Back

ⓘ वाल-ई




                                     

ⓘ वाल-ई

वाल-ई 2008 को अमेरिकी विज्ञान काल्पनिक कम्प्युटर एनिमेटेड चलचित्र हो जसलाई पिक्सार एनिमेसन स्टुडियोज्ले वाल्ट डीज्नी पिक्चर्सकोलागि निर्माण गरेको हो । एन्ड्रयु स्टान्टनले यसलाई निर्देशन गरेका हुन् साथै उनले जीम रियर्डनसँग मिलेर यो चलचित्रको पटकथा लेखेका हुन् । यसको कथा पनि एन्ड्रयु स्टान्टन र पिट डोक्टरबाट लेखिएको हो । यसमा बेन बर्ट, एलिसा नाइट, जेफ् गार्लिन, जन र्‍याट्जेनबर्गर, क्याथी नाजिमी र सिगर्नी विभरको आवाज र फ्रेड विलार्डको अभिनय रहेको छ । यो काथा एउटा वाॅल-ई अर्थात वेस्ट एलोकेसन् लोड लिफ्टर अर्थ् क्लास् नामक रोबोटको बारेमा हो । भबिस्यमा फोहोर भएको र मरुभूमि बनेको पृथ्वीको सफाइकोलागि बनाइएको रोबोटहरूको टोलीमा उ अन्तिम रोबोट थियो ।