Back

ⓘ बियोन्से: लेमनेड




                                     

ⓘ बियोन्से: लेमनेड

बियोन्से: लेमनेड अमेरिकी गायिका बियोन्सेद्वारा कार्यकारी रूपमा निर्मित साङ्गीतिक चलचित्र हो । अप्रिल २३, २०१६ मा एचबीओमा प्रसारित यस चलचित्रले सन् २०१६ मा सार्वजनिक गरिएको लेमनेड नामक एल्बमको भिडियोको काम गर्छ ।

                                     

1. पृष्ठभूमि

यो चलचित्र "इन्टुइशन" अनुवाद: "अन्तर्ज्ञान", "डिनायल" अनुवाद: "अस्वीकार", "एङ्गर" अनुवाद: "क्रोध", "एपथी" अनुवाद: "भावशून्यता", "एम्टीनेस" अनुवाद: "खालीपन", "अकाउन्टेबिलिटी" अनुवाद: "उत्तरदायित्त्व", "रिफोर्मेशन" अनुवाद: "सुधार", "फर्गिभनेस" अनुवाद: "क्षमा", "रिजरेक्शन" अनुवाद: "पुनरुत्थान", "होप" अनुवाद: "आशा" र "रिडेम्शन" अनुवाद: "मुक्ति" गरी एघार खण्डमा विभाजन गरिएको छ । यस चलचित्रमा बेलायती सोमाली कवयित्री वार्सन शायरद्वारा लेखिएका "दी अनबेयरेबल वेट अफ स्टेयिङ" अनुवाद: "यहीँ रहिरहनुको असहनीय भार", "डियर मून" अनुवाद: "प्रिय चन्द्र", "हाउ टू वेयर योर मदर्स लिपस्टिक" अनुवाद: "आफ्नी आमाको लिपस्टिक कसरी लगाउने", "नेल टेकनिशियन एज अ पाम रीडर" अनुवाद: "ज्योतिषको रूपमा सौन्दर्यविद" र "फर विमेन हू आर डिफिकल्ट टू लभ" अनुवाद: "माया गर्न गाह्रो महिलाका लागि" कविताहरूका पङ्क्तिको प्रयोग गरिएको थियो ।

                                     

2. कलाकार

यस चलचित्रमा इबेई, लाओलु सेनबान्जो, अम्यान्ड्ला स्टेनबर्ग, क्वभ्यानजने वालिस, क्लोई x ह्याली, जेन्डेया र सरीना विलियम्सको विशेष उपस्थिति रहेको छ । "फर्वर्ड" गीतको भिडियोमा ट्रेभन मार्टिनकी आमा सब्रिना फुल्टन, माइकल ब्राउनकी आमा लेस्ली म्याकफ्याडेन र एरिक गार्नरकी आमा ग्वेन कारले आ-आफ्ना छोराहरूको तस्वीर समातेको दृश्य समावेश गरिएको छ । जे-जी र बियोन्सेकी छोरी ब्लू आइभी, जे-जीकी हजुरआमा ह्याटी ह्वाइट र बियोन्सेकी आमा टिना नोल्स आफ्नो दोस्रो पति रिचार्ड लसनको साथमा यस चलचित्रमा देखिन्छन् ।

                                     

3. प्रतिक्रिया

आलोचनात्मक प्रतिक्रिया

बिलबोर्ड का मिरियम बेलले "स्वतन्त्र शक्तिशाली अफ्रिकी मूलकी महिलाले अन्य अफ्रिकी मूलका महिलाहरूलाई समावेश गरी बनाएको चलचित्र" लेमनेड लाई "कालो जातिको लागि नारीवादको क्रान्तिकारी कृति" भनी वर्णन गरिन् । बियोन्से र उनको पतिको कथामा अमेरिकी समाजमा अफ्रिकी मूलका व्यक्तिहरू प्रति गरिने व्यवहारलाई जोडी बियोन्सेले यस चलचित्र एल्बमको मध्यमबाट अफ्रिकी-अमेरिकी समुदायका मानिसहरूलाई एकताबद्ध रहने आह्वान गर्छिन् । अफ्रिकी मूलका महिलाहरूको आवाज दबाउने र उनीहरूलाई अन्य व्यक्तिहरू जस्तै अवसर प्रदान नगर्ने अमेरिकी समाजमा बियोन्सेको लेमनेड ले अरू कुनै मिडियामा नदेखिएको तरिकाले अफ्रिकी मूलका महिलाहरूको प्रतिनिधित्व गर्दै कठिनाइमा पनि हार नमान्ने क्षमतालाई मनाएकी छिन् । जून २०१६ मा म्याथ्यू फल्क्सले लेमनेड को ट्रेलरमा नक्कल उनको लघु चलचित्र प्यालीनोइया का नौ तत्त्वहरूलाई गरेको आरोपमा बियोन्से, सोनी म्यूजिक, कोलम्बिया रेकर्ड्स र पार्कवुड इन्टरटेनमेन्टलाई मुद्दा हालेका थिए । यद्यपि, न्यू योर्कका न्यायाधीश जेड एस. र्याकअफले सो मुद्दालाई खारेज गरिदिए ।