Back

ⓘ सुश्रुत




सुश्रुत
                                     

ⓘ सुश्रुत

शल्य चिकित्सा Surgeryको पितामह र सुश्रुत संहिता का प्रणेता आचार्य सुश्रुतको जन्म छैटौँ शताब्दी ईसा पूर्वमा काशीमा भएको थियो। उनले धन्वन्तरीबाट शिक्षा प्राप्त गरेका थिए। सुश्रुत संहिता लाई पुर्वीया वैदिक चिकित्सा पद्धतिमा विशेष स्थान प्राप्त रहेको छ।

सुश्रुत संहितामा सुश्रुतलाई विश्वामित्रको पुत्र भनिएको छ। सुश्रुतले काशीपति दिवोदासबाट शल्यतन्त्रको उपदेश प्राप्त गरेका थिए । काशीपति दिवोदास को समय ईसा पूर्व को दोश्रो वा तेश्रो शताब्दी मानिएको छ ।। सुश्रुतका सहपाठी औपधेनव, वैतरणी आदि अनेक छात्रहरू थिए। सुश्रुतको नाम नावनीतकमा पनि उल्लेख छ। अष्टांगसंग्रह मा सुश्रुतको जो मत उद्धृत गरिएको छ; त्यो मत सुश्रुत संहिता मा मिल्दैन; यसबाट अनुमान हुन्छ कि सुश्रुत संहिता बाहेक अर्को पनि संहिता सुश्रुतको नामबाट प्रसिद्ध थियो।

सुश्रुतको नाममा आयुर्वेद पनि प्रसिद्ध छ। सुश्रुत राजर्षि शालिहोत्रको पुत्र भनिन्छ शालिहोत्रेण गर्गेण सुश्रुतेन च भाषितम् - सिद्धोपदेशसंग्रह।

सुश्रुत संहिता मा शल्य चिकित्साको विभिन्न पक्षहरूको विस्तार मा भनिएको छ । शल्य क्रियाको लागि सुश्रुत १२५ किसिमका उपकरण का प्रयोग गर्थे। यी उपकरण शल्यक्रियाको जटिलतालाई मध्यनजर गर्दै खोजी गरिएका थिए । यी उपकरणहरूमा विशेष प्रकार का चक्कू, सुइ, चिम्टी आदि छन्।