Back

ⓘ अण्डमान निकोबार द्वीप समूह




अण्डमान निकोबार द्वीप समूह
                                     

ⓘ अण्डमान निकोबार द्वीप समूह

अण्डमान र निकोबार द्वीप समूह भारतको एक केन्द्र शासित प्रदेश हो । यो बङ्गालको खाडीको दक्षिणमा हिन्द महासागरमा स्थित छ. अण्डमान र निकोबार लगभग ३०० साना ठूला टापुहरूको समूह हो । जस मध्य केही मात्र टापुहरूमा आबादी छ । यसको राजधानी पोर्ट ब्लेयर हो ।

                                     

1. नाम

अण्डमान मलय भाषाको हांदुमन शब्दबाट लिईयेको छ जुन हिन्दुहरूको भगवान हनुमान शब्दको परिवर्तित रूप हो। निकोबार शब्द पनि यसै भाषाबाट लिईयेको छ जसको अर्थ हुन्छ नग्न मान्छेहरूको भूमि । बङ्गालको खाडीमा स्थित निर्मल र शान्त अण्डमान पर्यटकहरूको मनलाई असीम आनंदको अनुभूति गराउँछ जुन भारतको एक लोकप्रिय टापुहरू समूह हो। अण्डमानले आफ्नो भूमिमा मूंगा भित्ति, सफा-स्वच्छ सागर तट, पुरानो खण्डहर र अनेक प्रकारको दुर्लभ वनस्पतिहरू बोकेको छ। यहाँ सबै मिलाएर ५७२ टापुहरू छन्। अण्डमानको लगभग ८६ प्रतिशत क्षेत्रफल जंगलले ढाकियेको छ। समुद्री जीवन, इतिहास र जलक्रीडाहरूमा रूचि राख्ने पर्यटकहरूलाई यो टापु धेरै मनपर्छ।