Back

ⓘ कसूर जिल्ला



कसूर जिल्ला
                                     

ⓘ कसूर जिल्ला

कसूर जिल्ला पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो । यो जिल्ला १ जुलाई १९७६ मा अस्तित्वमा आएको थियो । यो जिल्ला सन् १९७६ भन्दा पहिला लाहोर जिल्लाको एक भागको रूपमा रहेको थियो ।

यो शहरको सदरमुकाम कसूर शहर हो जुन सुफिवादी कवि बुल्ले शाहको जन्म स्थल हो । यो शहर पुरै पाकिस्तानमा बुल्ले शाहको जन्म स्थलको रूपमा प्रचलित छ । यस जिल्लाले पाकिस्तानमा कुल ४,७९६ वर्ग किलोमिटर ओगटेको छ ।

                                     

1. जनशाङ्खिकि

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या २३,७५८,५५ रहेको छ जसमध्य पुरुषको जनसङ्ख्या १२,४३८,१८ छ भने महिलाको जनसङ्ख्या ११,३२०,५७ रहेको छ । जनगणना अनुसार पुरुषको आवधी ५२.७५% छ भने महिलाको आवाधी ४७.६४% रहेको छ । यस जिल्लामा मुख्यतया मानिसहरू पञ्जाबी भाषा बोल्छन् जसको आवाधी ८८% छ भने उर्दु भाषाको आवाधी ६.२% रहेको छ ।

                                     

2. विकास

कृषिमा आम जनसमुदायको आक्रसण र पँहुच पुगाउनका लागि कसूर जिल्ला सरकारले बाम्बावाली-रवी-बादिन नहरको स्थापना गरेको थियो । कसूर जिल्लामा वाणिज्य र औद्योगिक विकास भएता पनि यस क्षेत्र मुख्यतया कृषिनै जनसमुदायको पेशाको रूपमा रहेको छ । कसूर सेनाले जिल्लामा आर्मी ब्यारेको र बासस्थानको स्थापना गरेको छ ।

                                     

3. विषेशताहरू

कसूर जिल्लालाई रावी नदिले उत्तर-पश्चिमबाट घेरेको छ भने सतलेज नदिले दक्षिण-पुर्वमा तर्फबाट घेरेको छ भने ब्यास नदिले जिल्लालाई दुई बराबर भागमा विभाजन गरेको छ । यस जिल्ला प्रकृतिक रूपमा समुन्द्री सतहबाट १९८ मिटरको उचाइमा रहेको छ । कसूर जिल्ला पुर्वमा लाहोरसँग जोडिएको छ भने ननकाना साहिब जिल्लाको उत्तर तर्फ अवस्थित छ त्यस्तै गरी फैसलनबाद जिल्लाको पश्चिममा रहेको छ भने दक्षिणमा ओकरा र भारत रहेका छन् ।

                                     

4. रुचिका स्थानहरू

कसूर जिल्लाले सिमान क्षेत्रमा अजस्थित छ । कसूर जिल्ला यहाँ हुने सैनिक परिवर्तन समारोहबाट निकै प्रख्यात र पर्यटनको आसय बनेको छ । कसूर जिल्ला कास्सुरी मेथी कास्की माछा को लागि पनि प्रसिद्ध छ । कसूर जिल्लाको कसूर शहर सुफिबाद कवि बुल्ले शाहको अन्त्यस्टी स्थल पनि हो । कासूर यहाँको स्वादिष्ट माछाको लागि प्रसिद्ध छ । इन्द्रास फलुँदा र कसूरी मेथी एक मिठो परिकार यस जिल्लामा पाइन्छ । यस जिल्लामा रहेका अन्य पर्यटकीय स्थलहरू-

  • गन्दा सिंह वाला पाकिस्तान-भारत सिमाना
  • चङ्गा मङ्ग जङ्गल
  • फुल नगर अौधोगीक क्षेत्र
  • कसूर सङ्ग्राहलय
  • कसूर रेल मार्ग

सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि यहाँ रहेका सिखहरू बसाइँसराइ गरेर भारतको पुर्वी पञ्जाबमा गएका थिए । पञ्जाबी लेखक बाबा सोहन सिंह सितल यही स्थानमा बसोबास गर्थे भने उनको निधन पछि उनको घरमा इस्लामी सरणार्थीहरूले शरण लिएका थिए । यस जिल्लामा मुख्यतया मेवातका मिओ जातिहरू बसोबास गर्छन् ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →