसमा सहभागिता जनाएका थिए। बिहानको लगभग ११ बजे ३० हजार मनिसकहरूको एक जुलुस कर्जन हलको तर्फ लागेका थिए। त्यसपछि प्रहरीहरूले सुरुमा उनीहरूलाई तितरबितर बनाउन कोसिस गरेका थिए तर उनीहरूको प्रयास असफल भएपनि प्रहरीद्वारा प्रदर्शनकारीहरू माथि गोली चलाइएको थियो। उस घटनामा सरकार तथ्याङ्क अनुसार ४ प्रदर्शनकारीहरूको मृत्यु भएको थियो।

सहरको विभिन्न भागहरूका एकै प्रकारको अन्तिम संस्कार जुलुसको आयोजना गरिएको थियो। विभिन्न शैक्षिक संस्था, बैङ्क र अन्य संस्थानका मानिसहरूले यस जुलुसमा सहभागिता जनाएका थिए। दिउँसोको समयमा प्रहरीद्वारा एक विशाल जुलुस माथि आक्रमण गरिएको थियो। अत्यन्तै क्रोधित प्रदर्शनकारीहरूले दुई प्रसिद्ध समाचार पत्र, जुबली प्रेस र मर्निङ न्युजको कार्यालयमा आगो लगाएका थिए। सोही दिन प्रहरीद्वारा लाठीचार्ज र जनहत्या जस्ता अमानवीय घटनाहरू घटेका थिए। प्रहरीले नवाबपुर सडकमा एक विशाल जानाजा तथा जुलुस माथि गोली बर्षाउन सुरु गरेका थिए। ढाका सर्वोच्च अदालतका कर्मचारी शफिउर रहमान, वाहिदुल्लाह र आब्दुल आउवारको प्रहरीद्वारा चलाइएको गोली लागी घटनास्थलमै मृत्यु भएको थियो। একই রাস্তায় অহিউল্লাহ নামে নয় বছরে এক বালকের লাশ পড়ে থাকতে দেখা যায়।

                                     

5. त्यसपछिका घटनाक्रमहरू

सन् १९५२ फेब्रुअरी २१ र २२ दिन घटेको घटना पश्चात् सरकारले आन्दोलनको विरुद्धमा प्रचार गर्न सुरु गरेको थियो। यस प्रचारको मूल उद्देश्य विद्यार्थीहरूले कम्युनिस्ट र पाकिस्तान विरोधी मानिसहरूको इसारामा प्रहरीमाथि आक्रमण गरेको कुरा सम्झाउनु रहेको थियो। त्यसपश्चात् सरकारले विभिन्न माध्यम मार्फत प्रचारलाई तीव्रता दिएको थियो भने सरकारले देशव्यापी रूपमा पत्रपत्रिका मार्फत प्रचार गर्न सुरु गरेको थियो। यसै समयमा ठूलो सङ्ख्यनमा प्रदर्शनकारी तथा विद्यार्थीहरूलाई गिरफ्तार गरिएको थियो। २५ फेब्रुअरीका दिन आबुल बरकतका भाइले एक हत्या प्रकरणलाई दायर गर्न खोज्दा सरकारले उचित कागजी प्रक्रियाहरू पुरा नगरेको भन्दै यस मामिलालाई अस्वीकार गरिदिएको थियो। त्यसपछि रफिकउद्दिन आहमेदको परिवारले पनि एक सोही मामिलाहरू दायरा गर्न प्रयास गरिरहेक‍ बेला त्यसलाई पनि सोही कारण देखाई रद्द गरिएको थियो। ८ अप्रिलका दिन सरकारले उक्त मामिला माथि अनुसन्धान गर्न सुरु गरेको थियो तर यसको बाबजुद सरकारी प्रतिवेदनमा मेडिकल कलेजका विद्यार्थीहरू माथि चलाइएको गोलीको कुनै उल्लेखनीय कारण समावेश गरिएको थियो। सरकारद्वारा निकालिएको प्रतिवेदनलाई पछि केन्द्रीय कार्य परिषदले खारेज गरेको थियो। १४ अप्रिलका दिन आयोजित संविधानसभाको अधिवेशनमा पुनः राष्ट्र भाषाका सम्बन्धित प्रश्नहरू खडा भएका थिए। यस विषयलाई सुल्झाउने पक्षमा संविधानसभाका कयौँ सदस्यहरूले आफ्नो विचार व्यक्त गरेका थिए भने मुस्लिम लिगका सदस्यहरूले यस सम्बन्धमा मुख्य भूमिका निर्वाह गरेका थिए। यदि सदस्यहरूले यस मुद्दको विरुद्धमा मतदान गरे भने यस मुद्दा अनिश्चितकालका लागि स्थगित हुने सम्भावना देखिएको थियो। जसको फलस्वरूप २१ र २२ फेब्रुअरीको घटना पछि उनीहरूले संविधानसभामा बङ्गाली भाषाको पक्षमा बोल्ने आफ्नो वाचा भङ्ग गरेका थिए। २७ अप्रिलका दिन एक बैठक कक्षमा केन्द्रीय सर्वदलीय कार्यदलले बैठक बोलाएको थियो भने त्यहाँ सरकार समक्ष २१ बुँदे मागहरू राखिएको थियो। जब १६ अप्रिलका दिनबाट ढाका विश्वविद्यालय खोलियो तब विद्यार्थीहरू त्यस दिन एकत्रित भएका थिए। विश्वविद्यालय लिग समितिका प्रमुख नेता आब्दुल मतिनको गिरफ्तारी पश्चात् समितिको पुनर्गठन भएको थियो।

                                     

5.1. त्यसपछिका घटनाक्रमहरू सहिद मिनार

सहिद मिनारको स्थापना सन् १९५२ फेब्रुअरी २१ र २२ का दिन घटेको घटना लगत्तै भएको थियो। यस स्मारकका प्रमुख योजनाकार तथा नक्शा विकासकर्ता साइद हयदरका अनुसार यस स्मारकको स्थापना गर्न निर्णय सर्वप्रथम ढाका मेडिकल कलेजका विद्यार्थीहरूद्वारा गरिएको थियो। यस स्मारक भाषा आन्दोलनका समयमा भाषाका लागि आफ्नो बलिदान दिएका सहिदहरू प्रति भएका श्रद्धाञ्जलि र सम्मान व्यक्ति गर्न निर्माण गरिएको थियो। भाषा आन्दोलनको मुख्य घटना ढाका मेडिकल कलेज अस्पतालको परिसरमा घटेको थियो। त्यसकारण ढाका मेडिकल कलेज अस्पतालले आफ्नो परिसरमा सहिद मिनारको स्थापना गर्ने निर्णय गरेको थियो। यस स्मारको स्थापना गर्ने निर्णय २२ फेब्रुअरीका दिन भएको थियो भने अर्को दिनबाट निर्माणकार्यले गति लिएको थियो। यस मिनार पुरानो ढाका पञ्चायत सरदारहरू मध्ये एक पिरू सरदारद्वारा प्रायोजन गरिएको थियो भने ढाका मेडिकल कलेज अस्पतालका विद्यार्थीहरूले स्मारक बनाउनका लागि आवश्यक कच्चापदार्थको सङ्कलन गर्नका लागि २२ फेब्रुअरीको मध्यरातमा उनलाई सहयोग गरेका थिए। त्यससमय निशेधाज्ञा जारी रहेकाले विद्यार्थीहरूले २३ फेब्रुअरीका दिन मिनार निर्माणकार्य सुरु गरेका थिए। त्यसदिन रातभर काम गरेर विद्यार्थीहरूले अर्को दिन स्तम्भ खडा गर्न सफल भएका थिए। हातले लेखिएको कागज मिनारसँग जोडिएको थियो जहाँ सहिद स्मृतिस्तम्भो শহীদ স্মৃতিস্তম্ভ लेखिएको थियो। सहिद मिनारको स्थापनाको खबर सोही दिन दैनिक समाचार पत्रहरूलाई पठाइएको थियो। सहिद वीरेर स्मृति शीर्षक राखि यस समाचारलाई दैनिक आजाद मार्फत प्रचार गरिएको थियो। प्रमुख मिनारको कुल उचाइ १०.५ फीट ३.२ मिटर रहेको थियो। यस मिनारको उद्घाटन सोफिउर रहमानका बुबाले गरेका थिए।

बङ्गाली भाषालाई पाकिस्तानको राष्ट्रभाषाको मान्यता दिएपछि केन्द्रीय सहिद मिनारमा काम सन् १९५७ मा आधिकारिक रूपमा सुरु भएको थियो। ढाका विश्वविद्यालयका उपकुलपति प्राध्यापक माममुद होसेनको नेतृत्व रहेको एक समितिले सन् १९६३ सुपरिवेक्षणमा सम्पन्न गरेको थियो। सन् १९६३ फेब्रुअरी २१ का दिन सहिद बरकतकी आमाले यस मिनारको उद्घाटन गरेकी थिइन्। २५ फेब्रुअरीका दिन कारखानाका मजदुरहरूले नारायनगञ्ज सहरमा हडताल सुरु गरेका थिए भने २९ फेब्रुअरीका दिन प्रदर्शनकारीहरू प्रहरीको घोरामा पनि आक्रमणको शिकार भएका थिए। यस स्मारकलाई २६ फेब्रुअरीका दिन पाकिस्तानी सेना र प्रहरी बलले ध्वस्त पारेका थिए। फेब्रुअरी २९ তারিখপ্রতিবাদে অংশগ্রহকারীরা ব্যাপক পুলিশী হামলার শিকার হন। तत्कालीन समयमा स्मारकका छोटा संस्करणहरू अन्य स्थानहरूमा बनाइएको थियो।

                                     

5.2. त्यसपछिका घटनाक्रमहरू एकेशेर गान

सन् १९५२ फेब्रुअरी २१ को घटना पश्चात् आब्दुल गाफफार चौधुरीले यस घटनाको बारेमा पहिलो गीत गाएका गरेका थिए जुन आमार भाइयेर रक्ते राङानो एकुशे फेब्रुअरी, आमी कि भुलिते पारी रहेको थियो। यस गीतलाई पहिलोपटक आब्दुल लतिफले रचना गरेका थिए। कराचीबाट ढाका फर्किए पछि आलताफ माहमुदले सन् १९५४ मा यस गीतलाई पुनः रचना गरेका थिए भने यस पश्चात् यो गीत एकुशे प्रभातफेरीको गीत बनेको थियो। हाल अलताफ माहमुदद्वारा रचना गरिएको गीतलाई गाइन्छ। यस गीत सन् १९५४ मा हासान हाफिजुर रहमानद्वारा सम्पादित एकुशी सङ्कलनमा प्रकाशित भएको थियो। तत्कालीन सरकारले यस सङ्ग्रहलाई जफत गरेको थियो। जहिर रायहानद्वारा आफ्नो एक चलचित्रमा यस गीतलाई समावेश गराइएपछि यस गीतको लोकप्रियता उच्च भएको थियो। २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा मान्यता प्रदान गरिएपछि, यस गीतको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको थियो। त्यसपछि यस गीतलाई स्विडेनी र जापानी भाषामा अनुवाद गरिएको थियो। बीबीसी दर्शकहरूको सर्वेक्षणको आधारमा बङ्गाली भाषाको सर्वश्रेष्ठ गीतहरूको सूचीमा यस‍ गीतलाई तेस्रो स्थानमा दिइएको थियो।

                                     

6. आन्दोलनको अन्तिम चरण सन् १९५३-१९५६

केन्द्रीय सर्वदलीय कार्य परिषदले २१ फेब्रुअरीको घटनाको यादमा सहिद दिवस मनाउने निर्णय गरेको थियो। आवामी लिगका कार्यवाहक महासचिव शेख मुजिबुर रहमानले पनि यस दिवस भनि सहमति व्यक्ति गरेका थिए। १८ फेब्रुअरी १९५३ कन दिन विद्यार्थीहरूले २१ फेब्रुअरीलाई शान्तिपूर्वक मनाउनका लागि प्रशासनसँग एक समझौतमा हस्ताक्षर गरेका थिए। भाषा आन्दोलको १ वर्षे स्मृति दिवसका दिन देशव्यापी रूपमा पहिलोपटक भाषा आन्दोलनलाई मनाइएको थियो भने यस दिन देशव्यापी रूपमा सबै शिक्षण संस्था, वित्तीय कार्यालयहरूको साथ सबै क्षेत्रमा विदा दिइएको थियो भने देशका विभिन्न क्षेत्रबाट आएका मानिसहरूले प्रभातफेरीमा भाग लिएका थिए। सहभागिता जनाउन आएका हजारौँ मानिसहरूले शोकको प्रतीको रूपमन कालो ब्याज लगाएका थिए भने उनीहरू ढाका विश्वविद्यालयको प्राङ्गणमा भेला भई त्यहाँबाट विशाल र्‍यालीमा सहभागी भएका थिए।

भाषा आन्‍दोलनकोसँगसँगै विद्यार्थी तथा सर्वसाधारणहरूले माओलाना भासानी सहित राजबन्दीहरूलाई रिहाइ गर्न माग गरेका थिए भने त्यस समय हिंसालाई रोक्नका लागि सयौँको सङ्ख्यामा स्वयंसेवकहरूलाई खटाइएको थियो। विश्वविद्यालय रहेका केही छात्रावासका विद्यार्थीहरूले भाषा आन्दोलनमा मारिएका सहिदहरूको सम्झनामा एक शोक कार्यक्रमको आयोजना गरेका थिए तर यसको विपरीत पाकिस्तानका अर्थमन्त्री फजलुल रहमान हकले बङ्गाली भाषालाई राष्ट्रभाषाको रूपमा चहाने व्यक्तिहरू देशद्रोही हुन् भनि एक विवादित टिप्पणी दिएका थिए। यस प्रकारको टिप्पणी पश्चात् मानिसहरूले उनको विरोध गर्दै उनलाई कालो झण्डा देखाएका थिए भने मानिसहरूले "राष्ट्रोभाषा बाङ्ला चाई" लेखिएको पर्चाहरूका साथ अगाडि आएका थिए। भाषा सङ्घर्ष समितिले दिनलाई चिह्नित गर्नका लागि एक र्‍यालीको आह्वान गरेका थिए। आन्दोलनलाई गति दिनका लागि विभिन्न साँस्कृतिक कार्यक्रमहरूको आयोजन गरेका थिए। भाषा आन्दोलनको मुख्य प्रेरणा, अमर सङ्गीत, आमार भाइयेर रक्तेर राङानो. त्यस वर्ष एक कविताको रूपमा एक पत्रकमा प्रकाशित भएको थियो। सन् १९५६ फेब्रुअरी २१ को रात ढाका विश्वविद्यालयको विभिन्न हलहरूको छतमा काले झण्डा खडा गरेका थिए जसकारण प्रहरीले झण्डा फहराउने विद्यार्थीहरूलाई गिरफ्तार गरेको थियो।

                                     

6.1. आन्दोलनको अन्तिम चरण सन् १९५३-१९५६ संयुक्त मोर्चाको गठन

सन् १९५४ मा पूर्व बङ्गालको राजनैतिक स्थिति र भाषा आन्दोलनमा आमूल परिवर्तन भएको थियो। संयुक्त मोर्चा र आवामी लिग एके फजलुल हकको अग्रतामा धेरैभन्दा धेरै प्रान्तीय स्वायत्तताको प्रस्तावका लागि सत्तारूढ मुस्लिम लिगको निन्दा गरिएको थियो। चुनावी माहोलका साथ मुस्लिम लिगले संयुक्त मोर्चालाई आगाडी बढ्ने एक मौकालनई रोक्ने प्रयासहरू जारी गरिएको थियो। सोही कारणका अनुसरण भाषा आन्दोलनको दिनबाट पहिलो संयुक्त मोर्चाका कयौँ नेता तथा कार्यकर्तहरूलाई गिरफ्तार गरिएको थियो भने अर्कोतर्फ कराचीमा भाषा सम्बन्धित मुद्दालाई सुल्झाउनका लागि मुस्लिम लिगका संसदीय समितिले एक बैठक आयोजनात गरेका थिए। यस बैठकको अध्यक्षता प्रधानमन्त्री मोहाम्मद आली बगुडाले गरेका थिए भने बैठकमा यस बैठकका अनुसार बङ्गाली भाषालाई पनि उर्दुको समान राष्ट्रभाषाको दर्जा दिइने निर्णय गरिएको थियो यस निर्णयको फलस्वरूप पश्चिम पाकिस्तानका प्रतिनिधिहरूले ६ प्रदेशहरूमा बोलिने भाषाहरूलाई समान दर्जा दिन माग गरेका थिए। आब्दुल हकले "बाबा उर्दु" को नामबाट परिचित यस निर्णयको विरोध गर्दै यसको विरुद्धमा आफ्नो अडान राखेका थिए। उनको नेतृत्वमा २२ अप्रिलका दिन कराचीमा एक विशाल विरोध जुलुसको आयोजन गरिएको थियो। यस जुलुसमा लगभग एक लाख मानिसहरू सहभागी भएका थिए भने उनीहरूले मुस्लिम लिगको फैसलेको विरुद्धमा आवाज उठाउन र प्रदर्शन गर्न सुरु गरेका थिए। सिन्धी भाषाको दैनिक अल वाहिदको कार्यालयलाई झडपको शिकार बनेको थियो। यसपछि बङ्गाली र अन्य भाषाहरूलाई पनि समान दर्जा दिने माग गरिँदै २६ अप्रिलका दिन एक र्‍यालीको आयोजना गरिएको थियो। यस्तो चिन्ताजनक स्थितिमा निर्णयलाई लागु गर्नकाबाट रोक लगाइएको थियो। त्यसपछि संयुक्त मोर्चाले संविधानसभाको अधिकांश चुनाव जितेको थियो भने यसको विपरीतमा मुस्लिम लिगले चुनावमा निकै कम सिट ल्याएको थियो।

संयुक्त मोर्चा सत्तामा आएपछि बाङ्ला एकाडेमी नामक एक सरकारी संस्थाको स्थापना गरिएको थियो। संविधानमा उल्लेख गरिए अनुसार यस संस्थानले बङ्गाली भाषा, संस्कृति र विरासतको संरक्षण, अनुसन्धान र विकासका लागि काम गर्ने भनिएको थियो। संयुक्त मोर्चा सत्तामा आएको केही समय पश्चात् पाकिस्तानका गभर्नर जनरल मलिक गुलाम माहमुद सन् १९५४ मे ३० का दिन केन्द्र प्रान्तीय सरकार उन्मूलनको घोषणा गरेका थिए। सन् १९५५ जुन ६ का दिन संयुक्त मोर्चाको पुनर्गठन गरिएको थियो तर।यसको बाबजुद आवामी लिग प्रतिनिधि सभामा सामेल भएको थिएन।

पछि सरकारद्वारा सहपद मिनारको पुनर्निर्माणका लागि ठूलो परियोजनाको थालनी गरिएको थियो। पाकिस्तानको संविधानसभाले प्रहरीद्वारा चलाइएको गोली लागी मारिएका भाषा आन्दोलनका सहिदहरूको सम्झनामा पाँच मिनट मौन धारण गरिएको थियो। सहिद दिवस पुरै देशमा मनाइन्छ भने यस दिन अधिकांश संस्थाहरू बन्द गरिन्छ। माओलाना भासानीले आरमानिटोलामा एक विशाल र्‍यालीको नेतृत्व गरेका थिए। আরমানীটোলায় এক বিশাল সমাবেশের নেতৃত্ব দেন মাওলানা ভাসানী।

                                     

7. राष्ट्रभाषाको रूपमा स्वीकृति प्रदान

सन् १९५४ मे ७ का दिन मुस्लिम लिगको समर्थनबाट बङ्गाली भाषालाई पाकिस्तानको राष्ट्रभाषाको दर्जा दिइएको थियो। सन् १९५६ मा जब पाकिस्तानको पहिलो संविधान लागु गरियो अनुच्छेद २१४ मा बङ्गाली र उर्दुलाई पाकिस्तानको राष्ट्रभाषाको रूपमा उल्लेख गरिएको थियो जुन यस प्रकार छ;

यद्यपि अयुब खानद्वारा स्थापित सैन्य सरकारले उर्दलाई एकमात्र राष्ट्रभाषाको रूपमा स्थापित गर्ने कोसिस जारी गरिएक‍‍ थियो। सन् १९५९ जनवरी ६ का दिन सैन्य शासनले सन् १९५६ को संविधानमा उल्लेखित दुई राष्ट्रभाषामा आफ्नो आधिकारिक स्थितिलाई दोहोराउँदै एक आधिकारिक बयान जारी गरिएको थियो।

                                     

8. बङ्गाली संस्कृतिमा भाषा आन्दोलको प्रभाव

बङ्गाली संस्कृति र जीवन पद्धतिमा भाषा आन्दोलनले महत्त्वपूर्ण प्रभाव छाडेको छ। बङ्गालीहरू मध्ये बङ्गाली भाषाको विभिन्न कार्यक्रम तथा मानसिकताको विकास गर्न भाषा आन्दोलनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। प्रत्येक वर्षको २१ फेब्रुअरीका दिनलाई बङ्गलादेशमन मातृभाषा दिवस वा सहिद दिवसको रूपमा मनाइन्छ भने यस दिन सरकारले सार्वजनिक विदा दिने गरेको छ। यसबाहेक प्रत्येक वर्षको फेब्रुअरी महिना भरी अन्य उत्सव तथा कार्यक्रमहरूको आयोजना गरिने गरिएको छ जसमा; महिनाव्यापी अमर एकुशे ग्रन्थमेला वा एकुशे बोइमेला सबैभन्दा लोकप्रिय छ। भाषा आन्दोलनमा आफ्नो जीवनको आहुति दिने अमर सहिदहरूको बलिदानको सम्मानमा बङ्गलादेशका प्रमुख राज्य नागरिक पदकहरू मध्ये एक एकुशे पादकको घोषणा गरिएको थियो। एकुशेको घटना तथा चेतनाको बारेमा विभिन्न देशभक्ति गीत, नाटक, कविता तथा चलचित्रहरूलाई मानिसहरूको एकुशेको भावना व्यक्त गर्नका लागि लेखिएको थियो। उनीहरू मध्ये एक सबै उल्लेखनीय आब्दुल गफ्फार चौधुरीद्वारा लिखित तथा अलताफ माहमुदद्वारा रचना गरिएको गीत थियो। सन् १९५२ को भाषा आन्दोलन पश्चात् बङ्गाली साहित्यको विभिन्न क्षेत्रहरूमा भाषा आन्दोलनको प्रभावलाई विभिन्न दृष्टिकोणहरूमा हेरिएको थियो। यस आन्दोलनसँग सम्बन्धित कृतिहरूलाई विभिन्न लेखकद्वारा लेखिएका थियो जसमध्ये: सहिद बुद्धिजीवी मुनिर चौधुरीद्वारा लिखित नाटक कबिर; कवि शमसुर रहमानको कविता वर्णमाला, आमार दुःखिनी वर्णमाला र सन् १९६९ मा जहिर रयहानद्वारा लेखिएको एक उपन्यास रहेका छन्।

यस आन्दोलनको क्रममा मारिएका सहिदहरूको सम्झनामा सन् १९५४ मा एक नयाँ सहिद मिनारको स्थापना गरिएको भने सहिद मिनार स्थापना भएको दुई वर्ष पश्चिम यस मिनारलाई पाकिस्तानी सेनाद्वारा ध्वस्त पारिएको थियो। सन् १९५७ मा संयुक्त मोर्चा सरकारको सहयोगमा सहिद मिनार पुनःस्थापनको कार्यलाई तीव्रता दिइएको थियो। नयाँ सहि मिनारका वास्तुकार हामिदुर रहमान र नोभेरा आहमेद थिए। सहिद मिनार स्थापना गर्ने ठूलो परियोजनालाई ढाका मेडिकल कलेज छात्रावासको परिसरमा गरिएको थियो। सन् १९५८ को सैन्य शासन अन्तर्गत निर्माणकार्यको प्रगतिमा केही बाधाहरू आएका थिए। सन् १९६३ फेब्रुअरी २१ का दिन आबुल बरकतकी आमा हसना बेगमले सहिद मिनारको उद्घाटन गरेकी थिइन्। नवनिर्मित सहिद मिनारलाई सन् १९७१ को स्वतन्त्रता युद्धको समयमा पाकिस्तानी सेनाद्वारा ध्वस्त पारिएको थियो। बङ्गलादेशको स्वतन्त्रता पश्चात् सन् १९७३ मा बङ्गलादेश सरकारले यस मिनारको पुनर्निर्माण गरेको थियो।

पूर्व पाकिस्तान बाहेक भारतीय राज्य आसामाा बङ्गाली भाषालाई समान दर्जा दिनका लागि एक आन्दोलन गरिएको थियो। सन् १९६१ मे १९ का दिन सिलचर रेलवे स्टेसनमा बङ्गाली भाषालाई समान दर्जा दिलाउन गरिएको एक आन्दोलनमा प्रहरीको गोली लागि ११ जनाको मृत्यु भएको थियो। त्यसपछि बङ्गालीलाई एक ठूलो बङ्गाली भाषी जनसमुदाय बसोबास गर्ने आसामाका तीन जिल्लाहरूमा बङ्गाली भाषालाई अर्ध-आधिकारिक भाषाको दर्जा दिइएको थियो।

                                     

8.1. बङ्गाली संस्कृतिमा भाषा आन्दोलको प्रभाव अन्तर्राष्ट्रिय मातृभाषा दिवस

बङ्गलादेश सरकारले २१ फेब्रुअरीको दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा मान्यता प्राप्त गर्नका लागि युनेस्को समक्ष एक लिखित प्रस्ताव बुझाएको थियो भने सन् १९९९ नोभेम्बर १७ का दिन युनेस्कोको ३०औँ महासभामा यस प्रस्तावलाई भारी समर्थनका साथ पारित गरिएको थियो।

                                     

8.2. बङ्गाली संस्कृतिमा भाषा आन्दोलको प्रभाव बङ्गलादेशको स्वतन्त्रता

सन् १९५६ पश्चात् आधिकारिक भाषाको बहस समाप्त भएलगत्तै अयुब खानको सैन्य शासनले बङ्गालीहरूलाई पाकिस्तानका पञ्जावी पश्तुनहरूको ऋणको तिर्न बाध्य तुल्याएका थिए। पूर्व पाकिस्तान जनसङ्ख्याको दृष्टिबाट बहुसङ्ख्यक भएपनि सैन्य र नागरिक सेवाका बङ्गालीहरूको उपस्थिति नगण्य रहेको थियो। यस बाहेक राबाहेकिय राजस्व र सरकारी सहायताको मामिलामा बङ्गालीहरूको अंश निकै थोरै रहेक‍ थियो। पश्चिम पाकिस्तानद्वारा बङ्गालीहरू प्रति देखाइएको यस्तो जातीय भेदभावको फलस्वरूप पूर्व पाकिस्तानीहरू निकै आक्रशित भएका थिए जसकारण क्षेत्रीय हितको रक्षा गर्ने एक राजनीतिक पार्टीको रूपमा बङ्गाली राष्ट्रवादी आवामी लिगका लागि मानिसहरूको समर्थन निरन्तर बढदै गएको थियो। पूर्व पाकिस्तानका सर्वसाधारणहरू भाषा आन्दोलनबाट निकै प्रेरित थिए भने धेरै भन्दा धेरै अधिकारीहरूले लोकतन्त्रको माग गर्दै ६ दफा आन्दोलनको सुरुवात गरेका थिए। सन् १९७१ को स्वतन्त्रता युद्ध पश्चात् बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्रता भएक‍ थियो।

                                     

9. पश्चिम पाकिस्तानको प्रतिक्रिया

पूर्व पाकिस्तानका कयौँ बङ्गालीहरूले भाषा आन्दोलन एक जातीय राष्ट्रवादमा आधारित रहेको बुझेका थिए भने यस आन्दोलनको माध्यमबाट पूर्व र पश्चिम पाकिस्तान बीच साँस्कृतिक भिन्नताहरू स्पष्ट रूपमा देखिन थालेका थिए। पश्चिम पाकिस्तानमा भाषा आन्दोलनलाई पाकिस्तानी राष्ट्रिय हितको विरुद्ध गरिएको एक साम्प्रदायिक विद्रोहको रूपमा हेरिएको थियो। पाकिस्तानको द्वि-राष्ट्रिय राज्यमा उर्दु नीतिको अस्वीकृतिलाई मुसलमानहरूको फारसी-अरबी संस्कृति र पाकिस्तान स्थापनाको मूल विचारधाराको गम्भीर उल्लङ्घनको रूपमा हेरिएको थियो। त्यस्तो सोचलाई उर्दू नीतिको विरुद्ध अडान लिनुको एक कारण पनि मानिन्थ्यो जसबेला पाकिस्तानमा धेरै भाषिक समुदायहरू रहेका थिए। सन् १९६७ को अन्त्यतिर अयुब खानले "पूर्व पाकिस्तानमा अझै पनि हिन्दु संस्कृतिको प्रभाव रहेको छ" भनेर भनेका थिए। भाषा आन्दोलन पश्चात् आवामी मुस्लिम लिगले बङ्गाली राष्ट्रवादको आधारमा पार्टीको गतिविधिहरूलाई सञ्चालन गर्न सुरु गर्दै पार्टीको सुरुवाती नाम मुस्लिमलाई हटाई आवामी लिग मात्र राखेको थियो। भाषा आन्दोलनले पश्चिम पाकिस्तानका जातीय राष्ट्रवादी दलहरूको गतिविधिहरूलाई तीव्रता दिन थालेक‍ थियो। यसबाहेक पूर्व पाकिस्तानको राजनीतिक अस्थिरता र केन्द्र सरकार तथा संयुक्त मोर्चाको नेतृत्वमा रहेको प्रान्तीय सरकारबीच सत्ता सङ्घर्षको मुख्य कारण अयुब खानको पतन प्रमुख कारण बनेको थियो।