Back

ⓘ हीरा डोम




                                     

ⓘ हीरा डोम

हीरा डोम उन्नाइसौँ शताब्दीको प्रारम्भमा विद्यमान प्रथम दलित कविको रूपमा प्रख्यात साहित्यकार हुन् जसको उपलब्ध एक मात्र भोज्पुत्री कविता प्रसिद्ध सरस्वती पत्रिकामा प्रकाशित भएको थियो । उक्त कवितामा तत्कालीन सामाजिक, आर्थिक एवम् धार्मिक विसङ्गति-विडम्बनाको मार्मिक रूपमा विवेकपूर्ण अभिव्यक्ति गरिएको छ ।

                                     

1. जीवनी

हीरा डोमको जन्म सन् १८८५ तिर बिहार राज्यको पटना जिल्लाको दानापुरमा भएको थियो । उनको सम्पूर्ण जीवन चरित प्रायः अनुपलब्ध छ । डा. मातप्रसादले उनलाई वाराणसी निवासी भनेका थिए तर डा. रामविलास शर्मा र रमणिका गुप्ताले उनी पटना निवासी भएको मान्थे ।

                                     

2. रचना

उनको एक मात्र कविता "अछूत की शिकायत" कैथी: " उपलब्ध छ जुन महावीर प्रसाद द्विवेदीद्वारा सम्पादित सरस्वती पत्रिकाको सेप्टेम्बर १९१४ संस्करणको भाग १५, खण्ड २ मा प्रकाशन गरिएको थियो । कवि-समीक्षक मदन कश्यपले भने अनुसार हीरा डोमको कविता एक प्रसिद्ध पत्रिकामा प्रकाशित हुनु नै उनको कविताको ऐतिहासिक महत्त्वको प्रमाण भएपनि उनले हिन्दी तथा भोजपुरी संसारले उनको गहन अध्ययन गरेको भए उनका अझै रचनाहरू हाम्रो समक्ष उपलब्ध हुने थिए ।

                                     

2.1. रचना अछूत की शिकायत

हीरा डोमको कविता "अछूत की शिकायत" को प्रकाशन भएको लामो समय पछि हिन्दी संसारमा चर्चित गरेको श्रेय डा. रामविलास शर्मालाई दिइन्छ । सन् १९७७ मा प्रकाशन गरिएको शर्माको पुस्तक महावीर प्रसाद द्विवेदी और हिन्दी नवजागरण मा उनले डोमको कविता उद्धृत गरेका थिए । यसले गर्दा नै डोमको कवितामा थप पाठकको ध्यान आकर्षित भएको थियो ।

डा. शर्माले यस कविताको परिचय दिँदै लेखेका थिए, "सेप्टेम्बर १९१४ को सरस्वती मा पटनाको हीरा डोमको कविता अछूत की शिकायत प्रकाशित भयो । यो मूलतः भोजपुरीमा लेखिएको छ र सम्भवतः सो भाषामा लेखिएको एक मात्र कविता हो जुन द्विवेदी ज्यूको सरस्वती मा प्रकाशित भएको थियो । यो कविता उनलाई पठाइएको थियो किनभने कविताको माथि कोष्ठकमा प्राप्त लेखिएको थियो । हिन्दीमा यो भन्दा अगाडि र यस पछि पनि मैले कुनै पनि डोम बन्धुको कविता प्रकाशन भएको देखेको छैन ।"

अगाडि सम्पूर्ण कविता उद्धृत गरेपछि शर्माले टिप्पणीको रूपमा लेखेका थिए, "हीरा डोमले कसैबाट सरस्वती को नाम सुनेका थिए होला । मैथिलीशरण गुप्त झैँ सरस्वती मा कविता प्रकाशित गरी प्रसिद्ध कवि बन्ने स्वप्न देखेका थिए होला उनले तर उनलाई सरस्वती को माध्यमबाट आफ्नो गुनासो शिक्षित जन समक्ष पुर्याउनुथ्यो । द्विवेदी ज्यूले साहसपूर्वक त्यो कविता प्रकाशित गरे आफ्नो त्यो पत्रिकामा जसमा ठूल्ठूला व्यक्तिहरू आफ्नो रचनाहरू छपाउन लालाहित हुन्थे ।"

यो कविता प्रथम दलित कविताको रूपमा प्रतिष्ठित छ । यसमा निहित गहिरो वैचारिकता यसको रचनात्मक विशेषता हो । सुप्रसिद्ध दलित साहित्यकार शरणकुमार लिम्बाले अनुसार यसलाई दलित सोचको वर्तमान धाराको प्रथम रचना भन्न सकिन्छ किनभने यसमा यसमा दलित समुदायको गुनासो वा व्यथा मात्रै सुनाइएको छैन, यसमा आक्रोश र विरोध पनि जताइएको छ ।

यस कविताको पहिलो दुई हरफ निम्न प्रस्तुत छ:



                                     

3. महत्त्व

मदन कश्यप अनुसार यो कविता पढ्दा यो रात-दिन दुःख भोग्ने जनताको करुणाको होइन तर आत्मबलको अभिव्यक्ति हो भन्ने कुरा स्पष्ट हुन्छ । यसको शीर्षक "अछूत की शिकायत" पनि सरस्वती को सम्पादक वा अन्य कुनै व्यक्तिले राखेको हुन सक्छ । अन्यथा, यसको शीर्षक "अछूत की हुङ्कार" हुनुपर्ने थियो ।

डा. रामविलास शर्माले भने अनुसार,

"गाउँको सर्वहारा समुदायको वर्ग चेतना यहाँ पहिलो पटक प्रतिबिम्बित भएको छ । हीरा डोमको उक्त रचनामा जुन प्रतिरोधको स्वर छ, शोषण चक्रको भित्री तन्त्रको जुन पहिचान छ, श्रमिकको महत्त्वको ज्ञान छ, करुणा र व्यङ्ग्यको साथ आत्मसम्मानको जुन भावना छ, त्यो कुनै पनि अन्य हिन्दी कवितामा व्यक्त भएको छैन ।"

मदन कश्यपले भने अनुसार,

"आफ्नो रिस पोख्नुका साथै हीरा डोमले धर्म परिवर्तनको सूक्ष्मता र निरर्थकतालाई पनि रेखाङ्कित गरेका छन् । सामन्ती समाजमा श्रमलाई सबै भन्दा तल्लो श्रेणीमा राख्ने गरिन्छ र जसको कर्म जति श्रम विरोधी हुन्छ, उसलाई त्यति नै श्रेष्ठ मानिन्छ । हीरा डोमले यस कवितामा श्रमको प्रतिष्ठा र अपकर्मको निन्दाको माध्यमबाट सामन्ती समाजको एक ठूलो विपर्ययको उजागर गरेका छन् । यसको दोस्रो ठूलो विशेषता यो हो कि यस कविताले कुनै बौद्धिक विमर्श नजोडी केवल आफ्नो सहज अनुभवको आधारमा नै ईश्वर एक वर्गीय अवधराना हुन् भन्ने तथ्य स्थापित गर्न सफल हुन्छ ।"