Back

ⓘ कासिम सुलेमानी




कासिम सुलेमानी
                                     

ⓘ कासिम सुलेमानी

कासिम सुलेमानी solejmɒːˈniː" ; ११ मार्च १९५७ – ३ जनवरी २०२०) ईस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स को एक इरानी मेजर जनरल थिए। १९९८ देखि २०२० मृत्यु सम्म उक्त जिम्मेवारीमा रहेका कुद्स फोर्स का कमाण्डर थिए। सुलेमानी ईरानको राज्यक्षेत्रातीत सैन्य र गुप्त अभियानको प्रमुख थिए।

सुलेमानीले आफ्नओ सैन्य करियर को सुरुवात इराक-इरान युद्धको दौरान १९८०को दशकमा सुरु गरेका थिए, जहाँ उनले ४१ औँ डिभिजन फौजको नेतृत्व गरे। पछि उनी लेबनानको हिजबुल्लाह समुहलाई सन्य सहायता पुर्याउने राज्यक्षेत्रातीत अभियानमा सहभागी भए। सन् २०१२ मा, सुलेमानीले सिरियाली गृहयुद्धको समयमा बसर अल असदको सरकारलाई मजबुत बनाउन सहयोग गरे र सिरियामा रसियाली सैन्यको उपस्थितिको लागि योजना बनाए। सुलेमानीले इराकी सरकार शिया मिलिशिया पपुलर मोबिलाइजेशन फोर्सेजको संयुक्त बलको पनि सहायता गरे जसले २०१४-२०१५ मा आईएसआईएस विरुद्ध लडाइँ लडेको थियो । Soleimani was one of the first to support Kurdish forces, providing them with arms.

सुलेमानी इरानी जनताको माझ निकै लोकप्रिय थिए। उनका समर्थकहरू उनलाई एक राष्ट्रनायकको रूपमा हेर्थे। सुलेमानीलाई संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घ्ले प्रतिबन्ध गरेको थियो, and was designated as a terrorist by the United States.

३ जनवरी २०२० मा इराकको बग्दाद इन्टरनेसनल एयरपोर्टअमा भएको अमेरिकी ड्रोन हमलामा सुलेमानी मारिए। जुन आदेश राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका थिए। उनको अन्तिम संस्कार इराक र इरानमा भयो। उनको अन्तिम अन्त्येष्टि भएको केही घण्टा पछि ७ जनवरी २०२०, मा इरानी सैन्यले इराकमा रहेको अमेरिकी सैनिक शिविरमा क्षेप्यास्त्र हमाला गर्यो । कुनै पनि अमेरिकी तथा इराकी मानवीय क्षति भएन।

सुलेमानी पश्चात् इस्माइल गनीलाई कुद्स फोर्सको कमाण्डर बनाइयो।

जनरल सुलेमानी ईरानको एक खास नायक थिए । उनको कुद्स फोर्सले सिधै देशको सर्वोच्च नेता आयतोल्लाह अली खमेनेईलाई रिपोर्ट गर्थ्यो। सुलेमानीको पहिचान देशको वीरको रूपमा थियो। सुलेमानीलाई पश्चिम एसियामा ईरानी गतिविधिहरूलाई कार्यन्ययन गर्ने प्रमुख रणनीतिकार मानिन्थ्यो ।