Back

ⓘ द मार्सियन (चलचित्र)




                                     

ⓘ द मार्सियन (चलचित्र)

द मार्सियन एक सन् २०१५ विज्ञान काल्पनिक उत्तरजीविता चलचित्र हो जुन रिडले स्कटद्वारा निर्देशित र म्याट डेमनद्वारा अभिनित छ। एन्डि वीयरको सन् २०११ उपन्यास द मार्सियनले ड्रु गोडार्डद्वारा रूपान्तरित पटकथाको रूपमा काम गरेको थियो। यस चलचित्रमा एक अन्तरिक्ष यात्री लाई छोडेपछि मङ्गल ग्रहमा बाँच्नको लागि एक्लो सङ्घर्ष, र उनको उद्धार गर्न र पृथ्वीमा घर पुर्‍याउने प्रयासलाई देखाइएको छ। यसमा जेसिका चेस्टेन, जेफ डेनियल्स, क्रिस्टन विग, चिवेटेल एजियोफोर, शन बीन, माइकल पेना, केट मारा, सेबेस्टियन स्टेन, एक्सेल हेनी, म्याकेन्जी डेभिस, डोनाल्ड ग्लोभर र बेनेडिक्ट वोङले पनि अभिनय गरेका छन्।