Back

ⓘ गाल गादोत



गाल गादोत
                                     

ⓘ गाल गादोत

गाल गादोत एक इजरायली अभिनेत्री, मोडल तथा निर्मात्री हुन्। १८ वर्षको उमेरमा, उनलाई मिस इजरायल सन् २००४ को ताज दिइएको थियो। उनले इजरायल प्रतिरक्षा बलमा फिटनेस/लडाई तत्परता प्रशिक्षकको रूपमा लागि दुई वर्षसम्म सेवा गरेकी थिइन्, त्यसपछि उनले आइडिसी हर्जलिया कलेजमा कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गर्न गर्दै आफ्नो मोडलिङ र अभिनय करियर निर्माण गरेकी थिइन्।

गादोतको पहिलो अन्तर्राष्ट्रिय चलचित्र भूमिका फास्ट एन्ड फ्युरियस सन् २००९ मा जिसेल यासरको रूपमा आएको थियो, जुन चलचित्र फ्रेन्चाइजीको पछिल्ला किस्ताहरूमा उनले पुनःप्रदर्शन गरेकी थिइन्। उनले डिसी एक्सटेन्डेड युनिभर्समा डायना प्रिन्स / वन्डर वुमनको चित्रणका लागि विश्वव्यापी मान्यता प्राप्त गरेकी थिइन्, जुन ब्याटम्यान भि सुपरम्यान: डन अफ जस्टिस सन् २०१६बाट सुरु गर्दै, एकल चलचित्र वन्डर वुमन र इन्सेम्बल जस्टिस लिग दुबै सन् २०१७ लाई पछ्याएको थियो। सन् २०१८ मा, टाइम पत्रिकाले गादोतलाई विश्वको १०० प्रभावशाली व्यक्ति मध्ये एक भनेर नाम दिएको थियो, र उनी विश्वको सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीहरू मध्ये एक हुन्।

                                     

1. प्रारम्भिक जीवन

गादोतको जन्म सन् १९८५ अप्रिल २० का दिन इजरायलको पेताह तिक्वाहको एक सहर रोस हेइनमा भएको थियो। उनको बुबा एक अभियान्त्रिकीको रूपमा काम गर्दथे भने उनकी आमा एक विद्यालयकी शिक्षिका तथा शारीरिक व्यायाम प्रशिक्षक थिइन्। उनको आमाबुबा दुवै इजरायलमा जन्मिएका थिए भने उनको दाजु युरोपको एक आप्रवासी थिए। नाजी सेनाको आक्रमणका बेला उनको दाजु एक एकाग्रता शिविर कैदी थिए भने उनले आफ्नो सबै वंशजहरूको तथा परिवारको इतिहासको दृष्टिकोणमा आफ्नो छाप छोड्दै छुट्टै पहिचान बनाएका थिए। गादोतको जन्मको थर ग्रिनस्तिन भएतापनि उनका बुबाआमाले यहुदी संस्कारलाई आत्मसाथ गर्दै उनको थर गादोत राखिदिएका थिए जसको अर्थ नदीको किनार हुन्छ। उनको जन्म पश्चात् उनको नाम गाल राखिएको थियो जसको अर्थ पानी हुन्छ भने यसले लहरको प्रतिनिधित्व गर्दछ। गाल अस्ट्रेलियाली, जर्मनेली र यहुदी वंशकी भएतापनि उनले आफुलाई एक इजरायल ठान्दछिन्।

गालको जन्म भएपश्चात् उनको परिवारले शीघ्रनै तेल अभिबमा बसाइँसराइ गरेको थियो जसकारण गालको सम्पूर्ण बाल्यकाल त्यही व्यतीत भएको थियो। उनको परिवारले उनलाई धेरै कुराहरूमा रोक नलगाएका कारण उनी निकै स्वतन्त्र थिइन् भने उनी सानै उमेरदेखि खेल प्रेम भएका कारण उनले थुप्रै खेल प्रतियोगिताहरूमा भाग खेलेकी थिइन् र पछि उनी युवा भएपछि मटरसाइकल चलाउन निकै मन पराउँदथिइन्। इजराइलको राजधानीमा गादोतले एक विशेष विद्यालयमा अध्ययन गरेकी थिइन् जहाँ उनले जीव विज्ञान विषयमा गहन रूपबाट लागिपरेकी थिइन् भने उनले घरमा विभिन्न जनावरहरू पनि पालेकी थिइन्। अध्ययन बाहेक उनी प्रायः बास्केटबल, भलिबल मैदान, टेनिस वा स्नुकर खेलमा रुचि राख्दथिइन्। गादोत एक जीवविज्ञानी वा चलचित्रकर्मी बन्न चाहन्थिन् तर उनले पछि थप अध्ययन गर्ने निर्णय गर्दै एक क्याम्पसलाई चयन गर्दै पढ्नका लागि उपयुक्त विश्वविद्यालय खोज्न सुरु गरेकी थिइन्। सन् २००४ मा गादोतले मिस इजरायल नामक एक सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् भने उक्त प्रतियोगिता उनले जित्न सफल भएकी थिइन् जतिबेला उनी मात्र १८ वर्षकी थिइन्। मिस इजरायल बनेपश्चात् उनको जीवनले एक तीव्र मोड लिएको थियो भने उनलाई विभिन्न पत्रिपत्रिका तथा विज्ञापनहरूमा आमन्त्रण गरिएको थियो।

                                     

2. अभिनय कार्यजीवन

गादोतले अभिनय गर्न सुरु गर्नु भन्दा अगाडि उनको लक्ष्य एक अभिनय संस्थाको प्रबन्धक बन्नु थियो भने पछस उनले सन् २००४ मा आयोजित मिस इजरायल नामक एक सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन्। १८ वर्षको उमेरमा उनले मिस इजरायलको उपाधि जित्न सफल भएकी थिइन् जुन उनको पहिलो सफलता थियो। गादोतले मिस इजरायलको उपाधि जित्न सफल भएपछि उनले सोही वर्ष मिस युनिभर्सको एक प्रतियोगीको रूपमा पनि भाग लिएकी थिइन्। गादोतले यस प्रतियोगितामा भाग लिनका लागि इक्वेडरको राजधानीमा गएकी थिइन् जहाँ उनी उत्कृष्ट पन्ध्र भित्र नपरेका कारण उनी पुनः तेल अभिव फर्किएकी थिइन्। उक्त प्रतियोगिताबाट बाहिरिएतापनि गादोतले अभिनय क्षेत्र तर्फ रुचि देखाएकी थिइन् भने उनले जितेको मिस इजरायलको उपाधि उनका लागि प्रेरणा बनेको थियो। त्यसपछि गादोतले दुई वर्ष इजरायली रक्षा बलमा समय बिताएकी थिइन् जहाँ उनी एक शारीरिक प्रशिक्षकको रूपमा कार्यरत थिइन्। सेनाबाट छुट्टी प्राप्त गरिपछि उनले एक विश्वविद्यालयमा कानुन विषयको अध्ययन गरेकी थिइन्। विश्वविद्यालयमा अध्ययनरत रहँदाको दोस्रो वर्ग उनलाई क्वान्टम अफ सोलेस नामक एब चलचित्रका निर्देशकले उनलाई चलचित्रमा अभिनय गर्नका लागि आमन्त्रित गरेका थिए।

गादोतले १८ वर्षकै उमेरमा नागरिक कर्तव्य पुरा गर्नका लागि सेनामा भर्ती भएकी थिइन्। इक्वेडोरबाट फर्किने वित्तीकै गादोतले इजरायली सुरक्षा बलमा एक शारीरिक प्रशिक्षकको रूपमा दुई वर्ष सेवा गरेकी थिइन्। दुईवर्षको कार्यकालमा गादोतले तानाशाही हतियारहरू प्रयोग गर्ने बारे सिकेकी थिइन्। गाद‍तले त्यस समय मेक्सिम पत्रिकामा पनि काम गरेकी थिइन्। दोस्रो लेबनान युद्ध पश्चात् इजरायलको विदेश मन्त्रालयको पहलमा, "यहूदी राज्य र इजरायल सेनाको छविलाई सुधार गर्नका लागि पुरुषहरूको पत्रिका मेक्सिमले सैन्य सेवामा कार्यरत गादोतको साथ एक तस्वीर सत्र "इजरायली सेनाको महिला" नामक एक कार्यक्रम आयोजन गरेको थियो। उक्त कार्यक्रममा गादोतका केही तस्वीरहरू खिचिएको थियो जुन न्युयोर्क पोस्टको पहिलो पृष्ठमा छापिएको थियो। सैन्य सेवामा कार्यरत रहँदै गर्दा कामुक रूपमा तस्वीर खिचाएका कारण गादोत विवादमा तानिएकी थिइन् तर प्रसिद्ध पुरुषहरूको पत्रिकाका पुरै सम्पादकीय कर्मचारीहरूले उनलाई खुबै रुचाएका थिए। इजरायली सुरक्षा बलबाट छुट्टी प्राप्त गरेपछि गादोत पुनः मेक्सिम पत्रिकाको मुख्य पृष्ठमा देखिएकी थिइन् जतिबेला उनी एक हलिउड अभिनेत्री बनिसकेकी थिइन्। गादोतले त्यसपछि सौन्दर्यता बढाउने सामग्रीहरूको विज्ञापनामा अभिनय गर्न सुरु गरेकी थिइन् भने उनी कोस्मोपोलिटन, ग्ल्यामर, ब्राइड पत्रिका र एफएचएम नामक केही पत्रिकाको सुरुवाती पृष्ठमा देखिएकी थिइन्। सन् २००७ मा गादोतले इजरायली ब्रान्ड कास्त्रोको साथ एक अनुबन्धमा हस्ताक्षर गरेकी थिइन् भने उनी नियमित रूपमा नयाँ सङ्ग्रहहरूमा देखा परेकी थिइन्। सन् २०१० मा उनी वास्तविक दूरदर्शन कार्यक्रम "ब्युटिफुल लाइफ"मा भाग लिएकी थिइन् जसको नियमको अनुसार ६ युवा मोडलहरूले न्यूयोर्कमा एक मोडलिङ संस्थाको साथ एक अनुबन्धका लागि प्रतिस्पर्धा गरेका थिए। सन् २०१३ मा गादोतलाई इजरायलमा सबैभन्दा प्रसिद्ध अभिनेत्रीहरू मध्ये एकको रूपमा मान्यता दिइएको थियो जो बार राफेल पछि दोस्रो स्थानमा थिइन्।

                                     

3. व्यक्तिगत जीवन

गादोतले सन् २००८ सेप्टेम्बर २८ का दिन आफ्नो प्रेमी, एक इजरायली व्यवसायी यारोन भर्सानोसँग विवहा गरिकी थिइन् भने सन् २०११ मा उक्त जोडीको पहिलो सन्तानको रूपमा छोरी अल्माको जन्म भएको थियो। उनहरूको दोस्रो सन्तानको रूपमा छोरी मायाको सन् २०१७ मा जन्म भएको थियो। उनको श्रीमान यारोनसँन तेल अभिबमा आरमदायी होटेर रहेको थियो तर सन् २०१५ मा उनले उक्त होटेललाई रोमन अब्रामोबिचलाई २६ मिलियन डलरमा बेचिदिएका थिए। गादोत इजरायलकी एक प्रसिद्ध अभिनेत्री तथा मोडल हुन् जसले फास्ट एन्ड फ्युरियस नामक चलचित्र प्रदर्शित भएपश्चात् हलिउडमा पहचान हासिल गरेकी थिइन्। गालको श्रीमान उनीहरूको विवहा हुनुभन्दा अगाडिनै निकै सफल व्यवसायी बनिसकेका थिए। उनी गादोत भन्दा दश वर्षले जेठा छन्।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →