Back

ⓘ देसमुदुरु




                                     

ⓘ देसमुदुरु

देसमुदुरु २००७ भारतीय तेलुगु भाषाको एक्शन चलचित्र हो जुन पुरी जगन्नाधद्वारा निर्देशित र युनिभर्सल मिडिया ब्यानर अन्तर्गत डीभीभी दानय्याद्वारा निर्मित हो। चलचित्रमा अल्लू अर्जुन र हन्सिका मोटवानी मुख्य भूमिकामा छन्, जबकि प्रदीप रावत र अली सहयोगी भूमिका छन्। फिल्म १२ जनवरी २००७ मा ४०० थिएटरमा रिलीज भएको थियो। यो चलचित्र अल्लू अर्जुनको जीवनवृतिको सबैभन्दा ठूलो ब्लकबस्टर र सफल चलचित्र हो। रम्भाले उनीसँगै आइटम नम्बरमा अभिनय गरेकी थिइन्। यस चलचित्रलाई हिन्दीमा एक ज्वालामुखी र मलयालम भाषामा हीरो:को रूपमा डब गरिएको थियो।

                                     

1. कलाकार

  • प्रदीप रावत तम्बी दुरईको रूपमा
  • हन्सिका मोटवानी वैशालीको रूपमा आवाज सौम्या शर्मा
  • चन्द्र मोहन चन्द्र मोहनको रूपमा
  • अल्लू अर्जुन बाला गोविन्दको रूपमा
  • अली शङ्कर / हिमालयन बाबाको रूपमा
                                     

2. कर्मी दल

  • संवाद: पुरी जगन्नाध
  • निर्देशक: पुरी जगन्नाध
  • छायाङ्कन: श्याम के नायडू
  • स्टन्ट्स: विजयन
  • सम्पादक: मार्तंड के. वेङ्कटेश
  • कथा: पुरी जगन्नाध
  • निर्माता: डीभीभी दानय्या
  • सङ्गीत: चक्री