Back

ⓘ ग्रामीण दूरसञ्चार विकास कोष



                                     

ⓘ ग्रामीण दूरसञ्चार विकास कोष

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार संचालनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा ३० को उपदफा वमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले स्थापना गरेको कोषको नाम ग्रामीण दूरसञ्चार विकास कोष हो।

दूरसञ्चार सेवा प्रदायकहरूले प्राप्त गरेको वार्षिक आयको प्राधिकरणले तोके बमोजिमको रकम प्रत्येक वर्ष सो कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ। हाल सेवा प्रदायकहरूले आफ्नो वार्षिक आयको दुई प्रतिशतले हुन आउने रकम उक्त कोषमा जम्मा गर्न तोकिएको छ। कोषमा जम्मा भएको रकम प्राधिकरणले नेपाल सरकारको दूरसञ्चार सम्बन्धी नीतिको अधीनमा रही ग्रामीण क्षेत्रमा दूरसंचार सेवाको विकास, विस्तार संचालनका लागि प्रयोग गर्ने गर्दछ। दूरसञ्चार सेवाको विकास, विस्तार सञ्चालन गर्नको लागि प्राधिकरणले कुनै अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकलाई तोक्न सक्ने र त्यस्तो अनुमतिपत्र प्राप्त सेवा प्रदायकले प्राधिकरणले तोके वमोजिमको ग्रामीण क्षेत्रमा दूरसञ्चार को विकास, विस्तार सञ्चालन गर्नु पर्ने व्यवस्थासमेत ऐनमा गरिएको छ ।

                                     

1. कोष अन्तर्गतका परियोजनाहरु

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर हाल मुख्यतः दुई परियोजनाहरु संचालनमा छन्।

अप्टिकल ब्याकबोन नेटवर्क परियोजना

यस परियोजनाका मुख्य लक्ष्यहरु यस प्रकार छन्।

  • मध्य पहाडि लोकमार्गलाई आधार बनाई राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरु तथा उत्तर दक्षिण राजमार्गहुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने गरी अप्टिकल फाइवर सञ्जाल बिच्छाइ सबै जिल्ला सदरमुकाम तथा नगरपालिकाहरूलाई सूचना मार्गले जोड्ने।
  • अप्टिकल फाईवरको सञ्जाल बनाउन तथा सञ्चालन गर्न ३ खण्डमा विभाजन गरी कार्य अगाडि बढाउने।

ब्रोडब्याण्ड एक्सेस नेटवर्क परियोजना

यस परियोजनाका मुख्य लक्ष्यहरु यस प्रकार छन्।

  • नेपालका सबै जिल्लाहरुका नगरपालिका, गाउँपालिका, वडा कार्यलय, शैक्षिक संस्था, स्वास्थ्य संस्था आदिमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन १८ वटा प्याकेज बनाइ कार्य अगाडि बढाउने।
  • भूकम्पबाट अति प्रभावित ११ जिल्ला का नगरपालिका, गाउँपालिका, वडा कार्यालय शैक्षिक संस्था र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने कार्य प्राथमिकताका साथ गर्ने।
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →