Back

ⓘ बाङ्लापिडिया



बाङ्लापिडिया
                                     

ⓘ बाङ्लापिडिया

बाङ्लापिडिया वा बङ्गलादेशको राष्ट्रिय विश्वकोश, बङ्गलादेशको एसियाली समाजद्वारा प्रकाशित एक द्विभाषी तथा पहला बङ्गलादेशको पहिलो विश्वकोश हो। बाङ्लापिडिया बाङ्ला तथा अङ्ग्रेजी गरी दुई भाषामा उपलब्ध छ। यस विश्वकोशलाई पहिलोपटक सन् २००३ मा ५०० पृष्ठहरूको १० खण्ड सहित प्रत्ययेक दुई वर्षमा अद्यावधिक गर्ने योजनाको साथ प्रकाशित गरिएको थियो। मुद्रित तथा आनलाइन संस्करण बाहेक यो सीडी रोममा पनि उपलब्ध रहेको छ। बाङ्लापिडियाको दोस्रो संस्करण सन् २०१२ मा प्रकाशन गरिएको थियो।

बाङ्लापिडिया एक सामान्य ज्ञानकोशको रूपमा नभई बङ्गलादेश सम्बन्धीत विषयको ज्ञानकोशको रूपमा बनोट गरिएको थियो। विश्वकोशिय उद्देश्यका लागि बङ्गलादेशलाई ऐतिहासिक उत्तराधिकारमा प्राचीन पूर्वी भारत, बङ्गला सुबा, शाही बङ्गालाह, मुगल सुबा बङ्गला, बङ्गाल प्रेसिडेन्सी, बङ्गाल प्रान्त, पूर्वी बङ्गाल, पूर्वी पाकिस्तान र स्वतन्त्र बङ्गलादेश समाहित क्षेत्रको रूपमा परिभाषित गरिएको छ।।

बाङ्लापिडियाका प्रमुख सम्पादक सिराजुल इस्लाम हुन्। बाङ्लापिडियाका प्रमुख सम्पादकहरू १२०० भन्दा बढी छन् जसमा बङ्गलादेशका भाषाविद्, विश्वविद्यालयका प्रवक्ता तथा केही विदेशी सम्पादकहरू सामेल छन् जसले बाङ्लापिडियामा पृष्ठ निर्माण तथा अद्यावधिक गर्नमा सहयोग पुर्‍याउँछन्। बाङ्लापिडियामा ५७०० भन्दा बढी लेखहरू रहेका छन् जुन ६ विभिन्न श्रेणीहरूमा विभाजित गरिएको छ जसलाई निरीक्षकहरू द्वारा निरीक्षण गरिन्छ।

यो परियोजनालाई बङ्गलादेशी सरकार, निजी क्षेत्रका सङ्गठनहरू, शैक्षिक संस्थान तथा युनेस्कोद्वारा कोष प्राप्त भएको छ। यसको मूल बजेट ८,००,००० टाका लगभग १०,००० अमेरिकी डलर भएतापनि एसियाटिक सोसाइटीले यस परियोजनामा ​​८ करोड टाका लगभग १ लाख अमेरिकी डलर खर्च गरेको थियो। बङ्गलादेश मुक्ति युद्ध तथा आदिवासी जनजातिको पृष्ठमा विवादको उत्पन्न भएतापनि यो बङ्गाली तथा अङ्ग्रेजी भाषामा उपलब्ध भएपछि लोकप्रिय बनेको थियो।

                                     

1. विवाद

बाङ्लापिडियाको प्रकाशित हुनुभन्दा अघि नै विवाद खडा भयो, जब बङ्गलादेशको प्रमुख अखबार प्रकाशन इनकिलाब समूहले धर्म र यससम्बन्धी मुद्दाहरूमा केही प्रविष्टि गरेको थियो। बङ्गलादेश मुक्ति युद्धको क्रममा जमात-ए-इस्लामीको गतिविधिहरू छुटाइएको गुनासोहरू पनि पछि आएको थियो। बिडिनिउज २४ डटकम, एक समाचार पत्रले गरेको अध्ययनले बाङ्लापिडिया पक्षपाती र बङ्गलादेशको आदिवासी जनसङ्ख्याको बारेमा गलत तथ्याङ्क राखिएको दाबी गरिएको थियो। यछि यस विश्वकोशको मुख्य सम्पादक इस्लामले गुनासो स्वीकार गरे र दोस्रो संस्करणमा तथ्याङ्क तथा सामग्रीहरूलाई थप सुधार गर्ने आश्वासन दिएका थिए।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →