Back

ⓘ विक्की क्रिस्टिना बार्सिलोना




                                     

ⓘ विक्की क्रिस्टिना बार्सिलोना

विक्की क्रिस्टिना बार्सिलोना सन् २००८ को प्रेमप्रसङ्गयुक्त हास्य-नाटक चलचित्र हो जुन वुडी एलेनद्वारा लेखन र निर्देशन गरिएको थियो। यसमा जेभियर बार्देम, पेनेलोपे क्रुज, स्कार्लेट जोहानसन र रेबेका हल मुख्य भूमिकामा छन्। चलचित्र स्पेनको बार्सिलोना, एबिलेस र ओबिएदोमा छायाङ्कन गरिएको थियो। यो एलेनको लगातार चौथो चलचित्र हो जुन संयुक्त राज्य अमेरिका बाहिर छायाङ्कन गरिएको थियो।

यस चलचित्रको प्रिमियर सन् २००८ कान चलचित्र महोत्सवमा भएको थियो। त्यसपछि यसले विश्वव्यापी रूपमा सामान्य रिलिज प्राप्त गरेको थियो जुन अगस्त १५, २००८ मा संयुक्त राज्य अमेरिकामा सुरु भएको थियो र जापानमा यसको जुन २००९ रिलिज सम्म विभिन्न देशहरूमा जारी रहेको थियो। चलचित्रले आलोचकहरूबाट प्रशंसा प्राप्त गरेको थियो, र चार गोल्डन ग्लोब पुरस्कारको लागि नामाङ्कन गरिएको थियो। क्रुजले सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेत्रीको लागि दुबै ओस्कर र बाफ्टा पुरस्कार जितेकी थिइन्।

                                     

1. कलाकार

  • स्कार्लेट जोहानसन क्रिस्टिनाको रूपमा
  • केभिडन मार्क नेसको रूपमा
  • जेभियर बार्देम हुआन एन्टोनियो गोन्जालोको रूपमा
  • क्रिस मेसिना डगको रूपमा
  • पेनेलोपे क्रुज मारिया एलेनाको रूपमा
  • रेबेका हल विक्कीको रूपमा
  • पेट्रिसिया क्लार्कसन जुडी नेसको रूपमा
                                     

2. बाह्य कडीहरू

  • विक्की क्रिस्टिना बार्सिलोना बक्स अफिस मोजोमा
  • विक्की क्रिस्टिना बार्सिलोना रटन टमेटोजमा
  • इन्टरनेट चलचित्र डेटाबेसमा विक्की क्रिस्टिना बार्सिलोना
  • विक्की क्रिस्टिना बार्सिलोना मेटाक्रिटिकमा
  • विक्की क्रिस्टिना बार्सिलोना द नम्बर्समा