Back

ⓘ अब्दुल्लाह गुल




अब्दुल्लाह गुल
                                     

ⓘ अब्दुल्लाह गुल

अब्दुल्लाह ग्युल टर्कीको ११ औँ राष्ट्रपति थिए। उनी २००२ र २००३ को बिचमा र महिना प्रधानमन्त्री र २००३ देखि २००४ सम्म विदेश मन्त्री पनि थिए। हाल उनी इस्लामिक डेभलपमेन्ट बैङ्कको सल्लाहकार प्यानल को अध्यक्ष छन्।

                                     

1. राष्ट्रपतिकाल २००७-१४

प्रधानमन्त्री रजेप तैयप एर्दोगान ले २४ अप्रिल २००७ मा अब्दुल्लाह ग्युल २००७ को टर्किस राष्ट्रपतीय निर्वाचनको लागि जस्टिस एण्ड डेभलपमेन्ट पार्टीको तर्फबाट उम्मेदवार हुनेछन्।" भनेर घोषणा गरे। यस अघि, एर्दोगान आफै पार्टिको उम्मेदवार बन्ने अनुमान गरिएको थियो, जसले गर्दा विपक्षीहरू उत्तेजित भए। जब विपक्षी पार्टीहरूले संसदको निर्वाचन प्रक्रिया बहिस्कार गरेर संसद नचल्ने भयो, तब ६ मे २००७ मा गुलले आफ्नो उम्मेदवारी फिर्ता लिए। यदि उनी निर्वाचित भएका भए उनी स्लामिस्ट पार्टीमा संलग्न हुने पहिलो राष्ट्रपति बन्थे। तर केहि दिन पछि, ११ मे २००७ मा, टर्किस संविधानमा केही बदलाब पछि राष्ट्रपति संस्स्दीय मतबाट नभई प्रत्यक्ष जनताबाट निर्वाचित हुने भएपछि, गुलले उम्मेदवार बन्ने घोषणा गरे।