Back

ⓘ एभेन्जर्स: इन्डगेम




                                     

ⓘ एभेन्जर्स: इन्डगेम

एभेन्जर्स: इन्डगेम सन् २०१९ अमेरिकी सुपरहिरो चलचित्र हो जुन मार्भल कमिक्सको सुपरहिरो टीम द एभेन्जर्समा आधारित छ, जुन मार्भल स्टुडियोजद्वारा निर्मित र वाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्सद्वारा वितरित गरिएको छ। यो एभेन्जर्स: इन्फिनिटी वार को प्रत्यक्ष उत्तरकथा हो र मार्भल सिनेमेटिक युनिभर्स मा २२औँ चलचित्र हो। चलचित्र एन्थोनी र जो रुसोद्वारा निर्देशित गरिएको थियो र क्रिस्टोफर मार्कस र स्टिफन म्याकफिलीले लेखेका थिए, जसमा रोबर्ट डौनी जुनियर, क्रिस इभान्स, मार्क रफालो, क्रिस हेम्सवर्थ, स्कार्लेट जोहानसन, जेरेमी रेनर, डन चिडल, पल रुड, ब्री लार्सन, करेन गिलान, दानई गुरिरा, बेनेडिक्ट वोङ, जोन फेवरू, ब्राडली कुपर, गेनिथ पाल्ट्रो र जोस ब्रोलिन लगायतका कलाकारहरूको उपस्थिति छ। चलचित्रमा, एभेन्जर्सका जीवित सदस्यहरू र उनीहरूका सहयोगीहरूले इन्फिनिटी वारमा थानोसले गरेको क्षतिलाई उल्टाउने प्रयास गर्दछन्।