Back

ⓘ अल्फ्राइड जेलिनेक




अल्फ्राइड जेलिनेक
                                     

ⓘ अल्फ्राइड जेलिनेक

अल्फ्राइड जेलिनेएक अस्ट्रियाली साहित्यका, लेखक तथा कवयत्री हुन्। उनको जन्म सन् १९४६ अक्टोबर २० का दिन अस्ट्रियाको स्तिरिया प्रदेशको मुएर्चुस्लाक भन्ने ठाउँमा भएको थियो। उनलाई सन् २००४ मा साहित्यमा नोबेल पुरस्कार द्वरा सम्मानित गरिएको थियोे।

अल्फ्राइड जेलिनेक मुख्यतया कवयत्री हुन् र त्यसको साथसाथै उनी नाटककार साहित्यका पनि हुन्। यिनलाई गीतिकाव्य स्रष्टाका रूपमा पनि चिनिन्छ। जेलिनेक विवहा पछि जर्मन भाषा र साहित्यको विशिष्ट हस्ती पनि बनिन्। यिनका उपन्यासहरूमा विषेशगरी पूँजीवादका कमजोरीमाथि प्रहार गर्ने खालको हुन्छ। यिनले समाजका कमजोर मानिसहरूको समर्थनमा पनि जुटेकी थिइन्।

                                     

1. बाल्यकाल

जेलिनेकको जन्म सन् १९४६ अक्टोबर २० का दिन अस्ट्रियाकाको स्तिरिया प्रदेशको मुएर्चुस्लाक भन्ने ठाउँमा भएको थियो। उनका बुवा एक रसायनशास्त्री थिए र उनले दृतिय विश्व युद्धका बेलामा विभिन्न अौधोगीक सामग्रीहरूको उत्पादन गरेका थिए। जेलिनेकले भिएना स्थित अल्बेयर जिम्नाजियाम शिक्षालयबाट आफ्नो अौपचारीक अध्यक्ष आरम्भ गरेकी थिइन्। उनले भिएना विश्वविद्यालयमा कला इतिहास अध्यक्ष गर्न सुरुगरेकी थिइन् तर तात्कालिक समयमा उनलाई एक मानसिक समस्य भएका कारण उनले उक्त अध्यक्ष जारी राख्न असमर्थ रहिन् जसका कारण उनी आफैले केही वर्षका लागि घरबाट अन्तै बसिन्। जेलिनेकले भिएना विश्वविद्यालयबाट नाटक अध्यन गर्दै रङ्गमञ्चको महत्त्व थाहा पाएकी थिइन्। उनले इतिहास विषयमा पनि उच्च शिक्षा हासिल गरेकी थिइन्। उनको सानै देखि सङ्गीतमा चाख राख्ने भएकाले उनले सानैदेखि सङ्गीत सिक्न थालेकी थिइन् र उनले पछि सङ्गीत विषयमा पनि स्नातक गरेकी थिइन्। जेलिनेकलाई सानै उमेरदेखि कविता मनपर्थ्यो र उनले आफ्नो साहित्यीक आरम्भमा कवितालाईनै अभिव्यक्तको माध्यम बनाइन्। २१ वर्षको उमेरमा उनले "लिसास स्याडो बेबी" नामक एक उपन्यास पनि सार्वजनिक गरेकी थिइन् भने उनले १९६९ मा साहित्य पुरस्कार पनि प्राप्त गरेकी थिइन्। १९६० को दशकमा उनी राज्नीतिक र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहिन्।

                                     

2. विवहा

जेनिलेकको विवहा एक जर्मनेली कलाकार गटफ्राइड हङ्ग्सबर्गसँग १२ जुन १९७४ मा भएको थियो। विवहा पछि यिनले विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै भौगोलिक तथा सांस्कृतिक ज्ञान पनि हासिल गरेकी थिइन्।

                                     

3. कृतिहरू

जेलिनेकले लिसस स्याडो सन् १९६७, वीर सिन्ड लोकफेगेल बेबी सन् १९७०, विमेन एज लभर्स सन् १९७५, वण्डरफुल वण्डरफुल टाइम्स सन् १९८०, द पियानो टिचर सन् १९८३ आदि कृतिहरू प्रकाशन गरेकी छिन्। त्यसको साथसाथै उनले क्लारा एस सन् १९८४, ओ वाण्डनेस सन् १९८५, लष्ट सन् १९८९, इन आल्पस सन् २००२, इर्म एण्ड मार्गरेट सन् २००४ आदि पुस्तकहरू पनि सार्वजनिक गरिकी छिन्। उनको कृतिहरूमा मानवमाथि भएको हिंसा, दुराचार उत्पीडिन देखाइन्छ। जेनिलेकले सन् २००४ मा प्रसिद्ध नोबेल पुरस्कार पनि प्राप्त गरेकी थिइन्।

                                     

4. प्रसिद्ध

जेलिनेएक भित्रीआँट दह्रो भएकी सष्टा र प्रयाप्त कलाक्षमता भएकी प्रतिभा हुन्। जेलिनेकले सयौं वर्षदेखि कुकृत्य जोगाएर राख्ने आफ्नै मुलुकका अपराधीहरू माथि आवाज उठाउन सुरु गरिन्। जनताको चोट र मर्का नबुझ्ने देशका शासनहरूलाई प्रहार गरिन्। उनले जिम्मेवारी वहन गर्न नसक्ने राष्ट्रिय राजनितीज्ञहरू माथि आवाज र विरोध गर्ने काम गरिन्। अन्तर्राष्ट्रिय समस्याको जरो पहिलयाएर काम गर्ने असमर्थ हुने राष्ट्रसङ्घका महासचिवलाई सतर्क गरिन्। एउटा सर्जक भएर गर्नुपर्ने दायित्व यिनले पूर्णरूपमा निर्वाह गरिन्, जसका कारण जेलिनेक प्रसिद्ध भइन्।