Back

ⓘ पेट्रोनस टावर




पेट्रोनस टावर
                                     

ⓘ पेट्रोनस टावर

पेट्रोनस टावरलाई पेट्रोनस जुम्ल्याहा टावर भनेर पनि चिनिन्छ । क्वालालम्पुर,मलेशियामा रहेको छ । उच्च भवन तथा सहरी बस्ति परिषदको परिभाषा र मूल्याङ्कन अनुसार यो १९९८ देखि २००४ सम्म विश्वको सबैभन्दा अग्लो भवन रहेको थियो र हालसम्मकै अग्लो जोडी टावर हो। भवनहरू क्वालालम्पुर टावरको नजिकै रहेको क्वालालम्पुरको ऐतिहासिक स्थल हो।

                                     

1. इतिहास

यो टावरको डिजाइन अर्जेन्टिनी बस्तुविद सिजर पिलीले गरेका हुन् । पेट्रोनस टावरको योजना १ जनवरी १९९२ मा सुरु भएको थियो । डिजाइनको वायुको गतिको परीक्षण संरचना भर परीक्षण गरिएको थियो । माटो उत्खननको लागि ५०० ट्रकहरु प्रयोगमा थिए र प्रत्येक रात सतहबाट ३० मिटर ९८ फिटखनिन्थ्यो ।

जटिल संरचनाको निर्माण १ अप्रिल १९९४ मा सकियो । फर्निचर र आन्तरिक सजावटको कम १ जनवरी १९९६ मा सकियो, टावर १ र २ को शिखरको गजुरको काम १ मार्च १९९६ मा सकियो । भवनको आधिकारिक उद्घाटन मलेसियाका प्रधानमन्त्री डा. महाथीर बिन मोहम्मद ले १ अगस्ट १९९९ मा गरे । यो जुम्ल्याहा टावरको निर्माण क्वालालम्पुर रेस ट्रयाकको स्थलमा गरिएको थियो ।

                                     

1.1. इतिहास उल्लेखनीय घटनाहरू

  • १ सेप्टेम्बर २००९ को बिहान, फ्रेन्च आरोहीले बिना कुनै सुरक्षा सामग्री खाली खुट्टा र हातले मात्र टावर २ को चुचुरोमा दुई घण्टामा पुगे ।
  • ४ नोबेम्बर २००५ साँझ, मा सिनेमा कम्प्लेक्समा आगलागी भयो तर कुनै क्षति भएन ।
  • सेप्टेम्बर ११ को हमलामा वोर्ल्ड ट्रेड सेन्टर ध्वस्त भए पछि १२ सेप्टेम्बरमा हजारौ मानिसलाई हटाएर खाली गरियो । बम निस्क्रिय पर्ने टोलीले कुनै बम फेला पारेन । भवन खाली गर्ने क्रममा कुनै क्षति भएन।
  • १५ अप्रिल १९९९ मा, फेलिक्स बौमगार्टनर पेट्रोनस टावरको सफा गर्ने क्रेनबाट हाम फालेर बेस जम्पिंगको बिस्व किर्तिमान कायम गरे ।
                                     

2. विशेषता

सुरिया के.एल.सी.सी

सुरिया के.एल.सी.सी १,४०,००० मी 2 १५,००,००० वर्ग फिट पेट्रोनस टावरको आधारमा फैलिएको सुपर मार्केट हो ।

के.एल.सी.सी पार्क

१७ एकड ६.९ हेक्टर मा फैलिएको यो पार्कमा पानीको फोहोरा, बिजुली बत्तिको नाजारा, पौडी पोखरी र बालबच्चाको खेल्न ठाउँ छ ।

सेवा भवन।

सेवा भवन पेट्रोनस टावरको पुर्व तर्फ रहेको छ र यहाँ पेट्रोनस टावरलाई शितल बनाउन चिलर प्लान्ट रहेको छ ।