Back

ⓘ स्पाइडर-म्यान: होमकमिङ




                                     

ⓘ स्पाइडर-म्यान: होमकमिङ

स्पाइडर-म्यान: होमकमिङ सन् २०१७ को अमेरिकी सुपरहिरो चलचित्र, जुन मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित छ। चलचित्र मार्भल स्टुडियोज र कोलम्बिया पिक्चर्सद्वारा निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको हो। यो स्पाइडर म्यान चलचित्र श्रृङ्खलाको दोस्रो रिबुट र मार्भल सिनेमेटिक युनिभर्समा १६औँ चलचित्र हो। चलचित्रको पटकथा जोनाथन गोल्डस्टीन, जोन फ्रान्सिस डेली, वाट्स, क्रिस्टोफर फोर्ड, क्रिस म्याककेना र एरिक सोमर्सद्वारा लेखिएको हो, र चलचित्र जोन वाट्सद्वारा निर्देशित छ। चलचित्रमा टम हल्यान्ड, माइकल किटन, जोन फेवरू, गेनिथ पाल्ट्रो, जेन्डेया, डोनाल्ड ग्लोभर, जेकोब बेटालन, लौरा ह्यारियर, टोनी रेवेलोरी, बुकिम वुडबाइन, टाइन डेले, मारिसा टोमेई र रोबर्ट डौनी जुनियर प्रमुख भूमिकामा छन्। स्पाइडर-म्यान: होमकमिङमा, पीटर पार्कर आफ्नो उच्च विद्यालय जीवनको साथ नायक स्पाइडर म्यानलाई पनि सन्तुलित गर्न को लागि कोशिश गर्दछ।

                                     

1. कलाकार

  • माइकल किटन एड्रियन टोम्स / गिद्धको रूपमा
  • टोनी रेवेलोरी यूजीन "फ्ल्यास" थम्पसनको रूपमा
  • मारिसा टोमेई मे पार्करको रूपमा
  • जोन फेवरू हेरोल्ड "ह्याप्पी" होगनको रूपमा
  • टम हल्यान्ड - पिटर पार्कर / स्पाइडर म्यानको रूपमा
  • जेकोब बेटालन नेडको रूपमा
  • टाइन डेले ऐनी मेरी होआगको रूपमा
  • रोबर्ट डौनी जुनियर टोनी स्टार्क / आयरन म्यानको रूपमा
  • गेनिथ पाल्ट्रो पीपर पट्सको रूपमा
  • डोनाल्ड ग्लोभर आरोन डेभिसको रूपमा
  • लौरा ह्यारियर लिज को रूपमा
  • बुकिम वुडबाइन हरमन शुल्त्स / शकर II को रूपमा
  • जेन्डेया मिशेल "एमजे" को रूपमा