Back

ⓘ डियर कमरेड




                                     

ⓘ डियर कमरेड

डियर कमरेड भरत कम्मा द्वारा लिखित र निर्देशित एक २०१९ भारतीय तेलुगु-भाषाको प्रेमप्रसङ्गयुक्त एक्सन नाटक चलचित्र हो जुन मैथरी मुभी मेकर्स र यश रङ्गिनेनीले निर्माण गरेका हुन् । यस चलचित्रमा विजय देवरकोन्डा, रश्मिका मन्दाना‎ र श्रुति रामचन्द्रन छन् । चलचित्रको प्रधान फोटोग्राफी अगस्त २०१८ मा सुरु भयो । चलचित्रको टीजर १७ मार्च २०१९ मा रिलीज भयो । चलचित्र तेलुगुमा बनेको थियो र एकै साथ तमिल, मलयालम र कन्नड भाषामा डब गरिएको थियो । यो चलचित्र नाटकीय रूपमा चारै भाषाहरूमा २६ जुलाई २०१९ मा रिलीज गरिएको थियो ।

                                     

1. मार्केटिङ्ग र रिलीज

चलचित्रको आधिकारिक टीजर १७ मार्च २०१९ मा रिलीज भयो ।

९ मे २०१९ मा, विजय देवरकोन्डाले घोषणा गरे कि चलचित्र २६ जुलाई २०१९ मा तेलुगु, तमिल, कन्नड र मलयालम भाषाहरूमा रिलीज हुनेछ । चलचित्र २६ जुलाई २०१९ मा रिलीज भएको थियो ।

                                     

2. हिन्दी रीमेक

चलचित्र निर्माता करण जोहरले यस चलचित्रको हिन्दी रीमेक निर्माणको अधिकार प्राप्त गरेका छन् । देवरकोन्डा अभिनीत अन्य चलचित्रहरू हिन्दी भाषामा पुन: निर्माण गरिएको थियो जुन अर्जुन रेड्डी, कबीर सिंहमा पुन: निर्माण र पेली चोपुलु, मित्रोंमा पुनः निर्माण हुन् ।