Back

ⓘ खुदा हाफिज




                                     

ⓘ खुदा हाफिज

खुदा हाफिज सन् २०२० मा सार्वजनिक गरिएको हिन्दी भाषाको एक्सन थ्रिलर चलचित्र हो। यो चलचित्रको लेखक र निर्देशक फारुक कबीर हुन्। यसलाई प्यानोरमा स्टुडियोज अन्तर्गत कुमार मङ्गत पाठक र अभिषेक पाठकद्वारा निर्माण गरिएको थियो। यस चलचित्रको प्रमुख भूमिकामा विद्युत जामवाल र शिवालिका ओबेरोय छन्, जबकि अन्नू कपूर, अहाना कुमरा र शिव पण्डित सहायक भूमिकामा रहेका छन्।

चलचित्रलाई डिज्नी+ हटस्टारमा सन् २०२० अगस्ट १४ मा प्रदर्शन गरिएको थियो।

                                     

1. कलाकार

  • विपिन शर्मा नदीमको रूपमा, अनसार प्रवासी भर्तीमा एजेन्ट/कर्मचारी
  • विद्युत जामवाल समीर चौधरीको रूपमा, नरगिसको पति
  • शिवालिका ओबेरोय नरगिस चौधरीको रूपमा, समीरको श्रीमती
  • आहाना कुमरा तमिना हामिदको रूपमा, आइएसए
  • शिव पण्डित फैज अबु मलिकको रूपमा, आइएसए र इज्टेकको सहयोगी
  • अन्नू कपूर उस्मान हमीद अली मुरादको रूपमा, नोमानमा ट्याक्सी चालक
  • नवाब शाह इज्टेक रेजिनीको रूपमा