Back

ⓘ आठ-हजारी




आठ-हजारी
                                     

ⓘ आठ-हजारी

आठ हजारीको अर्थ समुद्र सतहबाट ८००० मिटर भन्दा अग्लो पहाडहरू भन्ने हुन्छ । विश्वमा ८,००० मिटर भन्दा बढी उचाईका कुल १४ वटा हिमालहरु अवस्थित छन् । ती सबै एशियाको हिमालय र काराकोरम पर्वत श्रृंखलाहरूमा अवस्थित छन्।

अल्बर्ट एफ. मम्मेरी र जे. नरम्यान कोली मिलेर काश्मिर क्षेत्र हाल पाकिस्तान को नाङ्गो पर्वतमा सन १८९५ मा ८,००० मिटरमाथिको हिमाल आरोहणको पहिलो रेकर्ड बनाएका थिए । तर, दुर्भाग्य, आरोहणकै समयमा हिमपहिरोमा परी मम्मेरी तथा दुई गोर्खाली रघुविर गोमन सिंहको मृत्यु भएपछि यो अभियान असफल भयो ।

८,००० मिटरमाथिको हिमाल आरोहणको पहिलो सफल अभिलेख मौरिस हर्जोग र लुइस लाचेनले बनाएका थिए । उनीहरुले सन १९५० जुन ३ का दिन अन्नपूर्ण शिखरको चुचुरो चुमेका थिए ।