Back

ⓘ सूचना प्रविधि पार्क




सूचना प्रविधि पार्क
                                     

ⓘ सूचना प्रविधि पार्क

सूचना प्रविधि पार्क अथवा आइटी पार्क काभ्रे जिल्लाको बनेपा, धुलिखेल, र पनौतीको सीमानामा पर्ने झन्डै १ सय ७९ रोपनी क्षेत्रफलमा फैलिएको छ । आइटीपार्कमा व्यावसयिक र प्रशासनिक गरेर दुईवटा भवन छन् ।

                                     

1. उद्धेश्य

एसियामै सूचना–प्रविधिका लागि उचित गन्तव्य बनाउने लक्ष्यका साथ काभ्रेको बनेपामा सूचना–प्रविधि आइटी पार्क स्थापना गरिएको थियो । यो पार्कमा नयाँ–नयाँ प्रविधिको उपस्थिति गराई विदेशी लगानी भित्र्याउने, रोजगारीका अवसर सिर्जना गर्ने, नेपाललाई सूचना–प्रविधिको ‘हब’ बनाउने बनाउनेसम्मका महत्त्वाकांक्षी योजना राखियको छ । सूचना प्रविधि पार्कबाट मुख्य रूपमा विभिन्न किसिमका काम हुनेछन् । पार्कबाट सूचना प्रविधिकको डिजाइन, विकास र समग्र प्रणालीको एकीकरण, सूचना प्रविधिसँग सम्बन्धित तालिम, अनुसन्धान र विकास तथा कलसेन्टर, विजनेस प्रोसेस र आउटसोर्सिङको काम हुनेछ। यस्तै सूचना प्रविधिमा आधारित सबै सेवाहरू, सफ्टवेयर विशिष्टिकरण, सूचना प्रविधिसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मेलन पनि नयाँ पार्कमा हुनेछ । नयाँ आइटी पार्कबाट डाटा केन्द्रको सञ्चालन, डाटा वेयरहाउजिङ तथा डाटा व्यवस्थापनको र रिकभरीको काम पनि हुनेछ । हार्डवेयर फेब्रिकेशनको काम पनि नयाँ आइटी पार्कबाट हुनेछ ।

                                     

2. कार्यहरू

सूचना–प्रविधिको विकासका लागि महत्त्वपूर्ण मानिएको आइटी पार्क सन्चालनको लागि काठमाडौँ विश्वविद्यालय, सफ्टेक फाउन्डेसन प्रालि र क्लाउड हिमालय प्रालिसँग सरकारले सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।हस्ताक्षर भएसँगै अब आइटी पार्कभित्रबाट काठमाडौँ विश्वविद्यालयले सूचना–प्रविधिसम्बन्धी उद्यमी विकास तालिम, उच्चस्तरको प्राविधिक तालिम र खोज तथा अनुसन्धानको काम गर्नेछ भने क्लाउड हिमालयले डाटा सेन्टर र सफ्टेकले सफ्टवेयर उत्पादन तथा आउटसोर्सिङको काम गर्ने छ ।

                                     
  • आईट उद य गक प रच र सम भ वन ल ई द ख द मण प र सरक र इल क ट रन क र स चन प रव ध क ष त रल ई व क सक एउट महत त व प र ण क ष त रक र पम उच चह प र थम कत
  • अन य स चन प रव ध कम पन हर सम व श गर द न अध क ज नक र क ल ग सब भन द ठ ल स चन प रव ध कम पन हर क स च ह र न ह स सब भन द ठ ल स चन प रव ध कम पन हर क
  • छ क भ र पल ञ च क ज ल ल क बन प ध ल ख ल, र पन त क स म न म स चन स चन प रव ध प र क रह क छ न प ल र च न त ब बत ज डन अरन क र जम र ग, यस सहरक
  • प ज करणल ई फ ब र अर क अन स र स च बद ध गर दछ सब भन द ठ ल स चन प रव ध कम पन हर क स च सब भन द ठ ल इन टरन ट कम पन हर क स च व श वक सब भन द