Back

ⓘ रत्नपुरा




रत्नपुरा
                                     

ⓘ रत्नपुरा

रत्नपूरा श्रीलङ्काको एक प्रमुख सहर हो । यो रत्नपसरा सहर सबरागम्वा प्रान्तको राजधानी सहर हो । साथै यो सहर श्रीलङ्काको रत्न व्यापारको प्रमुख व्यापारीक केन्द्र पनि हो ।

रत्नपुरा को संस्कारी अर्थको रूपमा रत्नहरूको सहर भनेर पनि लिइने गरिन्छ । जस अन्तर्गत रत्न को शाब्दिक अर्थ बहुमुल्य धातु रत्न हुन्छ भने पूरा को शाब्दिक अर्थ नगर शहर भन्ने हुन्छ । यसरी पनि रत्नपुरालाई रत्नहरूको सहर भनिने गरिन्छ ।

सन् १९०१ मा रत्नपुराका जनसङ्ख्या ४,०८४ थियो भने सन् २०११ मा बढेर ५२,१७० पुगेको थियो । यहाँका जनताहरूले मुख्यगरि क्रमशः बौद्ध, हिन्दू, इसाई तथा इस्लाम धर्म मान्ने गर्दछन् ।

                                     

1. इतिहास

आजभन्दा झन्दै २००० वर्ष अगाडि भारतका बोध-गया, भरनासी तथा पतलिपुराबाट बौद्ध सन्यासीहरू आएर यो ठाउँमा भित्रीएका थिए । ती सन्यासीहरूले त्यतिबेला भित्राएका संस्कार संस्कृतिहरू अझै पनि रत्नपुरामा जिवितै रहेको छ । त्यस्तै तिनीहरूले संकृत तथा पाली भाषामा आफ्नो अध्यापन गर्ने गर्दथे ।

                                     

2. राजनीति

यो सहरमा नगरपालिकाको परिषद अनुसारको नियम लागू हुने गर्दछ । जसको अवलोकन मेयरले गर्ने गर्दछ । यो सहरको नगरपालिको परिषद्का लागि जम्मा १६ सिटमा मतदान हुने गर्दछ । भने २००६ को एक तथ्यांकअनुसार यो सहरमा कुल मतदाताको संख्या जम्मा २९,१५९ रहेको थियो ।

                                     

3. अर्थतन्त्र

रत्न व्यापार

यो सहरका मानिसहरू रत्न व्यापारमा पनि आधारित रहने गर्दछन् । यस सहरमा बढी मात्रामा ठूलाठूला रत्न व्यापारीहरू पनि बसोबास गर्ने गर्द छन् । दैनिक रूपमा यो सहरबाट ठूलो रूपमा अन्य छिमेकी सहर तथा बाह्य राष्ट्रमा रत्न वा पत्थरको व्यापार हुने गर्दछ । प्रमुखरूपमा यो सहरको रत्न व्यापारको पहिलो स्थानमा थाइल्यान्ड रहेको छ ।

कृषि

यो रत्नपुरा सहरमन कृषि क्षेत्र पनि विकसित रूपमा तीव्र गतिमा अगाडि बढिरहेको छ । यहाँ बृहत मात्रामा चिया तथा रबर खेती गर्ने गरिन्छ । त्यसैले पनि यो सहर चिया तथा रबरका लाग राष्ट्रव्यापी चर्चित रहेको छ । यस्तै यहाँका किसानहरूले आम्दानीका निम्ति धान खेती गर्ने गर्दछन् । साथै यो सहर अत्यान्तै स्वादिलो फलफूल जस्तैः आँप तथा मेवाका लागि पनि प्रसिद्ध रहेको छ । प्राय धेरै मात्रा सहरको बजारहरूमा स्थानीय लोकल तरकारीको व्यापार हुने गर्दछ ।

                                     

4. यातायात

रत्नपुरा रहरमा ए ४ हाइवे रहेको छ । जसले राजधानी सहर कोलम्बोसँग रत्नपुरालाई जोड्ने गर्दछ । तथा यहीँ मार्गबाट कोलम्बो देखि कल्मुनइ पनि जोड्ने गर्दछ । यसबाहेक यो सहरमन ए ८ नामक हाइवे पनि रहेको छ जसले यो सहरलाई पनादुरासँग जोड्ने गर्दछ ।

                                     

5. बाह्य कडीहरू

  • श्रीलङ्काको २००१ काण्डका विवरणहरू
  • ईलाकाका, मडागर्कार, जीयोलोलिकल, डाटा एन्ड हिस्टोरी
  • रत्नपुराको क्रिश्चियनहरूको वर्ण विशेष
  • श्रीलङ्काको प्रशासनिक चुनाव
  • महा समन डेभल, रत्नपुरा
  • २००१ काण्डका विवरणहरू
  • श्रीलङ्कामा पोर्चुगीज संस्कृति तथा चालचलन
  • रत्नपुरा टु एडमस् पिक्
  • मौसमी अनुसन्धान, रत्नपुरा