Back

ⓘ खिचडी



                                               

गाजरको हलुवा

गाजरको हलुवा, जसलाई गाजर हलुवा, गजरेला, गजोरेर हलवा गजोरोर हलवा, गाजरको खिचडी, गाजर हलवा, गाजर पाक र गाजर हलुवाको नामले पनि चिनिने गरिन्छ, भारतीय उपमहाद्वीपीय गाजरमा आधारित मीठो परिकारको मिठाईको हलुवा हो।

                                               

कुमाल जाति

आजको विश्वले २१ औ सताव्दीमा पाईला टेकि सकेको भएपनि आदिबासी कुमाल जाति शिक्षा, स्वास्थ्य र राजनिति क्षेत्रबाट निकै पछाडि परेका छन् । कुमाल समुदायमा जम्मा जनसंख्याको झण्डै ४६ प्रतिशत जनसंख्या साक्षर भए पनि उच्चशिक्षा हासिल गर्नेहरूको संख्या २ प्रतिशत भित्र सिमित छ । यसरी यस जातिले शैक्षिक, आर्थिक, सामाजिक र राजनैतिक पछौटेपनले गर्दा राष्ट्रिय विकासको मूलधारमा समान अवसरको अनुभूति गर्न सकेका छैनन् । अतः यिनै पछौटेपनबाट क्रमशः अघि बढ्दै कुमाल समुदायले एकातिर आफ्नो लोपोन्मुख भाषा, धर्म, संस्कृति र भेषभूषालाई संरक्षण गर्दै जानु परेकोछ भने अर्कोतर्फ समाबेसी लोकतान्त्रीक गणतन्त्रमा सक्रिय सहभागिताको ...

                                               

मूला

मूला वा मूलक भूमीको भित्र पैदा हुने तरकारी हो। वस्तुतः यो एक रूपान्तिरत प्रधान जरा हो जुन बीचमा मोटो र टाउकोहरू तिर क्रमशः पातलो हुन्छ। मूला पुरा विश्वमा उमारिन्छ र खाइन्छ। मूलाका अनेक प्रजातिहरू छन् जुन आकार, रंग एवं पैदा हुन लाग्ने समयको आधारमा फरक-फरक हुन्छन्। केही प्रजातिहरू तेल उत्पादनको लागि पनि उमारिन्छ ।

खिचडी
                                     

ⓘ खिचडी

खिचडी एक प्रकारको नेपाली परिकार हो। यो परिकार नेपाल, भारत बङ्गलादेश र पाकिस्तानका केही स्थानहरूमा प्रमुख भोजनको रूपमा प्रयोग हुने गर्दछ।नेपाल तथा उत्तर भारतमा माघे सङ्क्रान्तिका दिन यो परिकार प्रायः प्रत्येक हिन्दू घरमा पकाएर खाने गरिन्छ। यस दिन खिचडी खानुको विशेष रूपले प्रचलन रहेको छ।

                                     

1. विविधता

सामान्य भाषामा उपर्युक्त प्रकारको मिश्रणलाई खिचडी भन्ने गरिएतापनि विविधताको आधारमा खिचडीलाई चार प्रकारमा विभाजन गरिएको छ।

  • भेदडी: चामल, मुगी दाल, नुन र बेसार
  • पुलाव: चामल, दाल, मौसमी सागसब्जी, सोयाबिन, नुन, बेसार सलाद
  • खिचडी वा सामान्य खिचडी: चामल, मासको दाल बोक्रा सहित र नुन
  • ताहरी: चामल, दाल, आलु, सोयाबिन, नुन र बेसार
                                     

2. आवश्यक सामग्री

खिचडी बनाउनको लागि १०० ग्राम चामल, ५० ग्राम मुगी दाल, २ ठुलो आकारको आलु, १ सानो काउली, १०० ग्राम मटरको दाना, १ सानो अदुवा, ३/४ हरियो खुर्सानी, नुन स्वादानुसार, आधा चम्चा बेसार, आधा चम्चा जीरा, एक चम्चा घ्यू र रातो खुर्सानी चाहिन्छ।

                                     

3. बनाउने तरिका

खिचडी बनाउनको लागि सबैभन्दा पहिले आलुलाई ताछेर आठवटा लामो टुक्रा बनाउनुहोस्। त्यसपछि काउलीको ठूलो ठूलो टुक्रा बनाउनुहोस्। अदुवा र हरियो खुर्सानीलाई बीचबाट काटेर एउटा सानो बटुका वा थालमा राख्नुहोस्। चामललाई दुई तीन पटक पानी हालेर धुनुहोस्। दाललाई कम आँचमा बिना घ्यू राताम्मे भएसम्म भुट्नुहोस्। त्यसपछि घ्यू, रातो खुर्सानी, जीरा र हिङ छाडेर बाँकी सबै खाद्यवस्तु मिलाएर त्यसलाई आधा लिटर तातो पानी हालि छोपेर कम आँचमा पकाउनुहोस्। समय समयमा त्यसलाई थोरै चलाउनुहोस् र खाना पस्किने समयमा घ्यूलाई तातो बनाइ रातो खुर्सानी, जीरा र हिङको झान्नु तयार पारेर खिचडीमा हाल्नुहोस्।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →