Back

ⓘ अग्नी प्रसाद सापकोटा



अग्नी प्रसाद सापकोटा
                                     

ⓘ अग्नी प्रसाद सापकोटा

अग्नी प्रसाद सापकोटा प्रतिनिधि सभा सभामुख हुन्

सिन्धुपाल्चोक २बाट निर्वाचित एकीकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा उक्त पार्टीका केन्द्रीय सदस्य पनि थिए । संविधान सभा निर्वाचनमा आफ्ना प्रतिश्प्रधीलाई धेरै मतान्तरले जित्ने १० जनामा मध्ये सापकोटा एक हुन् । उनी सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ फागुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मेका थिए । पूर्व शिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकाछन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य एवम् सङ्घीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिका संयोजक समेत रहेका सापकोटा तत्कालीन नेकपा माओवादी केन्द्र का प्रवक्ता समेत रहेका थिए । प्रचण्डका नजिकका नेता मानिने सापकोटालाई पार्टीको प्रभावशाली नेताको रूपमा पनि हेर्ने गरिन्छ ।

२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए। माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए।

सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए। २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि त्यतिबेला उनी पराजित भए। सापकोटाकी श्रीमती तारादेवी पनि माओवादीको क्षेत्रीय सदस्य हुन्।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →