Back

ⓘ द डार्क नाइट राइजेज




                                     

ⓘ द डार्क नाइट राइजेज

द डार्क नाइट राइजेज क्रिस्टोफर नोलनद्वारा निर्देशित सन् २०१२ को सुपरहिरो चलचित्र हो, जसले आफ्नो भाइ जोनाथन नोलनसँग पटकथा र डेभिड एस गोयरसँग कहानी लेखेका थिए। डिसी कमिक्स चरित्र ब्याटम्यानमा आधारित, यो नोलनको द डार्क नाइट ट्रिलोजीमा अन्तिम भाग, र द डार्क नाइट को उत्तरकथा हो। माइकल केन, गेरी ओल्डमन, एनी ह्याथवे, टम हार्डी, मारियोँ कोतियार, जोसेफ गोर्डन-लेविट, र मोर्गन फ्रिम्यानको साथ, क्रिस्टियन बेलले ब्रुस वेन / ब्याटम्यानको रूपमा अभिनय गरेका छन्। द डार्क नाइटको घटना भएको आठ वर्ष पछि, क्रान्तिकारी बेनको कारणले ब्रुस वेन आठ वर्षपछि ब्याटम्यानको रूपमा आउँछन् र गोथम सिटीलाई आणविक विनाशबाट बचाउँछन्।

                                     

1. कथा

नकाबधारी आतंककारी तथा लिग अफ स्याडोको पूर्व सदस्य, बेनले उज्वेकिस्तानमाथि उडान भरिरहेको सी आइ ए को जहाजबाट परमाणु भौतिकशास्त्री डा. लियोनिड पावेललाई अपहरण गर्छ र जहाजलाई क्र्यास गराउँछ।

द डार्क नाइट राइजेज फिल्म क्रिस्टोफर नोलनको ब्याटम्यान ट्रिलोजीको दोश्रो फिल्म द डार्क नाइट चलचित्र को अनुसार ८ वर्ष पछीको घटना हो । दिवंगत न्याधिवक्ता डिस्ट्रिक अटर्नी, हार्वी डेन्टलाई श्रद्धान्जलि स्वरूप डेन्ट एक्ट डेन्ट कानुन द्वारा गोथम पुलिस डिपार्टमेन्टलाई संगठित अपराधलाई समूल अन्त्यको लागि पूर्णतः अधिकार दिइन्छ । पुलिस कमिश्नर जेम्स गर्डन ग्यारी ओल्डम्यान लाई डेन्टको अपराधमाथि तथाकथित आदर्शद्वारा ढाकछोप गर्न संकोच महशुस हुन्छ। गर्डन राजीनामा दिएर सत्य कुरा बताउने कोसिस पनि गर्छन्, तर विद्यमान अवस्थालाई मध्यनजर गर्दै यस्तो काम गर्ने यो निर्णय उनी टारिदिन्छन् ।

                                     

2. कलाकार

  • गेरी ओल्डमन जेम्स गोर्डनको रूपमा
  • टम हार्डी बेनको रूपमा
  • क्रिस्टियन बेल ब्रुस वेन / ब्याटम्यानको रूपमा
  • मेरियन कोटिल्लर्ड मिरन्डा टेट / तालिया अल घुलको रूपमा
  • एनी ह्याथवे सेलिना काइल / क्याटवुमनको रूपमा
  • जोए किङ युवा तालिया अल घुलको रूपमा
  • माइकल केन अल्फ्रेड पेनीवर्थको रूपमा
  • जोसेफ गोर्डन-लेविट जोन ब्लेकको रूपमा
  • मोर्गन फ्रिम्यान लुसियस फक्सको रूपमा
                                     

3. बाह्य कडीहरू

  • द डार्क नाइट राइजेज अलमुभीमा
  • इन्टरनेट चलचित्र डेटाबेसमा द डार्क नाइट राइजेज
  • आधिकारिक वेबसाइट वार्नर ब्रोस
  • द डार्क नाइट राइजेज टीसीएम चलचित्र डाटाबेसमा
  • आधिकारिक वेबसाइट डिसी कमिक्स
  • द डार्क नाइट राइजेज शीर्षक सूचीबद्ध इन्टरनेट काल्पनिक डाटाबेसमा