Back

ⓘ स्पाइडर-म्यान: फार फ्रम होम




                                     

ⓘ स्पाइडर-म्यान: फार फ्रम होम

स्पाइडर-म्यान: फार फ्रम होम मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित सन् २०१९ अमेरिकी सुपरहिरो चलचित्र हो, जुन कोलम्बिया पिक्चर्स र मार्भल स्टुडियोजद्वारा सह-निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको छ। यो मार्भल सिनेमेटिक युनिभर्स मा २३औँ चलचित्र, र सन् २०१७ मा आएको स्पाइडर-म्यान: होमकमिङको उत्तरकथा हो। यस चलचित्रको निर्देशन जोन वाट्सद्वारा गरिएको छ, र पटकथा क्रिस म्याककेना तथा एरिक सोमर्सद्वारा लेखिएको छ। चलचित्रमा टम हल्यान्ड, शमूएल ज्याक्सन, जेन्डेया, कोबी स्मल्डर्स, जोन फेवरू, जेबी बी स्मूव, जेकोब बेटालन, मार्टिन स्टार, मारिसा टोमेई र जेक जिलेनहाल आदिले मुख्य भूमिका खेलेका छन्। स्पाइडर-म्यान: फार फ्रम होममा, युरोपको स्कूलको यात्रामा आएका पिटर पार्करलाई निक फ्युरी र मिस्टीरियोद्वारा इमेन्टल्सको सामना गर्न भर्ती गरिन्छ।

                                     

1. कलाकार

  • जेकोब बेटालन नेड लीड्सको रूपमा
  • टम हल्यान्ड पिटर पार्कर / स्पाइडर म्यानको रूपमा
  • कोबी स्मल्डर्स मारिया हिलको रूपमा
  • मार्टिन स्टार रोजर ह्यारिंगटनको रूपमा
  • जेबी बी स्मूव जूलियस डेलको रूपमा
  • शमूएल ज्याक्सन निक फ्युरीको रूपमा
  • जेक जिलेनहाल क्वेंटिन बेक / मिस्टीरियोको रूपमा
  • जेन्डेया एमजेको रूपमा
  • मारिसा टोमेई मे पार्करको रूपमा
  • जोन फेवरू हेरोल्ड "ह्याप्पी" होगनको रूपमा