Back

ⓘ हेमन्त शर्मा (पत्रकार)




हेमन्त शर्मा (पत्रकार)
                                     

ⓘ हेमन्त शर्मा (पत्रकार)

हेमन्त शर्मा एक वरिष्ठ भारतीय पत्रकार, लेखक र भारत टिभी च्यानलका पूर्व समाचार निर्देशक हुन्। हाल उनी टिभी ९ भारतवर्ष न्यूज च्यानलमा समाचार निर्देशकको रूपमा कार्यरत छन्। उनी अयोध्याका चश्मदिद र युद्द मे अयोध्या पुस्तकका लेखक हुन्।

                                     

1. बाल्यकाल

हेमन्त शर्माको जन्म २७ सेप्टेम्बर १९६२ मा वाराणसी, उत्तर प्रदेशमा भएको थियो। पद्मश्री पुरस्कारद्वारा सम्मानित उनका बुबा, मनु शर्मा उर्फ ​​हनुमान प्रसाद शर्मा प्रख्यात हिन्दी लेखक थिए जसले आठ खण्डहरू समाविष्ट सबैभन्दा ठूलो हिन्दी उपन्यास कृष्ण की आत्मकथा अनुवादित = कृष्णको आत्मकथा लेखेका थिए। उनका बुबालाई प्रधानमन्त्रीले नरेन्द्र मोदीले स्वच्छ भारत अभियानका लागि नवरत्न मध्ये एकमा मनोनित गरेका थिए। हेमन्तको शिक्षा वाराणसीमा भएको थियो। उनले कलामा स्नातकोत्तर र विद्यावारिधी हासिल गरेका छन्। उनले वनारसबाट हिन्दु विश्वविद्यालय, वाराणसीबाट विद्यावारिधी हासिल गरेका थिए। हेमन्त शर्माले सन् १९८३ मा धेरै कलिलो उमेरमा पत्रकारको रूपमा आफ्नो कार्यकाल सुरु गरेका थिए।

                                     

2. कार्यकाल

हेमन्त शर्माले आफ्नो पत्रकारिता इन्डियन एक्सप्रेस लिमिटेडद्वारा प्रकाशित हिन्दी दैनिक जनसत्ताबाट सुरु गरेका थिए। उनका महाकुम्भ सम्बन्धी प्रतिवेदनहरू बेलायती समाचार पत्र लन्डन टाइम्समा प्रकाशित भएको थियो। हेमन्त शर्मा भारत टिभीमा आउनु अघि जनसत्ताका विभागका प्रमुखको रूपमा कार्यरत थिए। उनले सन् २००६ मा यसको निर्देशकको रूपमा भारत टिभीमा सामेल भएका थिए। यद्यपि उनले सन् २०१७ मा सङ्गठन छोडेका थिए। हेमन्त शर्माले सन् २०१९ मा टिभी९ भारतवर्ष नामक दूरदर्शनमा यसको समाचार निर्देशकको रूपमा सेवा दिन सुरु गरेका थिए।

                                     

3. प्रकाशित कार्यहरू

  • तमाशा मेरे आगे, प्रभात प्रकाशन, दिल्ली
  • युद्ध मे अयोध्या युद्धमा अयोध्या, प्रभात प्रकाशन, दिल्ली
  • अयोध्याका चश्मादिद, प्रभात प्रकाशन, दिल्ली
  • द्वितीयोनास्ती, प्रभात प्रकाशन, दिल्ली